बुधबार, वैशाख २६, २०८१

हावाहुरी प्रभावितलाई कांग्रेसको ४१ लाख सहयोग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – नेपाली कांग्रेसले बारा र पर्साका हावाहुरी प्रभावितलाई ४१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले यसअघि घोषणा गरेको सहयोग रकमसहित कांग्रेसले प्रभावित क्षेत्रका लागि ४१ लाख रुपैयाँ सहयोग गर्न लागेको हो।

बारा र पर्साको हावाहुरी प्रभावित क्षेत्र पुगेका कांग्रेस सभापति देउवाले २५ लाख र उपसभापति निधिले १० लाख सहयोग गर्ने घोषणा गरेका थिए। कांग्रेस उपसभापति निधिको अग्रसरतामा बाराको सिमरामा बुधबार बसेको प्रदेश २ को विशेष बैठकले पार्टीको बारा सभापति जयन्द्र चौरसीयालाई चेक र नगदसहित ४१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

सभापति देउवाले घोषणा गरेको २५ लाख रुपैयाँको चेक, पार्टीको प्रदेश २ कमिटीमार्फत ८ लाख, महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानको तर्फबाट २ लाख, कांग्रेसको डेनमार्क जनसम्पर्क समितिबाट प्राप्त २ लाख १० हजार ३ सय ३ र मकाउ जनसम्पर्क समितिबाट प्राप्त ६० हजार रुपैयाँ  सभापति चौरसीयालाई हस्तान्तरण गरिएको छ। 

यसैगरी नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद दिव्यमणी राजभण्डारीले सहयोग गरेको २ लाख र सिमराका पार्टी सभापति श्यामबाबु गुप्ताको तर्फबाट प्राप्त १ लाख ३० हजार रुपैयाँसमेत बाराका सभापति चौरसीयालाई हस्तान्तरण गरिएको छ। सिमरा बैठकले हावाहुरी प्रभावित क्षेत्रका प्रभावितहरुका लागि सहयोग रकम मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री राउतसँग समन्वय गर्ने जिम्मेवारी बैठकले कांग्रेसका प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव र बाराका पार्टी सभापति चौरसियालाई दिएको छ।

बैठकमा बोल्दै कांग्रेस उपसभापति निधिले आर्थिक समस्या नरहेपनि हावाहुरी प्रभावितहरुको पूनस्र्थापनातर्फ केन्द्र र प्रदेश सरकारले तदारुकता देखाउन नसक्दा पीडितहरु थप समस्यामा परेको बताए। हावाहुरी प्रभावितहरुका लागि चौतर्फी सहयोग भइरहँदासमेत स्थायी बसोबासतर्फ सरकारले गम्भीरता देखाउन नसक्नु दुःखद रहेको निधिको भनाइ थियो।

विपद् पीडितहरुको पूनस्र्थापनादेखि अन्य व्यवस्थापनसम्बन्धी कार्यका लागि केन्द्र र प्रदेश सरकारले सर्वदलीय समिति नबनाइ आफ्नै ढंगले हिड्न खोज्नु आपत्तिजनक रहेको निधिको जिकिर थियो। पछिल्लो भूकम्प जाँदा तत्कालीन सरकारले विपक्षीलाईसमेत सहभागी गराएर सर्वदलीय समिति गठन गरेको स्मरण गराउँदै उपसभापति निधिले भने,‘विपद् सत्ता पक्षका लागि मात्र नभएर सबैको लागि हुन्छ। यस्तो बेला विपक्षलाई समेत सहभागी गराएर सरकारले सहयोग लिन सक्नुपर्दछ।’

हरेक परिस्थितिमा नेपाली कांग्रेस प्रदेश २ को जनताको साथमा रहेको बताउँदै निधिले विभित्रखाले प्राकृतिक विपद्को समस्या झेल्नु परेको प्रदेश २ मा राहत र उद्धारका लागि छुट्टै ‘सेल’ निर्माण गर्न आठै जिल्लाका सभापतिहरुलाई निर्देशन दिएका छन्। 

बैठकमा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधि तथा राष्ट्रसभा सदस्य, प्रदेशसभा सदस्य, मेयर/उपमेयर, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, आठै जिल्लाका पार्टी सभापतिलगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।