शुक्रबार, वैशाख १४, २०८१

सिटिजन्स बैंक १३ औं वर्ष प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल १२ औं वर्ष पुरा गरी १३ औं वर्ष प्रवेश गरेको छ। १३ औं वर्ष प्रवेश गरेको अवसरमा बैंकले विभिन्न कार्यक्रमको आयोजना गरेको छ।  'योर पार्टनर फोर प्रोग्रेस' भन्ने नारालाई अघि सार्दै २०६४ बैशाख ७ गते देखि २० औं वाणिज्य बैंकको रुपमा सिटिजन्स बैंक स्थापना भएको थियो। 

यस बैंकले आर्थिक वर्ष २०७५ ७६ को तेस्रो त्रैयमाससम्ममा रु. ६८ अर्ब ६८ करोड निक्षेप संकलन गरी रु. ६३ अर्ब ५९ करोड कर्जा प्रवाह गरेको छ। सोहि अवधिभित्र रु. १ अर्ब ४९ करोड १४ लाख संचालन मुनाफा  र रु. १ अर्ब ६ करोड खुद नाफा आर्जन गरेकोे बैंकले जानकारी दिएको छ।  जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश ४ दशमलव ०२  प्रतिशत र ५ं दशमलव ९१ प्रतिशतले वृद्धि भएको छ। 

१२ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विगतका कार्यक्रमहरूलाई निरन्तरता दिदैँ बैंकले गरिब बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कार्यरत्त स्नो याक फाउन्डेसनलाई आर्थिक सहयोग स्वरुप एक लाख, एड्स संक्रमित भएका बालबालिकाहरुलाई सेवा गरिरहेको संस्था बेबी लाइफ होम किर्तिपुरलाई दुई लाख र विभिन्न उमेर समुहका असमर्थ, असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका असक्तहरुको उद्धार गरी आश्रममा ल्याई औषधोपचार सहितको गास, बासको व्यवस्था गर्दै आएको चितवन मानव सेवा आश्रमलाई तीन लाख आर्थिक सहयोग प्रदान गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्