शुक्रबार, वैशाख १४, २०८१

संसद्को बजेट अधिवेशन वैशाख १६ बाट  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- वैशाख १६ गतेबाट संघीय संसद्को बजेट अधिवेशन सुरु हुने भएको छ। त्यसका सरकार र संसद्को नेतृत्व सहमत भएका छन् ।
 
राष्ट्रपति विद्यादेवी भण्डारी वैशाख ११ गते चिन भ्रमणमा जाने र उनी ९ दिनपछि फर्किदा संसद्को बजेट अधिवेशन बस्न ढिला हुने भएकाले वैशाख १६ गतेबाट नै अधिवेशन सुरु गर्ने तयारी भएको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ।

जेठ १५ गते बजेट ल्याउनुुपर्ने संवैधानिक व्यवस्था रहेको छ । त्यसअघि प्रिबजेट छलफल गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम संसद्बाट पारित सक्नुुपर्छ। बजेट अधिवेशनका लागि संसद् सचिवालयले तयारी समेत तिब्र पारेको छ ।
 
सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्नु नै यो अधिवेशनको मुख्य काम हुनेछ । यो बाहेक संसद्मा विचाराधीन विभिन्न विधेयक पारितको काम समेत बजेट अधिवेशनले गर्नेछ । नागरिकता ऐन संशोधन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचाराधीन छन् ।

यस्तै सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको दुर्ततर निर्माण तथा व्यवस्थापन गर्न बनेको विधेयक, प्रहरी कर्मचारीलाई नेपाल प्रहरी र प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा बनेको विधेयक, राष्ट्रिय सुुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संसद्मा विचाराधीन छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।