बुधबार, वैशाख २६, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज बैशाख ०३ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरीमा।

यसरी सुरु भयो भेरी–बबई सुरुङ्गको ब्रेक थ्रु

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ ब्रेक थ्रु गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको प्रस्तान विन्दु सुर्खेत चिप्लेमा पुगेर सुरुङ निर्माण सकिएको घोषणा गरेका हुन्। आयोजनाको प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–११ को चिप्लेमा प्रधानमन्त्रीले बिटिएम मेसिनको बटन थिचेपछि ‘टनेल एक्जिट प्लेटफर्म’ सुरुङबाट बाहिर आएसँगै सुरुङ्ग निर्माण सकिएको हो।

टोखामा ऐतिहासिक जात्रा (फोटो फिचर)

 प्राचीन तथा ऐतिहासिक नगर टोखामा यतिखेर सपनतीर्थ र बिस्केटजात्राको रौनकमा छ। हरेक बर्ष बिक्रमसम्बतको नयाँवर्षमा मनाइँदै आएको विस्केट जात्रालाई यसपटक थप व्यवस्थित बनाएको छ। 
‘प्रदेश २ मा कर्मचारी भर्ना नखोल’
लोकसेवा आयोगले प्रदेश र स्थानीय तहमा कर्मचारी भर्नाको तयारी गरिरहेको बेला प्रदेश २ सरकारले आफ्नो प्रदेशमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्न आग्रह गरेको छ।

बिहीबार साढे दुई बजे नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुने

नेपालको पहिलो पटक अप्रिल १७ अर्थात्  यही वैशाख ५ (बिहीबार) गते बिहान दुई बजेर ३१ मिनेटमा आफ्नै भूउपग्रह प्रक्षेपण हुने भएको छ।  जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत संयुक्त राज्य अमेरिकाबाट अघि बढ्न लागेको हो। 

हावाहुरीले प्रधानमन्‍त्रीको जहाज रोकियो

हेलिकोप्टरबाट नेपालगञ्ज पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको हावाहुरीका कारण काठमाडौं आउने कार्यक्रम स्थगित गरिएको छ। हावाहुरीका कारण कुनै पनि उडान हुन नसक्ने भएपछि प्रधानमन्त्री नेपालगञ्जमै रोकिएका हुन्।

विदेशी सैनिक अधिकृतको आकर्षक केन्द्र बन्दै सैनिक कलेज शिवपुरी

नेपाली सेनाको शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेज उच्च शिक्षा हासिल गर्न चाहने विदेशी सैनिकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।

प्रदेश २ : विषादी प्रयोग गरे कडा कारबाही

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खाद्यात्रमा विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने ऐन ल्याउनुपर्ने बताएका छन्। मानिसको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई नरहेको बताउँदै राउतले विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने खालको ऐन ल्याउनुपर्नेमा जोड दिएका छन्।

गुराँसै फुल्यो वनभरि...

यतिबेला हिमाली तथा उच्च पहाडी क्षेत्रमा ढकमक्क गुराँस फुलेको छ। विभिन्न प्रजातिको रङ्गीविरङ्गी गुराँसले वन सुन्दर बनाएको छ भने आगन्तुकलाई लालायित पार्ने गरेको छ। गुराँस फुल्ने मौसम भएकाले फूलसँग रमाउन नेपालका विभिन्न जिल्लामा आन्तरिक पर्यटक पुग्ने गरेका छन्। 

स्वयम्भू–हनुमानढोका जोडिँदै

विश्व सम्पदा दिवस– २०१९ का अवसरमा काठमाडौँ महानगरपालिकाले  स्वयम्भूको भुइखेलदेखि हनुमानढोकासम्म पदयात्राको गुरुयोजना तयार पारेको छ।

