शनिबार, वैशाख १५, २०८१

जंगल बीचको दरबार, जहाँ देवीदेखि बाघसम्मका किस्सा जोडिएका छन्

शाह भन्छन्, ‘उर्दुमा भएको ढुंगा भेटिनु बिम्कोट दरबारको इतिहास मुगल शाहकै पालाबाट सुरु भएको पुष्टि हुन्छ।’ शाहले यसो भने पनि यसको प्रामाणिक इतिहास भने खोजीकै विषय छ।
 |  शनिबार, भदौ ५, २०७८

राज सरगम

राज सरगम

शनिबार, भदौ ५, २०७८

दुई खोलाको संगम, माथि अग्लो पहाड। पहाडमाथि उभिएको छ दरबार। ‘बिम्कोट दरबार’ का नामले परिचित यो संरचना वर्षौंदेखि अछामको पहिचान बनेर उभिएको छ। जीर्ण बनिसकेको भवनको वास्तुकलाले ऐतिहासिकता झल्काउँछ। साथै दरबारसँग जोडिएका किस्साले जोसुकैलाई कल्पनालोकतिर लैजान सक्छ। साथै यसबाट नेपाली लोकसंस्कृति, पूराकथाका अनेक प्रसंगमा बुझ्न पनि सघाउ पुग्छ।

triton college

अछाम साँफेबगरको एयरपोर्ट बजारबाट सात किलोमिटर पैदल हिँडेपछि पुगिन्छ बिम्कोट। दक्षिणबाट उत्तरपूर्व फर्किएर हिँड्दै जाँदा बाटोमा मुवासैन, भण्डारीगाउँ र सलेनी खोला पर्छन्। चारैतिर पहाडको छाया परिरहने सलेनी खोलाको कलकल पानीले मन लोभ्याउँछ। उत्तरी फेदबाट चोटे खोला बगेको छ। बिम्कोट दरबारलाई चोटे खोलाले पनि फेरो मारेको छ। दरबारबाट पश्चिम फर्किंदा दुवै खोला बिम्कोटी गाड हुँदै बुढीगंगामा मिसिएको दृश्य रमणीय छ। 

बिम्कोट दरबार अछाम क्षेत्रमा राज्य गर्ने सोमवंशी राजाको पहिलो र जेठो हाँगो बिम्कोटे राजपरिवारसँग जोडिएको छ। वंशावलीअनुसार अछामको बान्नीगढीबाट तत्कालीन राजाका दुई भाइ छुट्टिएर एक भाइ मंगलसैनमा र अर्का बिम्कोटमा बसेका थिए।  बिम्कोटमा बस्ने सोमवंशी राजाका सन्तान हुन् ८० वर्षीय जनकबहादुर शाह। आफूलाई सोमवंशी राजाको बीसौं पुस्ता चिनाउने शाहले हजुरबाले सुनाएको इतिहास मात्र स्मरण गरेका छैनन्, दरबारसँग जोडिएका अनेक किस्सा सुनाए।

उनका अनुसार १९९० को भूकम्पले माथिल्लो दरबार भत्किएपछि तलको दरबार बनाइएको थियो। जहाँ  उनी जन्मिएका थिए रे। 

दरबारभन्दा माथिको एउटा संरचना त झन् आकर्षक छ। सलेनी खोलाबाट उत्तरतिर ठाडो चट्टानी भीरको टुप्पामा ध्वजापताका फरफराएको देखिन्छ। त्यहाँ पुग्न बुट्यानी जंगल र झाडीको गोरेटो चढ्नुपर्छ। बिम्कोटे ठकुरी राजाको ‘इष्टदेवी षोडशा देवी’ को मन्दिर त्यहीं छ। मन्दिरमा २०७६ सालसम्म पूजा गर्दै आएका शाह भन्छन्, ‘अहिले बूढो भएँ, जान सक्दिनँ।’ 

corrent noodles
Metro Mart
शाह भन्छन्, ‘उर्दुमा भएको ढुंगा भेटिनु बिम्कोट दरबारको इतिहास मुगल शाहकै पालाबाट सुरु भएको पुष्टि हुन्छ।’ शाहले यसो भने पनि यसको प्रामाणिक इतिहास भने खोजीकै विषय छ।

