शनिबार, वैशाख १५, २०८१

'राजा फालेका हामीलाई 'रानी' बोक्ने रहर छैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – सरकारको नीति तथा कार्यक्रम सम्बोधनका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको मेरो सरकार शब्दको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। फेसबुक तथा ट्विटर प्रयोगकर्ताहरुले यसलाई ब्यङ्ग्यात्मक रुपमा प्रस्तुत गर्दै पोष्टहरु सेयर गरिरहेका छन्। 

यसैबीच नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रम कहिले र कहाँ सुन्न आउँ भन्दै प्रश्न गरेका छन्। उनले लेखेका छन्, 'म त नेपाल सरकारको (जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ।@PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?'
 

म त नेपाल सरकारको ( जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ। @PM_Nepal ज्यू,नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला?

— Gagan Thapa (@thapagk) May 3, 2019

यस्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशमा नेपाली जनताले बनाएको सरकार छ की राष्ट्रपतिले बनाएको भन्दै प्रश्न गरेका छन्। उनले राष्ट्रपतिले मेरो सरकार भन्न मिल्ने संविधानको कुन धारामा त्यस्तो व्यवस्था रहेको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। विश्वप्रकाशले ट्विटरमा लेखेका छन्, 'सम्माननिय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? कुनै बेला `श्री ५ को´ सरकार थियोे, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे l आज राष्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?
 

सम्माननिय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार ?

कुनै बेला `श्री ५ को´ सरकार थियोे, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे l आज रास्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?

— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2019

उनले एक अर्को ट्विटमा थपेका छन्, 'राष्ट्रपतिलाई राष्ट्रपतिनै रहन दिउं सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई 'रानी' बोक्ने कुनै रहर छैन। दशैंको टीका प्रकरण अनि आजको 'मेरो सरकार' सामान्य त्रुटि विल्कुलै होइन।
 

रास्ट्रपतिलाई रास्ट्रपतिनै रहन दिउं सरकार, राजतन्त्र विदा गरेका नेपाली नागरिकलाई
`रानी´ बोक्ने कुनै रहर छैन !

दशैंको टीका प्रकरण अनि आजको `मेरो सरकार´ सामान्य त्रुटि विल्कुलै होइन !

— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2019

यो पनि पढ्नुस्

राष्ट्रपतिको सम्बोधन : राजा सम्झाउने ‘मेरो सरकार’

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।