शुक्रबार, वैशाख १४, २०८१

कोलीय सभ्यता झल्काउन देवदहका सम्मेलन देवदहमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा - प्राचीन कोलीय गण राज्यको राजधानीका रुपमा रहेको देवदहलाई पार्कहरुको सहर बनाउन गृहकार्य थालिएको छ। देवदह गौतम बुद्धको मावली हो। यसै राज्यमा उनले बिहेसमेत गरेका थिए।

देवदहको विकासका लागि यहाँका स्थानीयले नयाँ अवधारणा ल्याएका हुन्। ड्रिम देवदह युनिटी फर चेन्जको अगुवाइमा देवदहलाई नमुना ऐतिहासिक पार्कहरुको सहर बनाउने गरी अभ्यास थालिएको हो। स्थानीय बासिन्दाले देवदहलाई मदरल्यान्ड अफ लर्ड बुद्ध भनेर पनि प्रचारप्रसार गरिरेहका छन्। सरकारले पर्यटनको १०० गन्तव्यमा समेटेको देवदहमा पर्यटकलाई घुम्ने ठाउँ नहुँदा पर्यटकहरू नबसी फर्किन थालेपछि देवदहका अगुवाले पर्यटक भुलाउने गरी पार्कहरु बनाउने अवधारणा ल्याएका हुन्।

ऐतिहासिक पार्कहरुको सहर बनाउने गरी देवदह क्षेत्रमा रहेका ११ वटा विभिन्न पार्क समितिलाई एकै ठाउँमा राखेर छलफल चलाइएको छ।  छलफलले देवदहमा पार्क सम्मेलन गर्ने र त्यहाँ ललितकलाका विज्ञलाई राखेर बुद्धकालीन सभ्यताको ऐेतिहासिकता चर्चा गर्ने सोही आधारमा कलाकारले मौलिक बुद्धकालीन सभ्यताको मूर्ति र चित्र बनाउने कार्यक्रम राख्ने निधो गरेको सामाजिक अभियन्ता सिद्धिचरण भट्टराईले बताए।

प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपाने, देवदह नगर प्रमुख हीराबहादुर केसी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञद्वय यम थापा र गोविन्द चौधरीलगायतको उपस्थितिमा सम्पन्न छलफलले देवदहका हरेक पार्कमा बौद्धकालीन सभ्यताको चित्र र मूर्ति राख्ने गरी अभियान थाल्ने निर्णय गरेको हो। ‘देवदह ऐतिहासिक स्थल हो तर पर्यटक आएर भुल्ने पाकरी वृक्षबाहेक अरू केही छैन। हामी यहाँका हरेक पार्कमा प्राचीन बौद्ध सभ्यता झल्किने मूर्ति र तस्बिर पार्कमा राख्दैछौं।’

भट्टराईले भने, ‘महिना दिनसम्म देशका प्रख्यात मूर्तिकार र चित्रकारलाई देवदहमा बोलाइन्छ। त्यहाँ बुद्ध दर्शन, धर्म र इतिहासका ज्ञाताहरुले कोलिय सभ्यताबारे प्रस्ट्याउनेछन्। त्यसैका आधारमा मूर्तिकार र चित्रकारले मौलिक मूर्ति र चित्र बनाउनेछन्।’

कोलिय सभ्यताका थिमहरु, सूचनाहरु, मिथकहरु बौद्ध साहित्यबाट लिइनेछ र त्यसका लागि बौद्ध विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्वहरु रहेको एक समिति बनाइनेछ। उक्त समितिका सल्लाह र थिमहरुका आधारमा कलाकारहरुले रेखाचित्र बनाउनेछन्। करिब एकमहिने मूर्तिकला निर्माण, काष्ठकला र चित्रकला निर्माणको भव्य कार्यशाला आयोजना गरिनेछ। यो समयमा भिजिट देवदह अभियान चलाइनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।