दरबारको इतिहासचाहिँ एउटा ढुंगासँग जोडिएको छ। इतिहास पहिल्याउन उर्दुमा कोरिएको सोही ढुंगाको किस्सा जोड्छन् शाह। उति बेला किन उर्दुमा लेखियो होला? खोजीकै विषय छ। बिम्कोट दरबारका तीनमध्ये भूकम्पबाट एउटा ढुंगा बचेको छ। शाह भन्छन्, ‘उर्दुमा भएको ढुंगा भेटिनु बिम्कोट दरबारको इतिहास मुगल शाहकै पालाबाट सुरु भएको पुष्टि हुन्छ।’ शाहले यसो भने पनि यसको प्रामाणिक इतिहास भने खोजीकै विषय छ। उनले ढुंगा संरक्षणका लागि षोड्शा देवीको मन्दिरमा लगेर राखेका छन्। 


जनकबहादुर शाह।

यही ढुंगाका आधारमा बिम्कोट दरबारको इतिहास खोतल्ने हो भने १६ औं शताब्दीसम्म पुग्न सकिन्छ। कलात्मक बिम्कोट दरबार बनाउन धेरै वर्ष लागेको थियो। जसलाई महिमा ओड नामका कालिगढले बनाएका थिए। कालिगढले भने दरबारमै आत्महत्या गर्नुपरेको थियो। उनले आत्महत्या गर्नुको रहस्य यसरी सुनाउँछन् शाह–

दरबार बनाउने क्रममा ओडले दिउँसोको खाना त्यहीं खाँदा रहेछन्। एक दिन भान्सेले सोधेछन्, ‘खाना कस्तो छ?’ ओडले भनेछ, ‘श्रीमतीले बनाएको जस्तो मिठो भएन।’ भान्सेलाई ओडकी श्रीमतीले कस्तो खाना पकाउने रहिछन् भनेर जान्ने इच्छा लागेछ। त्यसपछि एक दिन ओडले थाहा नपाउने गरी उनकी पत्नीलाई दरबारमा खाना बनाउन बोलाएछन्। 

ओडले खाना खाइसकेपछि भान्सेले उही प्रश्न सोधेछन्। महिमा ओडले आफ्नै जहानले पकाएजस्तै मिठो रहेको उत्तर दिए। खानेकुरा थियो, ‘सिस्नोको फाँडो।’ ओडले पत्नी आएको थाहा पाए। दरबारमा अचानक श्रीमतीलाई देखेर उनको मनमा शंका पस्यो। अनि आत्महत्या गर्ने निधो गरेछन्। मर्नुअगाडि उनले बिम्कोट दरबारका राजपरिवारलाई श्राप दिएका थिए रे। त्यो श्राप अहिलेसम्म लागिरहेको विश्वास छ। शाह भन्छन्, ‘हरेक पुस्तामा एकजना सन्तान खोटो जन्मिँदै आएको छ।’ स्थानीय रवि शाह पनि श्राप परेका कारण शाह परिवारमा एउटा न एउटा सदस्य अपांग जन्मँदै आएको दाबी गर्छन्। 

०००

अचेल भूतप्रेतप्रति विश्वास गर्ने त अन्धविश्वासी गनिन्छन्। तर बिम्कोट दरबार आसपासको इतिहास जान्नेहरू भने भूतप्रेतप्रति विश्वास गर्न विवश छन्। सलेनी खोला पहाडको छायामा छ। दिउँसै अँध्यारो देखिने खोलामा एक्लै उभिने हिम्मत कमैले गर्छन्। भूतको भय छ त्यहाँ। यसबारे जान्न सुदूरपश्चिम क्षेत्रमा प्रचलित एउटा लोकसंस्कृतिको सहारा लिनुपर्छ।

दरबारमा आयोजना हुने नाचगानका कार्यक्रम रोचक र मनमोहक हुन्थे। यस्तै एउटा हो ‘भुवो नाच’। दरबार र ठूलाबडाको घरमा भुवो नाच विशेष हुन्थ्यो। बाइसे–चौबिसे राज्यको पालामा प्रयोग भएका ढाल–तरबारको प्रदर्शनी र पौराणिक रामराज्यको बयानसँगै लडाइँका कौशलसमेत प्रदर्शन गरिने भुवो खेल मनोरञ्जनमूलक र शिक्षामूलक छ। 

