शुक्रबार, वैशाख १४, २०८१

मुलुकमा बेरोजगारको संख्या ९ लाख

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – मुलुकमा बेरोजगारीको संख्या ९ लाख ८ हजार रहेको केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको छ। शुक्रबार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा श्रम शक्ति भित्रको जनसंख्यामध्ये ११ दशमलव ४ अर्थात ९ लाख ८ हजार जनसंख्या बेरोजगार रहेको तथ्य सार्वजनिक भएको हो। 

केन्द्रीय तथ्याङ्क विभागका अनुसार १५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेको छ । ती मध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगार रहेका छन्।

तथ्याङ्कअनुसार सबैभन्दा बढी पुरुष ५ लाख ११ हजार बेरोजगार छन् भने महिला ३ लाख ९७ हजार बेरोजगार रहेका छन्।

श्रमशक्तिभन्दा बाहिरको जनसंख्या १ करोड २७ लाख ५० हजार रहेको उल्लेख छ। जसमध्ये पुरुषको संख्या ४२ लाख ५० हजार र महिला ८५ लाख रहेको उल्लेख छ। रोजगारीमा रहेका जनसंख्यामध्ये ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा रहेका छन्। रोजगारीमा रहेका पुरुषमध्ये सहरमा ६८ प्रतिशत र ग्रामीणमा ३२ प्रतिशत रहेका छन्। यस्तै, रोजगारीमा रहेका महिलाहरुमध्ये ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको उल्लेख छ।

यस्तै प्रदेशअनुसार भने सबैभन्दा धेरै प्रदेश २ मा बेरोजगार रहेका छन् भने सबैभन्दा कम प्रदेश ३ मा बेरोजगार रहेका छन्। तथ्यांकअनुसार प्रदेश १ मा १० दशमलव २ प्रतिशत, प्रदेश २ मा २० दशमलव १ प्रतिशत, प्रदेश ३ मा ७ प्रतिशत, गण्डकी प्रदेशमा ९ प्रतिशत, प्रदेश ५ मा ११ दशमलव २ प्रतिशत, कर्णाली प्रदेशमा ९ दशमलव ७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ५ प्रतिशत बेरोजगार रहेको तथ्यांकले देखाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।