शनिबार, वैशाख १५, २०८१

पार्टीमा अनुशासन कायम गराएरै छोड्छु : देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तरघातिलाई कार्वाही गरेर पार्टीमा अनुशासन कायम गराएरै छोड्ने बताएका छन्। नेपाल प्रेस युनियन कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले अन्तरघातीलाई कारवाहि गरेर अनुशासन कायम गराएरै छाड्ने दाबी गरेका हुन्।

‘‘पार्टीभित्रका अन्तरघातीलाई कारबाही गर्छौं देउवाले भने, ‘अनुशासन समितिले कारबाहीको  प्रकृया सुरु गरिसकेको छ।’ कम्युनिष्ट पार्टीमा गुट–उपगुट रहे पनि उनीहरु कांग्रेसले जस्तो चुनावमा आफ्नै उमेदवारलाई हराउन तर्फ नलाग्ने उनले सुनाए। 

वर्तमान  केपी ओली नेतृत्वको सरकारले एक वर्षको अवधिमा एउटा पनि राम्रो काम गर्न नसकेको देउवाको टिप्पणी थियो। ‘हत्या, हिंसा, बलात्कारका घटना न्यूनीकरण गर्न नसकेर पनि सरकार असफल सावित भइसक्यो’, देउवाले भने, ‘निर्मलाका हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन सरकारबाट नै बलात्कारी र हत्यारा जोगाउने काम भएको छ।’
 
सरकारले सुदूरपश्चिम विश्वविद्यालय लगायतका प्राज्ञिक क्षेत्रमा हस्तक्षेप बढाउँदै गएको भन्दै उनले आक्रोश व्यक्त गरे। सरकार शिक्षा क्षेत्रलाई धरासायी बनाउन लागिपरेको उनको आरोप थियो। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले स्थानीय सरकारले जनतालाई अत्यधिक करको भार थुपारेर अनावश्यक दुःख दिएको टिप्पणी गरे। उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई वार्ताका माध्ययमबाट सहमतिमा ल्याउन सरकारको ध्यानाकर्षण गराए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।