बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जबरजस्ती धर्म परिवर्तन गराउने विदेशीलाई प्रहरीकै संरक्षण 

जबरजस्ती धर्म परिवर्तन गराउने विदेशीलाई प्रहरीकै संरक्षण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी - नेपालमा दशक बढीदेखि धर्म प्रचारमा सक्रिय भएका र नेपालीलाई घरमै पुगेर धम्क्याउने कोरियन पादरी सोङ जे हुनलाइ इटहरी प्रहरीले संरक्षण गरेको पीडितहरुले गुनासो गरेका छन्। यही आठ गते घरमै पुगेर धम्की दिने कोरियन पादरी र उनको उक्साहटमा कुटपिट र धम्की दिनेहरुलाई प्रहरीले उन्मुक्ति दिएको उनीहरुले बताएका छन्।
 
यही ८ गते कोरियालीको नाममा किटानी जाहेरी दिएपनि इटहरी प्रहरीले पक्राउ गर्न त परै जाओस छलफलमा समेत नल्याएको आधा दर्जन बढी पीडितहरुले आरोप लगाएका छन्। सोमबार छलफल गर्न ११ बजे बोलाइएको तर ४ बज्न लाग्दा मात्रै आएको र कोरियालीलाई भगाइएको उनीहरुले बताएका छन्।

आफूहरुले कोरियनलाइ छलफलमा राख्नुपर्छ भन्दा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक धनेन्द्रहाङ खाजुमले पीडितहरुलाई बाहिर निकालेर छलफल हुन नदिएको उनीहरुले आरोप लगाए। छलफलका प्रत्यक्षदर्शी तथा इटहरीका पत्रकार विकल पौडेलले खाजुमले कोरियन ल्याएपछि मात्रै छलफल हुन्छ भनेपछि संचारकर्मीहरुलाई समेत जबरजस्ती बाहिर जान थर्काएको बताए। पीडितहरुले इलाका प्रहरी अगाडि रोइकराई गरेपनि प्रहरीले कोरियन नागरिकलाई छलफलमा समेत नबोलाएको पौडेलले बताए। 

इटहरी ३ मा रहेको परमेश्वरको मन्डली विश्व सूसमाचार समाज (सियोन) चर्च प्रमुख कोरियन नागरिक सोङ जे हुनले आफ्नै चर्चका विश्वासीहरुलाई यही आठ गते घरमै पुगेर धम्क्याए। चर्चमा भनिएका र बुझाइएका विभिन्न १५ सवालहरुमा प्रश्न गरेको आधारमा आफूहरुलाई घरमै आएर कोरियन मुलका नागरिक हुनले आफूहरुलाई धम्क्याएको पीडित तथा सोही चर्चका विश्वासी अभिसेक कार्कीले बताए। 

चर्च नजिकै रहेको अनु राईको घरमा चर्चका विश्वासीहरु अभिसेक कार्की, आयुसा चौधरी  लगायत भएको अवस्थामा कोरियन नागरिक आएर धम्क्याएको पीडितहरुले बताए। ‘मेरो घरमा साथीहरु आउनु भएको थियो’, चर्चकी विश्वासी अनु राईले भनिन, ‘म, अभिसेक कार्की, आयुसा चौधरी लगायत बसेको स्थानमा आएर गर्न खोजेको के हो भन्दै हुनले धम्क्याए।’ 

धम्क्याएको केही समयमै हुनका सहयोगीहरु आएर आफूहरुलाई हातपात गरेको पीडित अनु राईले बताइन्। राईका अनुसार उनलाई प्रमिला राईले हातपात गरेकी थिइन्। अभिसेक कार्कीलाई अश्लील शब्द बोल्दै जयराम राईले आक्रामण प्रयास गरेको तर साथीहरुले बचाएको आयुसा चौधरीले बताइन्। 

२०१२ मा संसार अन्त्य हुन्छ भनियो तर किन भएन भन्दा ज्यादती : पीडित

इटहरीका स्थानीय अभिसेक कार्की बिगत १३ बर्षदेखि इसाइ धर्म मानिरहेका छन्। कोरियन पादरीकै कारण आफू भगवान भेट्न चर्चमा जोडिएको तर त्यहाँ धेरै यातना भएको कार्कीले बताए। आफूलाई परिवार नियोजन गर्न लगाएको, श्रीमतीलाई बच्चा हुँदा गर्भपतन गर्न लाएको र आफ्नो सम्पत्ति बेच्न लगाएर दशांशको नाममा सबै चर्चमा दिन लाएको कार्कीले बताए। उनले भने, ‘हामी विश्वासीका कमाइको दश प्रतिशत चर्चलाई दिने चलन भएकाले कसैलाइ घर बेच्न लाएर, कसैलाई अंश माग्न लाएर र कसैलाई डिभोर्स गर्न लाएर पैसा लिइयो।’
 
