शनिबार, वैशाख १५, २०८१

विमला वलीलाई कारबाही नगरेसम्म प्रदेशसभा चल्न दिँदैनौँ : एमाले

नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले नेकपा बनेपछि सूर्य चिन्हबाट चुनाव लडेर माओवादी केन्द्र रोजेकी सांसद विमला वलीलाई कारबाही नगरेसम्म प्रदेश सभा बैठक बस्न नदिने चेतावनी दिएको छ।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

बुटवल- नेकपा एमालेले लुम्बिनी प्रदेश संसदीय दलले नेकपा बनेपछि सूर्य चिन्हबाट चुनाव लडेर माओवादी केन्द्र रोजेकी सांसद विमला वलीलाई कारबाही नगरेसम्म प्रदेश सभा बैठक बस्न नदिने चेतावनी दिएको छ। सूर्य चिन्हबाट चुनाव लडेको तर पार्टीको अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै संसदीय दलले वलीलाई कारबाही गर्नुपर्ने माग गरेको हो। उनीसँगै सांसद अजय शाहीलाई पनि कारबाही गर्नुपर्ने एमालेको माग छ।

triton college

'जबसम्म विमला कुमारी वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म हाम्रो दलले संसद अवरुद्ध गर्ने आन्दोलन जारी रहेको यसै विज्ञप्तिमार्फत् जानकारी गराउँदछौं,' एमाले लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  

आइतबार एमाले संसदीय दलले पत्रकार सम्मेलन गरी एमालेले सभामुखले पनि संसदीय मूल्य मान्यता विपरीत स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको र पार्टीको कार्यकर्ता बनेको आरोपसमेत लगाएको छ। 

संसदीय दलको ह्विप उल्लंघन गरेको आरोप लगाउँदै शाही र वली दुवैलाई कारबाही गर्न एमालेले प्रदेश सभा सचिवालयमा पत्र पठाएको थियो। तर सभामुख पूर्णबहादुर घर्तीले उनीहरुलाई कारबाही गर्न नमिल्ने जवाफ दिएपछि एमाले आक्रोशित बनेको हो। प्रदेशसभा सचिवालयले भने उनीहरु एमाले हो भन्ने प्रमाण नदेखिएको भन्दै पदमुक्त गर्न नमिल्ने जवाफ दिएको छ।

प्रदेशसभा निर्वाचनमा सूर्य चिह्न लिएर निर्वाचन जितेका शाही नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारमा मन्त्री भएका छन्। वलीले प्रदेशसभा उपनिर्वाचन जितेकी हुन्। 

corrent noodles
Metro Mart

प्रदेशसभा बैठक सोमबार बस्ने गरी आह्वान गरिएको छ। त्यसपछि संसद्‍मा मुख्यमन्त्री कुलबहादुर केसीले विश्वासको मत लिने प्रक्रिया सुरु हुने बताइएको छ। 

प्रकाशित: Aug 22, 2021| 20:52 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।