शुक्रबार, वैशाख १४, २०८१

रहेनन् बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ। ६० वर्षीय श्रेष्ठको उपचारको क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आज (बुधबार) बिहान ११ बजेर ४९ मिनेटमा निधन भएको हो। 

श्रेष्ठको पार्थिव शरीर आज १ बजेदेखि भूगोलपार्कमा राखिने छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।
 
झण्डै पाँच महिना अघि नाकमा समस्या आएपछि श्रेष्ठको बल्खुस्थित बयोधा अस्पतालमा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । त्यसपछि पनि स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो। चिकित्सकहरुले उनलाई Guillain-Barré syndrome (GBS) virus को सङ्क्रमण भएको आशङ्का गरेपछि नर्भिक अघि भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो। 

कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ सो पब्लिकेसन्स र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष रहेका थिए। उनले न्यूनतम पारिश्रमिक निर्धारण समिति, राष्ट्रिय समाचार समिति (रासस), नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा समेत योगदान दिएका थिए। श्रेष्ठले नेपालको प्रथम चलचित्र प्रतियोगिताको सल्लाहकार भई सेवा दिएका थिए। उनी राष्ट्रिय फुटबलका खेलाडीसमेत हुन्। प्रबल गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्ट, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रेस काउन्सिल अवार्डलगायतबाट सम्मानित उनी पत्रकारिताका प्रशिक्षकसमेत हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।