भूत आश्चर्यमा परे र सोधेछ, ‘मलाई कसरी चिन्यौ?’ रम्त्यालुले कपालको रौं देखाउनेबित्तिकै भूत हराएछ। शाह भन्छन्, ‘दरबारमा भूतको पनि आकर्षण थियो। त्यसैले आज पनि दरबारनजिक सलेनी खोलामा भूतको डर छ।’ 

दरबारमा आयोजना हुने यस्ता भुवो नाच कार्यक्रममा भूतले पनि लुकेर हेर्ने गरेको किस्सा सुनाउँछन् शाह। भन्छन्, ‘खोलामा भूत हिँड्छ भन्ने विश्वास स्थानीयमा अझै छ।’ उति बेलाको समाजमा भूतप्रेतको निकै विश्वास गरिँदो रहेछ। शाहले बाल्यकालको किस्सा यसरी सुनाए–

कुनै साँझ एक ‘रम्त्यालु’ सलेनी खोलो भएर दरबारतिर जाँदै गर्दा किनारमा बच्चा रोएको आवाज सुनेछन्। उनले यताउता हेरे। केही देखेनन्। अचानक महिलाको आवाज आयो, ‘रम्त्यालु रम्त्यालु मेरो लोग्ने त्यहाँ दरबारमा राम (भुवो नाच) हेर्न गएका छन्। तेरी श्रीमतीले बच्चा पाइन् भन्दिनु है।’ रम्त्यालुले बोली सुने पनि मान्छे देखेनन्। रम्तालुले चिन्न खोजे। उताबाट ‘भूतकी श्रीमती हुँ’ भनेर परिचय पाए। दरबारमा नाच हेर्न गएका मानिसको भीडमा भूत कसरी चिन्नु? भुतेनीले आफ्नो कपालको एउटा रौं दिइछ। भूत दरबारको खाँबामा छेकिएर नाच हेरिरहेको थियो। रम्त्यालुले भूतलाई बच्चा पाएको खबर सुनायो। त्यो सुनेपछि भूत आश्चर्यमा परे र सोधेछ, ‘मलाई कसरी चिन्यौ?’ रम्त्यालुले कपालको रौं देखाउनेबित्तिकै भूत हराएछ। शाह भन्छन्, ‘दरबारमा भूतको पनि आकर्षण थियो। त्यसैले आज पनि दरबारनजिक सलेनी खोलामा भूतको डर छ।’ 


भूत मात्रै होइन, बाघको पनि डर छ। दरबारको चारैतिर बाक्लो जंगल छ। स्थानीय बासिन्दा बाघले बाख्रा खाने गरेको बताउँछन्। शाह भने दरबार आसपास देखिने बाघ र बाख्रा खाने बाघ फरक रहेको बताउँछन्। उनी भन्छन्, ‘ठूलो जातको बाघ अहिले पनि दरबार रहेको पहाडको डाँडामा देखिइरहनुमा षोडशा देवीको कारण हो। त्यहाँ साक्षात देवी छन् जो बाघको भेषमा देखिइरहन्छिन्।’ 

बाघको किस्साचाहिँ जनक शाह आफ्नै भोगाइसँग सम्बन्धित छ। शाह २०४३ सालमा मरिचमान सिंहको मन्त्रिमण्डलमा ‘कृषि सहायक मन्त्री’ थिए। माओवादी विद्रोह सुरु भएपछि शाह बिम्कोट दरबार पुगे। 

दरबारमा पुगेपछि उनलाई महसुस भयो– माओवादीले जे पनि लैजान सक्छन्। शाहले मन्दिरमा रहेको केही थान चाँदीका घण्ट, त्रिशूल लगायतका सामग्री पोको पारेर घरको माथिल्लो तलाको धुरीमा राखे। परिवारका सबै सदस्यलाई पूजाकोठामा नजान भने। 

शाहका चारवटा भोटे कुकुरमध्ये तीनवटा बाघले खाएको थियो। उनी घर पुगेको भोलिपल्ट मिरमिरेमा बाघ देखेर उनका भाइ आत्तिए। बाघले चौथो कुकुर पनि लग्यो। भोलिपल्ट शाहले सपनामा बाघ देखे। जो घरभित्र पस्ने कोसिसमा थियो।

