शुक्रबार, वैशाख १४, २०८१

राजस्थानलाई पन्जावले १२ रनले हरायाे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी-इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किङ्स इलाभेन पन्जावले राजस्थान रोयल्सलाई पराजित गरेको छ । मंगलबार राती भएको खेलमा पन्जावले राजस्थानलाई १२ रनले हराएको हो ।

पन्जाबले दिएको १ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १ सय ६८ रन बनाउन सक्यो । राजस्थानका लागि राहुल त्रिपाठीले ५० रनको अर्धशतकीय पारी खेले पनि टोलीको जितका लागी प्रयाप्त भएन् । 

उनले ४५ बलको सामना गर्दै ४ चौको मद्दतमा ५० रन जागेका थिए । स्टुवार्ड बिनीले अविजित ३३ रन जोडे । उनले आक्रमक ब्याटिङ गर्दै मात्र ११ बलमा २ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै संजु सामसनले २७, अन्जिंका रहानेले २६ र जोश बट्लरले २३ रन जोड्न बाहेका अन्य ब्याट्सम्यानले रन बटुल्न सकेनन् । पन्जाबका अर्शदिप सिंह, रविचन्द्र आश्विन र मोहमद शामीले समान २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जावले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन जोडेको थियो । पन्जावका लागि लोकेश राहुलले ५२ रनको अर्धशतकीय पारी खेलेका थिए । 

उनले ४७ बलमा तीन चौका र २ छक्का प्रहर गर्दै ५२ रन जोडेका थिए । डेभिड मिल्लरले २७ बलमा समान दुई चौका र दुई छक्का प्रहार गर्दै ४० रन जोडे । त्यस्तै क्रिस गेलले ३०, मायांक अग्रवालले २६र रविचन्द्र आश्विनले १७ रन जोडेका थिए । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए ।

यसजितसँगै पन्जावले ९ खेलबाट १० अंक जोड्दै चौथो स्थानमा रहेको छ । पराजित राजस्थान ८ खेलबाट ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।