शुक्रबार, वैशाख १४, २०८१

कहिले जापान उड्दैछ निगमको विमान ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाल वायुसेवा निगमको जापान उडान निश्चित भएसँगै उडानको मितिसमेत सार्वजनिक गरिएको छ। निगमले जापानको ओसाकामा पुनः नियमित उडान सुरु गर्न लागेको हो। 

६१ औं वर्ष प्रवेशका अवसरमा निगमले असार १९ गते (जुलाई ४ तारिख) देखि ओसाकाको नियमित उडान प्रारम्भ गर्ने भएको छ। अहिले निर्धारित उडान तालिका अनुसार हप्ताको तीनवटा उडान मंगलबार, बिहीबार र शनिवार हुने निगमले जनाएको छ। ओसाकाको सबै उडानहरु वाइड्वडी ए३३०–२०० बाट हुनेछ।

काठमाडौंबाट बिहान साढे २ बजे ओसाकाका लागि उडेको विमान स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मिनेटमा ओसाका पुग्नेछ र ओसाकाबाट स्थानीय समय अनुसार १ बजेर ५५ मिनेटमा उडान गरी सोही दिन अपरान्ह ६ बजे काठमाडौं आइपुग्ने छ। तालिका अनुसार काठमाडौं–ओसाका र ओसाका काठमाडौं उडान एक तर्फी करिब ६ घण्टा ३० मिनेटको हुनेछ।

यस अघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुँदै ओसाकासम्म उडान गर्दै आएको थियो र तत्कालिन समयमा विमानको कमीका कारण जापान उडान स्थगित गरिएको थियो। सन् २००० मा जापानबाट काठमाडौंका लागि सबैभन्दा बढी ४१,०७० जनाले नेपाल यात्रा गरेका थिए। जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाट करिव २२ हजार यात्रु आएका थिए।  

ध्वजावाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७,६१३ यात्रुमा सीमित भएको थियो। निगमले ओसाका र नारितामा हप्ताको चार उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउने आशा निगमले गरेको छ। 

दोश्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामासमेत नियमित उडान गर्ने योजना निगमले बनाएको छ। टोकियोको नारितामा उडान सुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा दुई–दुई वटा उडान गर्ने योजना रहेको छ। 

विगतमा काठमाडौं ओसाकाबीच सन् १९९४ मा शुरु भएको उडान २००७ सम्म नियमित रुपमा भएकोे थियो। बोइङ्ग ७५७ जहाजबाट गरिएको उक्त उडान चीनको सांघाई भएर गरिन्थ्यो। तर अवको उडान काठमाडौंबाट ओसाकासम्म र ओसाकादेखि काठमाडौंसम्म वाइड्वडी विमानबाट सिधा गरिने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।