शनिबार, वैशाख १५, २०८१

केपीएलको पुरस्कार राशी घोषणा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत - कर्णाली प्रिमियर लिग (केपीएल) को विजेताले ५ लाख पाउने भएको छ। बैशाख १२ गतेदेखि २१ गतेसम्म सुर्खेतमा हुने सञ्चालन हुने दोस्रो संस्करणको केपीएलमा दोस्रो हुनेले भने २ लाख पाउनेछ। प्रतियोगिताको म्यान अफ द सिरिजलाई पचास हजार, वेष्ट वलरलाई २० हजार, व्याट्सम्यानलाई २० हजार र प्रत्येक खेलका म्यान अफ द म्याचलाई ३५ सय पुरस्कार दिइनेछ।

प्रतियोगितामा विभागीय टोलीसहित ८ टिमको सहभागिता रहने लिगका संयोजक रेशम शाहीले जानकारी दिए। जसमा एपीएफबाट बसन्त रेग्मी, त्रिभुवन आर्मी क्लबबाट विनोद भण्डारी, पुलिस क्लबबाट मन्जित श्रेष्ठ, लालीगुराँस क्रिकेट क्लब झापाबाट मेहवुव आलम, महेन्द्रनगर क्रिकेट क्लबबाट सुशिल खड्का, मध्यपश्चिम क्रिकेट क्लब बाँकेबाट अजय शाहनी, हिमालयन क्रिकेट एकेडेमी काठमाडौंबाट सुरेन्द्र चन्द, कर्णाली ११ बाट रविन्द्रजंग शाहीको कप्तानीमा ८ टोली रहेका छन्।

सहभागी क्लबले प्रत्येक टिममा २ जना विदेशी खेलाडी सहभागी गराउन सक्ने छन्। १० दिनसम्म सञ्चालन हुने प्रतियोगिता सञ्चालनमा कुल ६० लाख खर्च हुने अनुमान आयोजकको छ। लिग–कम नक–आउट फर्म्याटमा खेल सञ्चालन हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।