शाह २०५२ सालमा पार्टी कामले प्रायः जिल्लातिरै हुन्थे। यस्तैमा जिल्लामा राप्रपाका नेता पशुपतिशमशेर राणालाई झिकाउने निर्णय भयो। राणालाई अछाममा लैजाने जिम्मा पाए शाहले। अनि उनी घोडा चढेर साँफेबगर झरे। राणाको उपस्थितिमा मंगलसैन र साँफेबगरमा कार्यक्रम भयो। राणालाई बिदा गरेपछि शाह बिम्कोट फर्किने तरखरमा लागे। अनि परिवारकै एक सदस्य भाइको घोडा लिएर आए। मेरो घोडा खै त? उनले जबाफ पाए– बाघले खायो। सुरुमा त पत्याएनन्। तर घर पुग्दा घोडा नदेखेपछि पत्याएको उनी बताउँछन्।

शाहका चारवटा भोटे कुकुरमध्ये तीनवटा बाघले खाएको थियो। उनी घर पुगेको भोलिपल्ट मिरमिरेमा बाघ देखेर उनका भाइ आत्तिए। बाघले चौथो कुकुर पनि लग्यो। भोलिपल्ट शाहले सपनामा बाघ देखे। जो घरभित्र पस्ने कोसिसमा थियो। उनले भने, ‘सपनामा समेत बाघ आएपछि हरेस खाएँ।’

त्यसपछि शाहले मन्दिरका सामानको पोको धुरीबाट निकालेर त्यहीं लगेर राखे। भोलिपल्टदेखि बाघ देखिन छोड्यो। देवी बाघका रूपमा मन्दिरमा चढाएको सामग्री लिन आएको विश्वास उनको छ। उनी भन्छन्, ‘देवीले त्यो ठाउँ छोडेकी छैनन्, अहिले पनि साक्षात् देवी छन् बिम्कोटमा।’

सुदूरपश्चिममा छाउपडी प्रथाले जरो गाडेको छ। समाजमा छोइछिटो पनि अत्यधिक गरिन्छ। छाउपडी प्रथा कडा रूपमा मानिनुमा शाह देवीकै कारण मान्छन्। उनले दरबारमा समेत छाउ बार्नुपर्ने किस्सा सुनाए। यस विषयमा आधारित अर्को प्रसंग पनि सुनाए शाहले।

जिजुमुवा नियमित देवीको पूजा गर्नुहुन्थ्यो। कुनै हिउँदमा जिजुमुवा लामो समय बिरामी भएपछि षोड्शा देवीको शरणमा पुग्नुभएछ। त्यहाँ पुगेर उहाँ ‘जसका कारण तिमी रिसाएका छौ उसैलाई सताऊ, मलाई किन सताउँछौ?’ भन्दै रुनुभयो रे। भोलिपल्ट बाघले उहाँको छोरी लग्यो। छोरीले महिनाबारी लुकाएर घरमा छोइछिटो गरेको दरबारभरि फैलियो। छोरी लैजाने बाघसँग रुष्ट भएर जिजुमुवाले फेरि षोड्शा देवीसामु पुगेर छोरी खाने बाघलाई मारिपाऊँ भनेर बिलौना गर्नुभएको थियो रे। 

भोलिपल्ट बाघ गाउँकै एउटा गोठमा पस्यो। स्थानीय आत्तिए। छोरी खाने बाघ त्यही भएको शंकामा मारियो। शक्तिशाली देवीको छत्रछायामा थियो बिम्कोट दरबार। जसको शक्ति अझै पनि छ। सोही विश्वासमा नेपाली सेनाले पनि पूजाअर्चना गर्दै आएको छ। दसैंको फूलपातीका दिन नेपाली सेनाले बिम्कोट दरबारमा चढाउँछन्। बाजुरामा पर्ने प्रसिद्ध तीर्थस्थल बडिमालिका पनि यही दरबार भएर जानुपर्छ। 

