शुक्रबार, वैशाख १४, २०८१

कोहलीको शतकमा बेंगलोर विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी-कप्तान विराट कोहलीले सतक प्रहार गरेपछि रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा दोस्रो जित निकालेको छ । शुक्रबार राती भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै बेंगलोरले प्रतियोगितामा दोस्रो जित निकालेको हो । 

बेंगलोरले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कोलकातो निर्भारित २० ओरभमा ५ विकेट गुमाएर मात्र २ सय ३ रन बनाउन सक्यो । खराव सरुवात गरेको कोलकत्ताका लागि नितिस रानाले अविजित रहदै ८५ रन जोडेपनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन् । 

उनले ४६ बल खेल्दै ९ चौका र ५ छक्का प्रहरा गरे । त्यस्तै आन्द्रे रसेलले ६५ रनको अर्धशतकीय पारी खेले । उनले २५ बलको सामना गर्दै २ चौका र ९ छक्काको मद्दतमा ६५ रन जोडेका हुन् । सुनिल नारिने १८ रनमा आउट भए । बेंगलोरका डेल स्टेनले २ विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय १३ रन बनाएको थियो । बेंगलोरका लागि कप्तान विराट कोहलीले १०० रनको शतकीय पारी खेले । 

कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पुरा गरेका हुन् । यस्तै मोइन अलिले २८ बलमा ५ चौका र ६ छक्का प्रहार गर्दै ६६ रनको अर्धशतकीय पारी खेले । कोलकाताका कुलदिप यादव, आन्द्रे रसेल, ह्यारी गुर्नी र सुनिल नारिनले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।