आफूले उनै कोरियनको कुरा सुनेर बाबुलाई ‘सैतान’ को पूजा गरेको भन्दै घर निकाला गरेको र आमालाई इटहरीको जग्गा बेच्न दबाब दिएर पैसा लिएको कार्कीले बताए। उनले भने, ‘हामीलाई धेरै सपनाहरु देखाइयो। सम्पत्ती, जवानी र जिन्दगीको उर्जा दुरुपयोग गरियो ।’ कोरियनले गरेका कुराहरु क्रमशः शंकास्पद लाग्न थालेपछि आफू लगायतका दर्जन बढीले प्रश्न गरेको र त्यही आधारमा आफूलाइ सुरुमा फकाइएको र पछि धम्की दिइएको कार्कीले बताए। 

‘मैले सन २०१२ मा संसार सकिन्छ भनेको कुरा किन भएन र अरु पनि यस्तै झुटा कुरा किन गरियो भनेर १५ प्रश्न राख्दा १४ महिनासम्म उत्तर दिइएन’, कार्कीले भने, ‘उत्तर नदिइएपछि म आलोचक भए अनि मलाई र म जस्तै विचार राख्नेहरुलाई धम्क्याउन थालियो ।’ अनु राईको घरमा धम्क्याउने कारण पनि त्यही १५ प्रश्नको उत्तर दिन नसकेकोले भएको कार्कीले बताए। उनले भने, ‘चर्चका सबै गलत कुराहरुको प्रमाण नस्ट गर्न पटकपटक दबाब दिइएको छ।’ आफूले चर्चका गलत कुराहरुमा १३ वर्षको अनुभवपछि प्रश्न गर्दा सबैलाई भेला पारेर पागल भएको र डिप्रेसनको औषधि खाएको बताइएको कार्कीले भने। 

कार्की जस्तै आफूहरुलाई पनि कोरियन पादरीले तनाव दिएको भनाइ  छ झापाका सुर्यमान मेचे र सुनिल श्रेष्ठको। सोही चर्चका विश्वासी मेचे र श्रेष्ठले आफूहरुलाई कोरियनले जग्गा बेच्न दबाब दिने र दश प्रतिशत लिने गरेको बताए। बिर्तामोडका सुनिल श्रेष्ठले भने, ‘मलाई जरबजस्ती बहकाउमा पारेर जग्गा बेच्न लाइयो र दश प्रतिशत पैसा चर्चमा लगियो।’ 

पीडितका अनुसार कोरियन पादरीले फरक मत राख्नेको परिवारमा डिभोर्स गराउनेसम्मको खेल खेल्ने गरेका थिए। 

गालीगलौज र धम्कीको मुद्दा अदालतले हेर्छ : इन्सपेक्टर खजुम

घरमा पुगेर धम्की दिने र मान्छे पठाएर कुट्न लगाउने कोरियन पादरी सोङ जे हुनलाई प्रहरीले जानाजान इटहरीबाट भगाएको निवेदक अनु राईले बताइन। राईका अनुसार ११ बजे छलफलमा बोलाएर ४ बजेपछि छलफल गरिएको र सो बीचमा कोरियनलाई भगाइएको बताइन्। 

यता इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर धनेन्द्रहाङ खजुमले आफूले त्यस्तो नगरेको बताए। गालीगलौज र धम्कीको मुद्दा अदालतको क्षेत्राधिकारमा पर्ने हुनाले आफ्नो कार्यालयले कोरियनलाई पक्राउ नगरेको खजुमले बताए। गालीगलौजमा अदालतको क्षेत्र भएको भए किन छलफलमा बोलाइयो र कोरियनलाई  बोलाइयोस् भन्दा छलफल रोकियो भन्दा खजुमले बनिबनाउ उत्तर दिए। उनले भने, ‘उहाँहरुले पासपोर्टको मिति नाघेको कुरा गर्नुभएको छ यो हाम्रो हैन इमिग्रेसनको काम हो। मैले इमिग्रेसनमा जानकारी दिएको छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।