शुक्रबार, वैशाख १४, २०८१

कांग्रेस सांसदकालागि संवाद र प्रशिक्षण कार्यक्रम 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आइतबार बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। 

पार्टीका उपसभापति एवं प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिको संयोजकत्वमा बसेको बैठकले वैशाख २५ देखि सञ्चालन गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानलाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्ने निर्णय गरेको छ। 

पार्टीका महाधिवेशन प्रतिनिधिले प्रदेशस्तरीय प्रशिक्षण गर्ने, कांग्रेसका तर्फबाट स्थानीय तहमा विजयी उम्मेदवार, पार्टीका शुभेच्छुक तथा भ्रातृ संस्था र जनसम्पर्क समितिका सदस्यलाई प्रशिक्षण गर्ने भएको छ। 

यस्तै सङ्घ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरमा लोकतन्त्रका लागि कांग्रेस भेला आयोजना गर्ने र समसामयिक राष्ट्रिय विषयमा विचार गोष्ठी गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव मुक्ति आचार्यले जानकारी दिए। 

कांग्रेसले नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलनलगायत विषयमा १८ वर्ष उमेरका युवालाई विशेष कार्यक्रम तर्जुमा गर्ने, कांग्रेसका क्रियाशील सदस्य नवीकरण गर्नुपूर्व प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।