दरबारमाथि रहेको षोड्शा देवीको मन्दिरको प्रसंग भने बडिमालिका र काजी अमरसिंह थापासँग जोडिएको छ। नेपाल एकीकरणका क्रममा काजी अमरसिंह थापाले तत्कालीन डोटी राज्यबाट बिम्कोट र मंगलसैनका दुई राजालाई पत्र पठाएछन्। पत्रमा लेखिएको थियो– आत्मसमर्पण गर्ने कि लड्ने? शाह भन्छन्, ‘हाम्रो बाजेले लड्दिनँ भने तर मंगलसैनका बाजेले लडे।’

गोर्खाली सेना र मंगलसैनका राजाबीच लडाइँ भयो। मंगलसैनका राजाले हारे। बिम्कोटका राजाले आत्मसमर्पण गरे। काजी अमरसिंह थापाले बिम्कोटका राजालाई मंगलसैनसहितको राज्य हेर्न भने। शाहका पुर्खा बिम्कोटे राजाले मंगलसैनका राजा (भाइ) जिउँदै छ फर्किएर आएमा उसले मंगलसैन माग्न सक्ने बताए। यसपछि गोर्खाली सेनाले मंगलसैनका राजालाई खेदायो। बिम्कोटका राजाले मंगलसेनसहितको राज्य पाए। 

अहिले पनि डोटी जर्नेल अड्डामा रहेको गोरखनाथको पूजा सामग्रीसहितको सैनिक टोली बिम्कोट दरबार हुँदै बडिमालिका पुग्छ। बिम्कोटमा पूजा गरेर बडिमालिका जाने पनि धेरै छन्।

काजी अमरसिंह थापाको नेतृत्वमा तत्कालीन गोर्खा सैनिक मंगलसैनमा हमला गर्न जाँदा सिलगढीबाट सानागाउँ हुँदै चौखुट्टे पुगेको थियो। थापाको टोली मंगलसैन आक्रमण गर्नुअगाडि पहिलो रात अछामकै काँडामा बास बस्यो। भोलिपल्ट बिहान उठ्दा गोर्खा सैनिकका कमान्डर थापाले आँखा देखेनछन्। युद्ध गर्न हिँडेको गोर्खाली सैनिक आश्चर्य र भयभीत भयो। काजी अमरसिंहलाई सपनाका कसैले भनेछ, ‘तिमी बढीमालिकाको पूजा नगरीकन अगाडि बढ्यौ भने युद्ध जित्न सक्दैनौ।’ त्यसपछि अमरसिंहले बडिमालिका पूजा गरे, आँखा देखे र युद्ध जिते। सोही बेलादेखि सुरु भएको पूजा अहिलेसम्म निरन्तर छ। 

अहिले पनि डोटी जर्नेल अड्डामा रहेको गोरखनाथको पूजा सामग्रीसहितको सैनिक टोली बिम्कोट दरबार हुँदै बडिमालिका पुग्छ। बिम्कोटमा पूजा गरेर बडिमालिका जाने पनि धेरै छन्। सेनाको टुकडीलाई स्वागत गर्न बिम्कोट दरबार र आसपासका स्थानीय कुरौनी, दही, घ्यु लिएर पर्खिन्थे। ‘जे छ त्यही लिएर दरबार पुगिन्थ्यो, मैले पनि धेरैपटक स्वागत गर्न पाएको छु’, शाह स्मरण गर्छन्। 

सेनाले बडिमालिकाभन्दा बिम्कोट दरबारमा पहिला पूजा गर्नुको पनि किस्सा रोचक रहेछ। यो प्रसंग जनक शाहले हजुरबाबाट सुनेका रहेछन्। 

राजा ‘प्रताप बर्मा’ को पालामा दरबारमा हरेक दिनजसो एउटी सुन्दरी देखा पर्थिन्। पासा खेलिरहेका बेला अचानक झुल्किने युवती देखेर राजा लोभिन्थे। यस्तैमा राजा ती युवतीको यौवनप्रति आकर्षित भएछन्। त्यो थाहा पाएपछि युवती आउन छाडिन्। युवती एकाएक हराएपछि राजा हच्किए। राजालाई पश्चात्ताप भएछ। ध्यानमा बसेका बेला उत्पन्न भएकी देवीले राजालाई आधा श्राप र आधा वरदान दिएर गइन्।

