शुक्रबार, वैशाख १४, २०८१

'प्रधानमन्त्रीले राष्ट्रपतिलाई विवादमा ल्याउन खोजे'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले नीति तथा कार्यक्रमलाई लिएर सरकारमाथि आशंका पैदा भएको बताएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले नीति तथा कार्यक्रम मार्फत सरकारले आधारविहीन सपना बाँड्ने काम गरेको आरोप लगाए।

गणतन्त्र र संघीयता कमजोर बनाउने बाटोमा सरकार लागेको भन्दै उनले लोकतन्त्रलाई बलियो बनाउने नभइ आधारभूत संरचनालाई कमजोर बनाउने र नीतिगत स्पष्टता नराखी लामो फेहरिस्त राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको टिप्पणी गरे। नीति तथा कार्यक्रमले गणतन्त्रप्रतिको भरोसा जोगाउन नसकेको आरोप उनले लगाए। सगरमाथा संवाद गर्ने सरकारलाई उनले दलहरुसँगको सम्वादलाई प्राथमिकतामा राख्न सुझाव दिए।

प्रधानमन्त्रीले राष्ट्रपतिलाई विवादमा ल्याउने काम गरिरहेको आरोप लगाउँदै उनले जनताकाबीच राष्ट्रपतिलाई आलोचनाको पात्र बनाउने काम नगर्न आग्रह गरे।  
नीति तथा कार्यक्रम प्रस्तुतीको भाषा शैली र सम्बोधन विगतकै राजतन्त्रको परम्पर जस्तै भएको बताउँदै रिजालले भने, 'यो सरकार नेपालको सरकार हो। नेपालको संविधानले नेपालको कार्यकारिणी अधिकार नेपाल सरकारको नाममा प्रयोग हुने भनेर लेखेको छ। कसैको मेरो सरकारको नाममा होइन। जनतालाई आश्वस्त गर्नुहोस्।  नत्र जनताले विश्वास गर्दैनन्।' 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।