शुक्रबार, वैशाख १४, २०८१

होस्टेल सञ्‍चालक फरार : अलपत्र १९ बालबालिकाको उद्धार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - राजधानीको गल्‍फुटारस्‍थित न्यु कर्णाली होस्‍टेलका सञ्‍चालक जयबहादुर बिक फरार भएपछि अलपत्र परेका १९ बालवालिकालाई प्रहरीले उद्धार गरेको छ।  पढाइदिने भन्दै बिभिन्‍न जिल्‍लाबाट काठमाडौं ल्याइ होस्टेलमा अलपत्र पारिएको बालबालिहरु रुन थालेपछि स्‍थानीयले प्रहरीलाई खबर गरेका थिए। 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले सोमबार बिहान न्यू कर्णाली होस्टेलबाट १९ बालबालिकाको उद्धार गरेको डिएसपी फणिन्द्र प्रसाँईले नेपाल समयलाई जानकारी दिए।

दश वर्षसम्म बच्चा पढाइदिने भन्दै विकले बच्चाका परिवारसँग पैसासमेत असुल गरेको र अहिले अलपत्र पारेको पाइएको प्रहरीले जनाएको छ।

डिएसपी प्रसाईँले विकले एक बच्चाको परिवारबाट ५० हजारदेखि एक लाख रुपैयाँसम्म लिएको पाइएको बताए। 

होस्‍टेलका एक कर्मचारीले विकले आफूलाई बच्चा आमाबुवाको जिम्मा लगाइदिनु भनेको र सोही दिनबाट सम्पर्क विहीन भएको प्रहरी समक्ष बयान दिएका छन्।

प्रहरीले बिकले पढाइदिने भन्दै ठगि गरेको र उनकाे खाेजी भइरहेको जानकारी दिएकाे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।