बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ठूलाबडाले कब्जा गरेको ललितानिवास : के गर्ला अब अख्तियारले ?

ठूलाबडाले कब्जा गरेको ललितानिवास : के गर्ला अब अख्तियारले ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेकपाका महसचिव विष्णु पौडेलसमेत संलग्‍न देखिएको ललितानिवासको अर्बौं मूल्यको जग्गा हिनामिना प्रकरणमा बाहिर व्यापक चर्चा भए पनि  अख्तियार दुरुपयोग अनुसन्धान आयोग भने यसमा मौन देखिएको छ। 

यो जग्गा हिनामिना प्रकरणबारे अख्तियारमा पहिले नै उजुरी परे पनि यसलाई प्राथमिकतामा राखेर छानबिन अघि बढाउने काम भएको छैन। सत्तारुढ दलकै उच्च नेतृत्वको संरक्षण र संलग्‍नता देखिएपछि अख्यितार पनि 'पर्ख र हेर' को अवस्थामा रहेको स्रोत बताउँछ। यसलाई सकेसम्म पेन्‍डिङमा  राखेर थामथुम पार्न अख्तियारलाई उच्च राजनीतिक तहबाटै दबाब दिने काम भइरहेको छ। अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्‍न्यातसमेत संलग्‍न देखिएकले  छानबिनलाई अल्झाउन उनी पनि सक्रिय देखिएका छन्। 

ललितानिवास जग्गा प्रकरणमा अख्तियारभित्रै सेटिङ प्रयास भएको खुलासा भएको छ। बालुवाटारस्थित ललिता निवासको जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयमा छानबिन प्रभावित पार्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महाशाखा प्रमुखलाई कारबाही गरेको छ।अख्तियारले अनुसन्धान महाशाखाका प्रमुख हरिप्रसाद जोशीलाई महान्यायाधिवक्ता कार्यालयमा फिर्ता पठाएको हो।जोशीले ललिता निवासबारे पेस गरेको अनुसन्धान प्रतिवेदनसमेत विश्वासिलो नभएपछि अख्तिायारले छिट्टै नयाँ अनुसन्धान अधिकृत तोक्ने तयारी गरेको छ।

नेकपा महासचिवको संलग्‍नताको विषय बाहिर आएपछि यसमा छानबिन अघि बढाउन नागरिकस्तरको दबाब भए पनि अख्तियार उदासिन देखिएको छ। दुई तिहाइको त्रासमा अख्तियारलगायतका संवैधानिक निकायलाई राजनीतिक प्रभावमा राख्‍ने र आफू अनुकुलको सक्रियताका लागि दबाब दिने काम सरकारले गर्दै आएको छ। ललितानिवासको १ सय १३ रोपनी ३ आना जग्गा भूमाफिया र केही व्यापारीले हिनामिना गरेर निजी सम्पत्ति सरह किनबेच गरेको खुलासा भएपछि सरकारले रोक्का राखिसकेको छ। तर त्यसबारेमा छानबिन गरेर संलग्‍न दोषीलाई कारबाही गर्ने काम हुन सकेको छैन।स्रोतका अनुसार अख्तियारलाई छानबिनका लागि प्रोत्साहित गर्ने भन्दा राजनीतिक स्तरबाट निर्णय गरेर यसलाई मिलाउने र ठूलाबडालाई जोगाउने डिजाइन भइरहेको छ। 

मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासमा पौडेलले ८ रोपनी जग्गा खरिद गरेका थिए। ललितानिवासको जग्गा हिनामिनामा राजनीतिक सेटिङ मिलाउन सहयोग गरेवापत पौडेलले उपहारको रुपमा त्यो जग्गा प्राप्त गरेको र पछि कागजपत्र मिलाइएको आशंका गरिएको छ।  नेकपा महासचिव पौडेलले भाटभटेनी सुपरमार्केटका सञ्चालक एवं व्यापारी मीनबहादुर गुरुङ र भूमाफियाद्वय डा. शोभाकान्त ढकाल र रामकुमार सुवेदीमार्फत ८ आना जग्गा किनेका हुन्।

केपी शर्मा ओली पहिलोपटक २०७२ सालमा प्रधानमन्त्री हुँदा अर्थमन्त्री बनेका पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणमा काठमाडौं महानगरपालिका–४ स्थित बालुवाटारमा ८ आना जग्गा रहेको आफै सार्वजनिक गरेका छन्। २०६० सालमा ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमशेर राणाबाट गुरुङ, ढकाल र सुवेदीले ६३ रोपनी जग्गा किनेका थिए। त्यसमा हदबन्दी लाग्ने देखिएपछि गुरुङसहितले शक्ति केन्द्रदेखि अन्य व्यक्तिसम्मलाई कित्ताकाट गरेर जग्गा बेचेका थिए। ललितानिवासको जग्गा बेचेर गुरुङ, सुवेदी र ढकालले संयुक्तरुपमा स्वामित्व हुनेगरी कान्तिपथस्थित ब्रिटिश काउन्सिलको जग्गासमेत खरिद गरेको पाइएको छ।

यसैगरी निर्वाचन आयुक्त सुधीरकुमार शाहको पनि सरकारी ललितानिवासले चर्चेको जग्गा हिनामिनामा संलग्नता पाइएको छ। पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिको प्रतिवेदनअनुसार भक्तपुरका तत्कालीन मालपोत अधिकृत शाहले २०४९ सालमा ललितानिवासको २ रोपनी जग्गा श्रीमती उर्मिलाका नाममा ल्याएका थिए। उक्त जग्गा २०६१/०६२ ताका काभ्रेको प्रमुख जिल्ला अधिकारी हुँदा शाहले भूमाफिया सुवेदी र ढकाललाई बेचेका थिए। त्रिताल समितिको प्रतिवेदनमा पनि शाहमाथि कारबाही गर्नुपर्ने उल्लेख छ।

अख्तियारका पूर्वप्रमुख आयुक्त दीपबहादुर बस्न्यातले पनि भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा ललितानिवासको जग्गा व्यक्तिका नाममा दिने गरी निर्णय गराएको खुलासा भएको छ। सचिव बस्न्यातको  परिपत्रपछि माफियाले जग्गा कित्ताकाट गरी विभिन्‍न  मानिसलाई बेचेका थिए। 

सरकारी सम्पत्ति ललितानिवासले चर्चेको जग्गा व्यापारी र भूमाफियाले प्रतिआना ७ लाखमा किनबेच गरेको तथ्य खुलेको छ। २०६० सालमा ललितानिवासका तत्कालीन भोगाधिकारीबाट जग्गा खरिद गरेर व्यापारी गुरुङ तथा भूमाफियाद्वय ढकाल र सुवेदीमार्फत विभिन्न व्यक्तिलाई प्रतिआना ७ लाख रुपैयाँका दरले बेचेको खुलासा भएको छ।

यो प्रकरणमा नेकपा महासचिव पौडेल, निर्वाचन आयोगका आयुक्त सुधीरकुमार शाह, अख्तियारका पूर्व प्रमुख आयुक्त दीपबहादुर बस्न्यात,  पूर्वभूमिसुधार सचिव तथा पूर्वमन्त्री छविराज पन्त,  भाटभटेनी सुपरमार्केटका स‌ंचालक मीनबहादुर गुरुङ, भूमाफियाहरु रामकुमार सुवेदी र डा. शोभाकान्त ढकाल, रुक्मशमशेर राणा तथा उनका आफन्त तानिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।