शुक्रबार, वैशाख १४, २०८१

बेल्जियममा पनि कांग्रेस गुटबन्दी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाली कांग्रेसको गुटगत विवादको प्रभाव विदेशस्थित शुभेच्छुक संस्थामा पनि सतहमा आएको छ। बेल्जियमस्थित जनसम्पर्क अधिवेशनका विषयमा विवाद छ। त्यही विवादमा यतिबेला पार्टीका शीर्ष नेताहरू आरोप प्रत्यारोपमा उत्रिएका छन्।

समितिको दुईवर्षे कार्यकाल गत मार्च १२ मा सकिएको थियो। त्यसपछि समिति अधिवेशनबारे विवाद थियो। विवाद साम्य पार्न कांग्रेसका आमन्त्रित सदस्य किरण पौडेल बेल्जियम पुगेका थिए। उनले चौथो अधिवेशनबाट निर्वाचित सभापति सीता सापकोटालाई निलम्बन गरी चौथो अधिवेशनमै पराजित सभापति माधव सापकोटालाई तदर्थ समितिको संयोजक तोकेपछि थप विवाद उत्पन्न भएको छ। निर्वाचित समितिले पौडेलको निर्णय नमान्ने बताएको छ।

बेल्जियम जनसम्पर्क समितिको विवाद समाधान गर्न पुगेका नेता पौडेलले चौथो अधिवेशनमा निर्वाचित समितिले समयमै अधिवेशन गर्न असफल भएको, विधानले तोकेको प्रक्रिया पूरा नगरेको र एकलौटी हिसाबले अगाडि बढेकाले विवाद समाधानका लागि तदर्थ समिति गठन गरिएको दाबी गरेको छ।

महामन्त्री शशांक कोइरालाले पौडेलको निर्णय कार्यान्वयन नगर्न पत्राचार गरेपछि विवाद केन्द्रमै पुगेको छ। यसै सन्दर्भमा अपदस्थ गर्ने केन्द्रीय प्रतिनिधि पौडेल र अपदस्थ गरिएकी सीता सापकोटासँग गरिएको कुराकानी उनीहरूकै शब्दमा :

निर्णय मान्दिनँ : सीता सापकोटा

म दुई वर्षअगाडि ०१७ मार्चमा जनसम्पर्क समिति बेल्जियमको सभापतिमा निर्वाचित भएकी थिएँ। दुई वर्षे कार्यकाल रहेको समितिको समयावधि गत मार्च १२ मा सकिएको थियो। मैले समयमै निर्वाचन गर्न आफ्नो तर्फबाट सबै प्रयास गरेँ।

पाँचौ अधिवेशन सम्पन्न गर्न केन्द्रीय कार्यालयलाई पटकपटक पत्राचार गरेँ। तर समयमै प्रतिनिधि नपठाएपछि गत मार्च ४ भित्रै अधिवेशन गर्ने मेरो प्रयास सफल हुन सकेन। त्यसपछि पनि मैले अधिवेशन गर्न र प्रतिनिधि पठाउन कांग्रेस केन्द्रीय कार्यालयलाई मार्च ४ मै निर्वाचन गराउने गरी पत्राचार गरेकी थिए।

मेरो निरन्तरको आग्रहपछि कांग्रेसले केन्द्रीय सदस्य किरण पौडेललाई समितिको अधिवेशन गर्ने वातावरण बनाउन र सबै पक्षलाई मिलाएर लैजान जिम्मेवारी दिएर पठायो। तर किरणजी दुवै पक्षलाई मिलाउने, विवाद समाधान गर्ने र अधिवेशनको वातावरण बनाउने जिम्मेवारी पाएर आउनुभएको रहेछ। उहाँ एक महिना  पेरिसमा बसेरै बिताउनुभयो। मैले उहाँसँग राम्ररी कुरा गर्नसमेत पाइनँ। उहाँले तोकिएको जिम्मेवारी पूरा गर्न सक्नुभएन। नेपाल फर्किंदै गर्दा एयरपोर्टबाट मलाई म्यासेज गरेर तदर्थ समिति तोकिएको जानकारी पठाउनुभयो। 

उहाँको त्यो विधानविपरीत निर्णय हामीलाई मान्य भएन र प्रतिरोध गर्न बाध्य भयौं। विधानविपरीत गरेको निर्णय पार्टीका महामन्त्रीले खारेज गर्न निर्देशन दिनुभएको छ। जनसम्पर्क समितिको अधिवेशन दुई वर्षभित्र हुन नसकेमा ६–६ महिना गरेर निर्वाचित समितिको म्याद थप्न पाउने व्यवस्था विधानमा छ।

म मेरो कार्यकाल थप्ने पक्षमा थिइनँ। समयमै अधिवेशन गराउने वातावरण बनाउनुको सट्टा उहाँलाई विधानविपरीत निर्णय गर्ने अधिकार कसले दियो ? म चुनौती दिन चाहन्छु, किरणजीको निर्णय मान्दिनँ।

सीताजी अधिवेशनका पक्षमा छैनन् : पौडेल

जनसम्पर्क समिति बेल्जियमका निर्वाचित प्रतिनिधिले एक वर्षपहिले नै राजीनामा दिएका रहेछन्। महामन्त्री सुवास गुरुङ समूहले छुट्टै समिति गठन गरेपछि विवाद उत्पन्न भयो। कांग्रेसले विवाद समाधान गर्न र अधिवेशनको वातावरण बनाउने जिम्मेवारी दिएपछि म त्यहाँ पुगेको थिएँ। पाँचौं अधिवेशन गर्न दुवै पक्षलाई छलफलमा बोलाएँ। सभापति सीता सापकोटालाई जनसम्पर्क समिति संयोजक र माधव सापकोटालाई सह–संयोजक तोक्ने सहमति भयो। सहमति सीता सापकोटा समूहले मानेन। त्यसपछि अधिवेशनको वातावरण निर्माणका लागि तदर्थ समिति गठन गरेर पर्केको हुँ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।