मुलुक जगाउने कांग्रेस अभियान ११ गतेदेखि

नेपाली कांग्रेसले सिंगो मुलुकलाई जगाउन र हिमाल, पहाड र तराईलाई जोड्न विभिन्न १४ वटा उद्देश्य राखेर राष्ट्रिय जागरण अभियान थाल्ने भएको छ। दुई तिहाइको दम्भमा वर्तमान सरकारको गलत क्रियाकलापबारे जनतालाई जागरुक बनाउन र पार्टी संगठनलाई गतिशील बनाउन कांग्रेसले लोकतन्त्र दिवसका अवसरमा वैशाख ११ गतेदेखि जागरण अभियान सुरु गर्न लागेको हो।

मुहार फेर्दै बाज पाटी

ललितपुर महानगरपालिको खोकनास्थित ऐतिहासिक ‘बाज पाटी’ पुनर्निर्माण हुने भएको छ। महानगरको वडा नं २१ मा रहेको उक्त पाटी सनराइज बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण हुन लागेको हो।

पर्यटकीय गन्तव्य बन्दै ठोरी

चितवनसँग सीमाना जोडिएको पर्साको ठोरी गाउँपालिकालाई प्रदेश २ को  पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न दर्जन बढी पूर्वाधार निर्माण कार्य जारी रहेको छ।

वर्ष २०७५ : सफल क्रिकेट, असफल फुटबल

 २०७५ नेपाली खेलकुद क्षेत्रका लागि मिश्रित रह्यो। अन्तर्राष्ट्रिय स्तरमा भएका खेलकुद गतिविधिमा नेपाली खेलकुद क्षेत्रले हासिल गरेका केही ऐतिहासिक सफलताले २०७५ लाई अविस्मरणीय बनाइदिएको छ। नेपाली क्रिकेटले एक दिवसीय क्रिकेटमा पाएको ऐतिहासिक सफलता, प्याराग्लाइडिङले १८औँ एसियाली खेलकुदमा दिलाएको रजत, शारीरिक सुगठनमा महेश्वर महर्जनले हासिल गरेको विश्वस्तरको स्पर्ण पदक तथा सन्दीप लामिछानेको एकपछि अर्को सफलता तथा नेपाली फुटबलर रोहित चन्द र किरण चेम्जोङ विदेशी लिगमा उत्कृष्ट खेलाडी घोषित हुनुले नेपाली खेलकुद क्षेत्रमा यस वर्ष नयाँ तरंग सिर्जना गर्‍यो।

पूर्वराजा ज्ञानेन्द्रको गाडीको ठक्करबाट घाइते प्रकाशको ज्यान गयो

पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको मंगलबार मृत्यु भएको छ। 

पार्टीमा अनुशासन कायम गराएरै छोड्छु : देउवा

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातिलाई कार्वाही गरेर पार्टीमा अनुशासन कायम गराएरै छोड्ने बताएका छन्। नेपाल प्रेस युनियन कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले अन्तरघातीलाई कारवाहि गरेर अनुशासन कायम गराएरै छाड्ने दाबी गरेका हुन्।

नेपालकाे पहिलाे भूउपग्रह ‘लन्च’ हुँदै

नेपाललले आफ्नो पहिलो भूउपग्रह बिहीबार ‘लन्च’ गर्ने भएको छ । अमेरिकाको भर्जिनीयास्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट ‘नेपाली स्याट–१’ को प्रक्षेपण गरिने भएको हो।

राजतन्त्र फाल्यौं, समस्या फालिएन

पुरानो कुराबाट विषय प्रवेश गरौं। डेनमार्कको राजधानी कोपनहेगनमा २४ सेप्टेम्बर २००७ मा ‘कल्याणकारी लोकतन्त्र’ विषयमा एउटा प्रवचन सुन्ने मौका मिल्यो। कार्यक्रमका मुख्य स्रोतव्यक्ति थिए युरोपियन युनियनका लागि पूर्व डेनिस अधिकारी। उनी ऊर्जाशील थिए। युवा थिए। कुरा गर्न निकै उत्साही थिए। सबैभन्दा मुख्य कुरा उनी ज्यादै सरल थिए। उनले युरोपियन युनियनमा आफ्नो जिम्मेवारी सकिएपछि कुनै स्कुलमा पढाउँदै गरेको बताए। सहरभन्दा अलि टाढा गाउँमा। त्यति ठूलो जिम्मेवारीबाट अवकाश लिएका यी डेनिस आफू साधारण स्कुलमा पढाउँदै गरेको खबर सुनाउँदा गर्वले प्रफुल्ल थिए।

