बिहीबार, वैशाख २०, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज वैशाख २२ गते आइतबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

'प्रचण्ड' फेरि जंगल जान तयार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले फेरि आवश्यक परे जंगल जान आफु तयार रहेको बताएका छन्। जंगल छोडेर काठमाडौं आएको यत्तिका भइसक्दा पनि एक्लो महशुस भएको बताउँदै प्रचण्डले भने, 'आवश्यक परे हामी फेरि जंगल जानुपर्छ।' 

नीति तथा कार्यक्रम : सत्तापक्षको समर्थन, प्रतिपक्षको विरोध

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समयानुकूल र व्यवहारिक भएको धारणा सत्तारुढ दलका सांसदहरुले समर्थन गरेका छन् भने प्रतिपक्षी दलका सांसदले भने ‘पूरा नहुने सपना’ भन्दै आलोचना गरेका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम माथि धारणा राख्दै सांसदहरुले आ–आफ्नै राजनीतिक दलको मूल्य र मान्यतामा रहेर समर्थन र विरोध गरेका छन्। 

पूर्वसांसद गायत्री साह पतिसहित पक्राउ

प्रहरीले पूर्वसांसद गायत्री साहलाई पक्राउ गरेको छ। डाउन सिण्ड्रोम भएको शिशु जन्मिएपछि मेडिसिटी अस्पतालमै शिशु छाडेर हिँडेकी पूर्वसांसद गायत्री साह र उनका पतिलाई प्रहरीले अस्पताल परिसरबाटै पक्राउ गरेको हो।

नेकपा जनवर्गीय संगठन एकीकरण : ओली–प्रचण्ड नालायक कि कार्यदल ?

नेकपाका २२ जनवर्गीय संगठनको एकता प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डका कारण विलम्ब भएको छ। विशेष गरी ओलीले आफू तत्कालीन एमालेमा रहँदा माधव नेपाल पक्षलाई माइनस गर्ने गरी तिनको भागबण्डा टुंगो लगाउने तयारी गरेपछि एकीकरण अलपत्र परेको हो। सबै जनवर्गीय संगठनमा एकीकरणका लागि आवश्यक गृहकार्य गरी खाका पेस गर्ने जिम्मा दिए पनि उनीहरुले दिएको प्रतिवेदनमा ओली–प्रचण्ड सहमत हुन नसकेपछि प्रक्रिया लम्बिएको बताइएको छ।

देउवा सदनमा कड्किए : महारानी शैलीको सम्बोधन, बकम्फुसे गफ

नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद्मा बेलायतको महारानी शैलीमा सम्बोधन गर्न लगाएको आरोप लगाएका छन्। आइतबार संसदमा सुरु भएको सरकारको नीति तथा कार्यक्रममाथि सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्। उनले यस्ता घटना गराएर सरकारले राष्ट्रपतिलाई पटकपटक विवादमा पर्ने काम गरेको बताए।

'भाङ खाएर लेख्या हो नीति तथा कार्यक्रम ?'

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम भाङ खाएर लेखिएजस्तो भएको आरोप लगाएका छन्। आइतबार संसदमा बोल्दै महतोले नीति तथा कार्यक्रमको ७ नं बुँदामा राखिएको  संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा अब विमत्ती छैन भन्ने वाक्यमा कडा शब्दमा असन्तुष्टी जनाएका हुन्। 

'प्रधानमन्त्रीले राष्ट्रपतिलाई विवादमा ल्याउन खोजे'

नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले नीति तथा कार्यक्रमलाई लिएर सरकारमाथि आशंका पैदा भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले नीति तथा कार्यक्रम मार्फत सरकारले आधारविहीन सपना बाँड्ने काम गरेको आरोप लगाए।

नीति तथा कार्यक्रममाथि संशोधन पेश

प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गरेका छन्।नेपाली कांग्रेसका २३ जना सांसदका तर्फबाट सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रममा नेपालको संविधानको भावना विपरीत लेखिएको ‘मेरो सरकार’ लाई ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्ने माग गरे। 

प्रदेश राजधानी : विराटनगर, इटहरी वा धनकुटा ?

 प्रदेश १ सरकार गठन भएको १४ महिनापछि बल्लबल्ल स्थायी राजधानीको विषय आइतबार सदनमा प्रस्ताव हुँदैछ। शुक्रबार स्थायी राजधानीको प्रस्ताव सदनमा लाने भनिए पनि सर्वपक्षीय छलफलपछि २२ गते आइतबार प्रस्ताव पेस गर्ने सहमति भएको सभामुख प्रदीप भण्डारीले बताए। सदनमा स्थायी राजधानीको प्रस्ताव पेसको चर्चासँगै विराटनगर, इटहरी र धनकुटाले दबाब बढाएका छन्।

उत्कृष्ट अन्तर्राष्ट्रिय खेलाडीको उपाधी रोहित र किरणलाई

नेपाली राष्ट्रिय टोलिका स्टार मिडफिल्डर रोहित चन्द र पहिलो रोजाईका गोलरक्षक किरण कुमार चेम्जोङ उत्कृष्ट नेपाली अन्तर्राष्ट्रिय खेलाडि अवार्डबाट सम्मानित भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) मा आएको नयाँ नेतृत्वको एक वर्ष पुगेको अवसरमा रोहित र किरणलाई उत्कृष्ट नेपाली अन्तर्राष्ट्रिय खेलाडीको अवार्ड प्रदान गरिएको हो। 

पदोन्‍नति भएका ५२ प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान 

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को २०७६ वैशाख २० गतेको निर्णयले ५४ जनालाई पदोन्नति गरेको थियो।

