उडिसा- सामुद्रिक आँधी फानी आउन लागेको आशंकामा भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट करिब ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
सामुद्रिक आँधी २ सय किलोमिटर प्रतिघण्टाका दरले आउने लागेको अनुमान मौसमविद्ले गरेका छन्। आधी शुक्रबार दिउँसो वा साँझ आउन सक्ने अनुमान गरिएको छ ।
भारतको प्रकोप नियन्त्रण विभागका अधिकारीले उडिसाका १३ जिल्लाका ७ लाख ८० हजार व्यक्तिलाई आँधीले प्रभाव पार्नसक्ने इलाकाबाट सारिएको बताएका छन्। कुनै मानविय क्षती नहोस भनेर सावधानी अपनाइएको विभागले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४