क्रिस्चियन धर्म लाद्‍ने आइएनजिओ छानबिनको घेरामा

न्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) का नाममा दर्ता भएका केही संस्थाले संगठित रुपमा क्रिस्चियन धर्म प्रचार गरिरहेका विषयमा संसद्को लेखा समितिले छानबिन थालेको छ।

मुग्लिनको आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने 

चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ। अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ। 

हलेसीमा बस दुर्घटना, एकको मृत्यु

काठमाडौंबाट खोटाङको दिक्तेल जाँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना गम्भीर घाइते भएका छन्।

सेनामा जागिरको ठूलो अवसर, यस्ताे छ विज्ञापन

नेपाली सेनाले विभिन्न पदका लागि भर्ना आह्वान गरेको छ। मंगलबार एक सूचना जारी गर्दै आर्मीले विभिन्न रिक्त रहेका पदका लागि नयाँ भर्ना आह्वान गरेको हो।

ललितानिवनास प्रकरणपछि भूमाफिया र मालपोत कर्मचारी फरार

बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको अभियोगमा छानबिन सुरु भएपछि एकदर्जनभन्दा बढी आरोपित फरार भएका छन्। 

बर्ष २०७५ : सर्वाधिक गोल गर्ने नेपालका पुरुष र महिला खेलाडी

नेपाली महिला फुटबल टोलीले बर्ष २०७५ मा अन्य बर्षको भन्दा उत्कृष्ट फुटबल खेलेका छन् । २०७५ मा नेपाली महिला टोलीले दुई इतिहास समेत रचे । पहिलो इतिहास पहिलो पटिक ओलम्पिक छनोटमा सहभागिता जनाएको नेपालले छनोटको दोस्रो चरणमा प्रवेश गर्नै इतिहास रच्यो । त्यस्तै दोस्रो इतिहास भने कहिलै पराजित गर्न नसकेको भारतलाई पराजित गर्यो । 

भेरी–बबई सुरुङको 'ब्रेक थ्रु' आज

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ आज ब्रेक थ्रु हुने भएको छ। सुरुङ्गको ब्रेक थ्रु गर्न प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेत आउने भएका छन्।

पेरिसको क्याथेड्रलमा भीषण आगलागी

पेरिसस्थित मध्ययुगीन नोट्रि डेम क्याथेड्रलमा भीषण आगलागी हुँदा भवनमा आंशिक क्षति भएको छ।

चट्याङ्सहित असिनापानी पर्ने सम्भावना

देशका विभिन्न भागमा चट्याङ्सहित असिनापानी पर्ने सम्भावना रहेकोले सचेत रहन मौसम पूर्वानुमान महाशाखाले बताएको छ। 

विदेशबाट फर्किएकाको सीप परीक्षण आज

सरकारले आज (मङ्गलबार) बाट विदेशबाट फर्किएका युवाको सीप परीक्षण गर्दै छ। 

जुम्ला विमानस्थल बन्द हुने

जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ। बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो।

यस्तो छ अञ्जु पन्तको ‘बाल विवाह’

गायिका अञ्जु पन्तको स्वरमा रहेको बाल विवाहविरुद्धको गीत सार्वजनिक भएको छ। अञ्जु भट्टराईको रचना तथा मनोज सुनुवारले संगीत भरेको गीतलाई मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।

रामजी, शिला र छुल्टिमले ल्याए ‘बन फूल’

पछिल्लो समयमा नेपाली लोकदोहोरी क्षेत्रको राज गर्दै आएका गायक तथा संगीतकार रामजी खाँणको नयाँ गीत ‘बन फुल’ सार्वजनिक भएको छ। खाँणले उक्त गीतको म्युजिक भिडियो रामजी खाँण नामक आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।