शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जुर्मुराउँदै हिन्दु राष्ट्रका पक्षधर :  जेठ ४ मा महाभेला

जुर्मुराउँदै हिन्दु राष्ट्रका पक्षधर :  जेठ ४ मा महाभेला

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- धर्म, संस्कृति र परम्परा संरक्षित रहने सनातन हिन्दु राष्ट्र नेपालका पक्षमा आगामी जेठ ४ गते भहाभेला आयोजना गरिने भएको छ ।

आम नेपालीको भूमि, भावना र भविष्य सुरक्षित गर्न नसक्ने संघीयता खारेज गर्नुपर्ने, आरक्षणको सट्टा सबलीकरण गरेर पछाडि पारिएका व्यक्तिलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने मुद्दा महाभेलामा उठाइने अभियन्ता नारायणप्रसाद कोइरालाले जानकारी दिए ।

सुशासन र पारदर्शितासहितको भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्नुपर्ने, सार्वजनिक भूमिकामा रहेका व्यक्तिको छानबिन गरी भ्रष्टाचारीलाई सजाय दिनुपर्ने तथा नेपाल र नेपालीको हितविपरीतका एजेन्डाविरुद्ध दृढतापूर्वक उभिन भेला आयोजना गर्न लागिएको हो । अभियन्ता कोइरालाले भने, ‘देशका हरेक क्षेत्रमा विकृति आएका छन् ।

यत्तिकै बसेर टुलुटुलु हेर्नुभन्दा केही गरौं भन्ने भावनाले महाभियान गर्न लागेका हौं ।’ कुनै राजनीतिक मुद्दामा मात्र सीमित नभएकाले यसमा जोसुकै पनि सहभागी हुन सक्ने कोइरालाले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।