कांग्रेस सांसदकालागि संवाद र प्रशिक्षण कार्यक्रम 

नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। 

कलङ्कीमा पनि ‘पिक एण्ड ड्रप’ 

कलङ्की चोकमा हुने सवारी चाप हटाउन आइतबारदेखि ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो। ‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने  र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नुपर्ने भएको छ। 

पक्की घरमा रमाउँदै राउटे

कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन् । भीमदत्तनगरपालिका–९ मटेनास्थित बैजनाथ सामुदायिक वनको खाली जमीनमा टहरा बनाएर बस्दै आएका फुना राउटेले दुई कोठे पक्की घर बनिरहेको भन्दै खुशी व्यक्त गरे।

धनगढी विमानस्थल बन्द

सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा आइतबार (आज) बाट उडान सेवा बन्द गरिएको छ। धावनमार्ग अति जिर्ण भइसकेकाले स्तरोन्नतीका लागि वैशाख २२ गतेदेखि एक महिनासम्म विमानस्थलमा उडान बन्द गरिने विमानस्थलका प्रमुख तेज बहादुर बुढ्थापाले बताए। झण्डै २२ करोडको लगानीमा विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तारको कार्य हुने भएकाले एक महिनाका लागि बन्द गरिएको उनले बताए। 

काबेली करिडोरको दोस्रो खण्ड निर्माण सम्पन्न, परीक्षण प्रसारण सुरु

काबेली करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको दोस्रो खण्डको निर्माण सकिएको छ। आयोजना अन्तर्गत सोयाक (इलाम)–फिदिम (पाँचथर) खण्डको निर्माण सम्पन्न भएपछि शनिबारबाट परीक्षण प्रसारण सुरु गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

एनआरएनए क्षेत्रीमाथी ८० हजार युरो धरौटी माग 

कर छलि तथा मानव  तस्करीको आरोप लागेका गैरआवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्का सदस्य छत्र श्रेष्ठमाथी ८० हजार धरौटी माग गरिएको छ। जर्मनीको डोर्टमुन्ड नर्देन वेस्टफाल एनआरडब्लु स्टेटमा पक्राउ परेका श्रेष्ठमाथी  जर्मन प्रहरीले गम्भिर अनुसान्धान सुरु गरेको छ।

विश्वविद्यालयमाथि हस्तक्षेपको निन्दा

पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्मा र कृषि तथा वन विश्वविद्यालयका सहायक डिन प्रा. विष्णु ओझामाथि गरिएको दुव्र्यवहारको प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले निन्दा गरेको छ। सरकारकै निर्देशनमा प्राज्ञिक व्यक्तित्वमाथि अभद्र व्यवहार गरेर सरकारले अधिनायकवादी चरित्र उदांगो पार्न थालेको ठहर संघले गरेको छ।

खुल्न छाडे सरकारी वेबसाइट

राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआइडीसी) को सर्भरमा समस्या आएपछि सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन्। वेबसाइट नखुल्दा सरकारी काममा समस्या उत्पन्न भएको छ। सरकारी सिस्टम जिओभी डट इनपीमा समस्या उत्पन्न भएको छ।

विश्व हाँसो दिवस, मज्जाले हासौ

आइतबार विश्व हाँसो दिवस। मज्जासँग हासेर यो दिवस मनाइँदै छ। भारतको मुम्बईका डाक्टर मदन कटारियाको पहलमा सन् १९९८ देखि मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाउन थालिएको हो। हाँसोका माध्यमबाट विश्वशान्तिमा सकारात्मक योगदान र भ्रातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन यो दिवस मनाउन थालिएको बताइन्छ। 

रुख काट्ने क्रममा मृत्यु

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जगतपुरमा आँपको रुख काट्ने क्रममा एक जनाको मुत्यु भएको छ। स्थानीय लवाई प्रशाद डगौराका २४ वर्षीय छोरा राजु डगौराको रुख काट्ने क्रममा मुत्यु भएको हो।

बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी

डोटी  जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन्। सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालकदेखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन्।

सुर्खेतमा खानेपानीको ४८ घण्टे ‘फ्लोसेडिङ’

गर्मी बढेसँगै सुर्खेतमा खानेपानीको हाहाकार सुरु भएको छ। वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले समय तालिकासमेत परिवर्तन गरेको छ। मुहानबाट ४० प्रतिशतले पानीको आपूर्ति घटेपछि संस्थाले केही दिनदेखि ४८ घण्टे तालिका अनुसार पानी वितरण गर्न लागेको हो।

सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउन २६ बुँदे प्रतिबद्धता

स्याङ्जाको वालिङ नगरपालिकालाई सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउनका लागि २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ। वालिङ नगर कार्यपालिकाको आयोजनामा स्थानीय सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापनसँगै २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको हो।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

डडेलधुरा जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका(६ स्थित रंगुन खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा परशुराम नगरपालिका– ६ कै सिमलखेतका दुर्गाबहादुर पुन मगरका १२ वर्षीय छोरा धमेन्द्र पुन मगर रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ।

गाउँपालिकाका सहायक लेखापाल महाकाली नदिमा वेपत्ता

डडेल्धुराको भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल  महाकाली नदीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएका छन। शनिबार गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा  वनभोजमा गएका थिए। सोही समयमा महाकाली नदीमा नुहाउने क्रममा सहायक लेखापाल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक डम्बर केसीले जानकारी दिए। 

पिएम कप क्रिकेट जेठ पहिलो साताबाट

तेस्रो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालय इन्टरनेशनलको संयुक्त आयोजनामा हुने पिएमकप क्रिकेट जेठ १ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।