शनिबार, वैशाख २९, २०८१

आजका अखबार : भूमाफियाले बेचिदिए सिंगै बस्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले श्रीलंकामा शृंखलाबद्ध बम बिस्फोट हुँदा दुई सय भन्दा बढिको मृत्यु भएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
 
क्रिस्चियन समुदायमाथि लक्षित सुनियोजित विस्फोटबाट ३५ विदेशीसहित २०७ जनाको मृत्यु भएको छ भने साढे चार सय भन्दा धेरै घाइते भएका छन् । आइतबार कोलम्बोका होटल एवम् चर्चसहित आठ ठाउँमा ठूल-ठूला विस्फोट भएका थिए ।

विस्फोटपछि श्रीलंका सरकारले कर्फु लगाएको छ भने सामाजिक संजालमा अस्थायी रुपमा प्रतिवन्ध लगाएको छ । आक्रमण कसले गर्यो भन्ने खुल्ल सकेको छैन भने सुरक्षाकर्मीले आक्रमणको आशंकामा सात जनालाई पक्राउ गरेको पत्र पत्रिकाले लेखेका छन् ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै कान्तिपुर दैनिकले 'श्रीलंकामा दिनभर विस्फोट' शीर्षकमा खबर लेखेको छ भने अन्नपूर्ण पोस्ट्ले 'श्रीलंकामा शृखलाबद्ध विस्फोट' शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकमा 'श्रीलंकामा शृखलाबद्ध विस्फोटः २०७ को मृत्यु' शीर्षकमा यो खबर छापिएको छ । नयाँ पत्रिकाले पनि 'श्रीलंकामा शृखलाबद्ध विस्फोटः २०७ को मृत्यु' शीर्षकमै खबर लेखेको छ ।
 
यो विषय बाहेक आजको नयाँ पत्रिकाले सिराहाको मिर्चैया नगरपालिकामा दुई दलितबस्ति भूमाफियाले हडपेको विषयलाई मुख्य समाचार बनाएको छ । जम्मा ६ कट्ठा जग्गामा २८ दलित परिवारः भूमाफियाले बेचिदिए सिंगै बस्ती शीर्षकमा उसले खबर लेखेको छ ।
 
नयाँ पत्रिकामा प्रकाशित खबर अनुसार मिर्चैया नगरपालिका–७ फूलबरियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् । उनीहरू यहाँ झन्डै ९० वर्षदेखि बसिरहेका छन् । तर, गत वर्ष स्थानीय जनप्रतिनिधिको मिलेमतोमा उनीहरूको जग्गा अरूले खरिद–बिक्री गरिदिएका छन् ।
 
स्थानीय ६५ वर्षीय घुरन रामका अनुसार सिरहाको कल्याणपुर जब्दीका जग्गाधनी हजारी साहू भनिने रामचन्द्र साहलाई झन्डै ९० वर्षपहिले नै जग्गाको रकम बुझाएर यहाँ बस्ती बसाइएको थियो । उतिवेला जमिनदारले अनेक बहाना बनाएर जग्गा पास गरिदिएनन् ।

अहिले दिवंगत हजारी साहूका नातिहरू श्रवणकुमार साह, दीपनारायण साह, सत्यनारायण साह, रामेश्वर साहलगायतले ९ मंसिर ०७५ मा धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरका जग्गा कारोबारी सुरेशकुमार महतोलाई दलितबस्ती रहेको ६ कट्ठा जमिन बिक्री गरेको स्थानीयले बताए । वडाध्यक्ष रामकुमार यादवले जग्गामा बस्ती तथा बाटोसमेत नरहेको सिफारिस दिएपछि जग्गा बिक्री भएको हो ।

नागरिक दैनिकले भने नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाएको विषयलाई प्राथमिकताका साथ छापेको छ ।
 
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिएका छन् । नेकपाले जिल्ला अध्यक्ष र सचिवको नाम सोमबार सार्वजनिक गर्ने समाचारमा उल्लेख छ।
 
कान्तिपुर दैनिकले भने सरकारले फजुल खर्च भन्दै गत साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामति कर्मचारीलाई फेरि बाड्न थालेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

आफ्नै निर्णय उल्टाउँदै सरकारले अख्तियार र भन्सार राजस्वमा १०० प्रतिशत अरु दुई दर्जन कार्यालयमा ५० प्रतिशत प्रोत्साहन भत्ता दिने भएपछि राज्यकोषमा बर्सेनी ६ अर्बको भार थपिएको समाचारमा उल्लेख छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।