शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राजाको शासनकालमा पौडेलले बालुवाटार किनेको प्रधानमन्त्रीको खुलासा  

राजाको शासनकालमा पौडेलले बालुवाटार किनेको प्रधानमन्त्रीको खुलासा  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा महासचिव विष्णु पौडेलले सो जग्गा राजाका पालामा किनेको खुलासा गरेका छन्।

सोमबार संसद् भवन बानेश्वरमा आयोजित नेकपा संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले यस्तो खुलासा गरेका हुन्। उनले पौडेलबारे भ्रम फैलाइएको दाबी गरे। पौडेलले पदीय दुरुपयोग गरेर जग्गा नजोडेको दाबी गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले भने, ‘राजाको शासनका बेला उहाँले जमिन किन्नुभएको रहेछ।’

पौडेललाई आक्रमण गरेर पार्टी र सरकारलाई कमजोर बनाउन खोजेको ओलीको भनाइ थियो। पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन ? जालझेलभित्र पर्छ कि पर्दैन ? हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताए।

सांसदहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले तथ्यगग आधारमा अध्ययन गरेर संसद्मा पेस हुन आग्रह गरे। उनले विकास निर्माणमा जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी काम गर्न आग्रह गरे।

बम पड्काएर हिँड्नेसँग कुनै सम्झौता नहुने दाबी गर्दै ओलीले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध नहट्ने प्रस्ट पारे। प्रमुख विपक्षीसहितका दलहरुले वार्ता र संवादबाट समाधान खोज्नुपर्ने बताए पनि प्रधानमन्त्री ओलीले भने प्रतिबन्ध फिर्ता लिने सम्भावना नरहेको बताएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।