शनिबार, वैशाख १५, २०८१

फोरम नेताले जनप्रतिनिधि कुटेको आरोप

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – संघीय समाजवादी फोरमका नेताले धनुषामा एक जनप्रतिनिलाई कुटपिट गरेको आरोप लागेको छ। फोरमका नेता राजकिशोर महतोले धनुषाको बटेश्वर गाउँपालिका–३ का वडाध्यक्ष हिरालाल महतोलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको हो। हिराला नेकपाबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।

प्रदेश २ सरकारले सशर्त अनुदानअन्तर्गत गाउँपालिकालाई उपलब्ध गराएको ५० लाख रुपैयाँको योजनाबाट आफूलाई पनि दिन दबाब अस्वीकार्य गरेपछि फोरम नेता राजकिशोरले आफूलाई कुटपिट गरेको वडाध्यक्ष हिरालालको भनाइ छ। राजकिशोरले ईंटाले हातमा प्रहार गरेको उनको दाबी छ।

ेयता फोरम नेता राजकिशोरले भने आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन्। उल्टै उनीहरुले घेराबन्दीमा पारेर आफूलाई कुटपिट गरेको उनले दाबी गरेका छन्। 

घरबाट बोलाएर गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षलगायतका मानिसहरुले दुव्र्यवहार गर्नुका साथै आफूलाई कुटपिट गरेको राजकिशोरको आरोप छ। ‘सशर्त अनुदानबारे छलफल गर्नु छ भन्दै एकजना बोलाउन पुगेको थियो,’ राजकिशोर भन्छन्, ‘वडा कार्यालय पुग्दा केहिबेरको कुराकानीपछि अध्यक्षले मलाई समायो र वडाध्यक्षले कुटपिट गर्‍यो।’

उनीहरुले अभद्र व्यवहार गरेपछि हातमा ईंटा उठाएपनि १२/१५ जनाको समूहमा रहेको उनीहरुले ईंट्टा खोसेको उनको दाबी छ। प्रदेशका अर्थमन्त्री विजय यादवलाई भनेर आफूले वडा नम्बर ५ स्थित एक विद्यालय र वडा नम्बर ३ स्थित सत्य श्री कबिर आश्रमका लागि आफूले योजना ल्याएको उनको दाबी छ। राजकिशोर प्रदेशसभा निर्वाचनमा फोरमको तर्फबाट उम्मेदवारसमेत भएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।