शुक्रबार, वैशाख १४, २०८१

रोकिएन महिला हिंसा, धनुषामा बालिका बलात्कृत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषाबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साह छन्।

घरमा कोही नरहेको मौका छोपी साहले १४ वर्षीया एक बालिका बलात्कार गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रहरी निरीक्षक अमीर दहालले बताए।

दहालका अनुसार घरमा दिदी र बहिनीमात्र रहेको बेला साह पछाडिबाट घरमा पसेर दिदीको बलात्कार गरेका थिए । पीडित बालिकाले आफू दुवैजनालाई बेहोस गरेर साहले बलात्कार गरेको प्रहरीसमक्ष बयान दिएको प्रहरी निरीक्षक दहालले बताए।

प्रहरी निरीक्षक दहालले आइतबार अपराह्न १२:३० बजेतर्फ घटना भए पनि आफूहरूलाई सोमबार दिउँसो पीडितको अभिभावकले फोन गरी जानकारी गराएको बताए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी आरोपित साहको खोजीमा जुटेको उनको भनाइ छ।

घटनापछि फरार साहलाई सोमबारै राति नियन्त्रणमा लिइएको उनले जानकारी दिए। ‘बलात्कार आरोप लागेका साहलाई हामीले नियन्त्रणमा लिइसकेको छौं,’ दहालले भने, ‘घटनाबारे प्रहरी सघन रुपमा अनुसन्धानमा जुटेको छ ।’ बलात्कृत भएको बालिकाको स्वास्थ्य परीक्षण रिपोर्टसमेत आइसकेको उनले बताए । यद्यपि स्वास्थ्य परीक्षण रिपोर्टबारे उनले खुलाउन चाहेनन्।

पछिल्लो केहिदिनयता प्रदेश २ मा महिला हिंसाका घटना निरन्तर बढ्दै गएको छ। ५ वैशाखमा जिउँदै आगो लगाएर जलाइएकी धनुषा सहिदनगर नगरपालिकाकी निर्मला यादवको सोमबार उपचारको क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको छ। यसैगरी केहिदिनअघि सिरहामा जिउँदै आगो लगाएर जलाइएकी कञ्चन मण्डलको उपचारको क्रममै मृत्यु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।