शुक्रबार, वैशाख १४, २०८१

‘भारत’ पछि प्रियंकाले फेरि छोडिन् अर्को ठूलो फिल्म

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मुम्बई - बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्ला दिनमा फिल्मभन्दा बढी अमेरिकन गायक तथा पति निक जोन्सलाई लियर चर्चामा रहने गरेकी छन्। केही समयपहिले प्रियंकाको पोल्टोबाट सलमानको बहुचर्चित फिल्म ‘भारत’ फुत्किएको थियो। त्यसपछि ‘भारत’ मा कैटरिनाको इन्ट्री भएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार फेरि कटरिनाले प्रियंकाको पोल्टोमा परेको अर्को फिल्म हात पारेकी छन्। प्रियंका भारतीय एथलेटिक पी टी उषाको बायोग्राफीमा देखिने थिइन्। तर, उनले ‘भारत’मा झैं पी टी उषको बायोपिकमा काम गर्ने जनाएकी छन्। उनले उक्त कुरा सार्वजनिक गरेसँगै यसमा कैटरिना अभिनय गर्न सक्ने बताइएको छ।

तर, अहिलेसम्म कैटरिनाले अभिनय गर्ने घोषणा गरिएको छैन। कैटरिनाले पी टी उषाको बायोपिकमा काम गरे उनी पहिलोपटक कसैको बायोपिकता देखिने छिन्।

योसँगै कैटरिनासँग २०१९ मा कुल तीन फिल्म हुने छन्। कैटरिना ‘भारत’ का अलावा रोहित शेट्टीको ‘सूर्यवंशी’मा देखिनेछिन्।

कैटरिनाका गत वर्ष रिलिज भएका फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ र ‘जिरो’ फ्लप भएको थियो। त्यसपछि उनी कुनै राम्रो फिल्मको खोजीमा रहेको बताइएको छ। यो वर्ष यसरी राम्रो हुन सक्ने भनेर आकलन गरिएका तीन फिल्ममा देखिने भएपछि कैटरिनाका लागि उपलब्धिपूर्ण हुने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्