शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्ड भन्छन्, ‘एकताको सबै कुरा आजै राति टुंगिन्छ, भोलि घोषणा

प्रचण्ड भन्छन्, ‘एकताको सबै कुरा आजै राति टुंगिन्छ, भोलि घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  नेकपा एकता प्रकियाका बाँकी सबै कुरा आइतबार रातिसम्म टुंगो लाग्‍ने र सोमबार घोषणा हुने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर तीनले नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनताले दिएको दुईतिहाईको जिम्मेवारीप्रति पार्टी र सकार गम्भीर बन्नुपर्ने धारणा राखेका थिए। उनले भने, ‘जनअपेक्षा अनुसार काम गर्न सक्यौं कि सकेनौं? समीक्षा आवश्यक छ। तीन महिनाभित्र पार्टी एकता टुंग्याउने घोषणा गरेका थियौं तर अहिले एक वर्ष नै हुन लागिसकेको छ। ढिलो भएको पक्कै हो, संविधान निर्माण, निर्वाचन, पार्टी एकताको घोषणा पनि ढिलोढिलो नै भएको थियो। अहिलेको एकता प्रकृया टुंग्याउन ढिला भएजस्तो तपाइँहरुलाई लाग्ला, तर पार्टी एकता अब टुंगियो, तपाइँहरुले चिन्ता नलिनु होला।’

कार्यक्रममा सहभागी हुन आफू सिधै बालुवाटारबाट आएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले जिल्लाको नेतृत्व र जनसंगठनको नेतृत्व भोलि (सोमबार) नै टुंग्याउने गरी काम भइरहेको बताए।  ‘दुई जना कमरेडलाई जिम्मा दिइसकेका छौं’ अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकता सम्बन्धी आज बेलुका हुने निर्णयको घोषणा भोलि सोमबार हुनेछ।’ लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुंगो लगाउने नेकपाको योजना छ।

नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ। घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा समेत ओली, प्रचण्ड र नेपालका बीचमा विवाद रहेको छ। केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन्। ७७ जिल्ला कमिटीमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेताका बीचमा भए पनि नेतृत्वका विषय अझै टुंगो लाग्न सकेको नसकेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।