एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राती भएको खेलमा हुडर्सफिल्डलाई गर्दै लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलले हुडर्सफिल्डलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । घेलु टोलीको जितका लागि मोहमद सलाहा र साडियो मानेले दुई दुई तथा नाबी केइटाले एक एक गोल गरे ।
खेल सुरु भएको एक मिनेट नबित्दै लिभरपुलले पाहुना टोलीविरुद्ध सुरुवाती अग्रता लिएको थियो । खेलको एक मिनेटमा नै नाबी केइटाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए ।
त्यस्तै २३ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । त्यसपछि हिलो हाफमो इन्जुरी समयमा मोहमद सलाहाले गोल गर्दै घरेलु टोलीको अग्रता तेब्बर पारे । पहिलो हाफमा ३-० ले अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
खेलको ६६ औैं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई ४-० को अग्रता दिलाए । ८३ औं मिनेटमा सलाहाले गोल गर्दै लिभरपुललाई ५-० को महत्वपूर्ण जित दिलाए ।
यसजितसँगै लिभरपुलले ३६ खेलबाट ९१ अंक जोड्दै म्यानचेष्टर सिटीसँग दुई अंकको अग्रता लिएको छ । एक खेल कम खेलेको सिटीको ८९ अंक छ । अब लिभरपुलले दुई तथा सिटीले तीन खेल खेल्न बाँकी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४