वरदान थियो– तिमीले मेरो ध्यान र भक्ति गरेकाले म प्रसन्न भएँ। अब मलाई दर्शन गर्न आउनेले पहिला तिम्रो दर्शन गर्नुपर्नेछ। तिमीलाई खुसी बनाएर आउनेले मात्रै मलाई खुसी बनाउन सक्नेछन्। 

श्राप थियो– अबदेखि तिमी म भएको ठाउँ कहिल्यै नआउनू। अथवा तिम्रा सन्तानले मेरो दर्शन कहिल्यै नगर्नू।’

शाह भन्छन्, ‘बिम्कोटले देवीले दिएको वरदान आजसम्म पाएको छ। देवीकै श्रापका कारण हामीले आजसम्म बडिमालिका दर्शन गर्न पाएका छैंनौं।’

०००

बिम्कोट क्षेत्रमा तीनवटा दरबार रहेको सुनाउँछन् शाह। १९९८ अघिको दरबार। २०२२ सालअघिको दरबार र २०२२ पछिको दरबार। जो अहिले जीर्ण छ। जीर्ण दरबार मर्मतसम्भारमा शाह पनि सक्रिय थिए। उनी भन्छन्, ‘यो दरबार तिनै महिमा ओडको सन्तानले बनाएका हुन्।’ सम्मानस्वरुप महिमा ओडका सन्तानलाई घरमात्रै बनाउन काममा लगाइने गरेको शाह बताउँछन्। उनी भन्छन्, ‘महिमा ओडका सन्तान प्रसादे ओड, पर्या ओड, दाने ओड, पराने ओडको नेतृत्वमा मर्मत गरिएको थियो यो जीर्ण दरबार।’ दरबार मर्मत गर्न १३ वर्ष लागेको बताउँछन शाह। उनी भन्छन्, ‘यो घर हो तर स्थानीयका लागि बिम्कोट दरबार थियो। भाइ खान्दान फुटेपछि दरबार खिइँदै गयो।’

२०३८ सालतिर तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा, गृहमन्त्री नयनबहादुर स्वाँर, देवेन्द्रबहादुर शाह, जनकबहादुर शाहसहितको टोली अछाम जिल्ला अनुगमन गर्न गएको थियो। हेलिकप्टरबाट साँफेबगरको आकाशमा उड्दै बिम्कोट दरबारतिर लागे। त्यतिखेर स्वाँरले हेलिकप्टरबाटै थापालाई बिम्कोट दरबार देखाएका थिए। ‘सूर्यबहादुर थापाले हातको संकेत गर्दै सानो देखाउनुभयो बिम्कोट दरबारलाई’, शाह सम्झन्छन्। स्वाँरले आकाशबाट सानो देखिनु स्वाभाविक हो भनेर कुरा मिलाएको जोड्न भ्याए शाहले। 



२०३६ सालमा शाह परिवारले अंशबण्डा गरेपछि दरबार छोडियो। धेरै दाजुभाइ कैलालीतिर झरे। केही काठमाडौंतिर आए। दरबारको पहिलो तलाको उत्तरतिर उनी बस्थे। बुइँगल साझा थियो। पूर्वतिरको कोठामा कान्छाबा बसेको सम्झिन्छन् शाह। यही दरबारमा शाहले बाल्यकालमा देवीलालका छोरा शम्भु श्रेष्ठसँग खेल्ने गरेको बताउँछन्। शम्भु हाल नन्देगडामा छन्। 

दरबारको झ्यालबाट सलेनी खोला हेर्दै हुर्किएका शाहले नेपालको राजनीतिमा थोरबहुत योगदान दिएका छन्। पुर्खाको झल्को दिने दरबार संरक्षण गर्न नसकेकोमा उनलाई पछुतो छ। 

जंगलको बीचमा साढे ११ रोपनीमा फलिएको यो भव्य दरबार संरक्षणको पर्खाइमा छ। शाह जग्गाजमिनसहितको संरचना स्थानीय सरकारलाई सुम्पिन चाहन्छन्। उनी भन्छन्, ‘स्थानीय सरकारलाई दिन तयार छु तर मेरो नाममा लालपुर्जा छैन।’

प्रकाशित: Aug 21, 2021| 09:45 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्