शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • माधव नेपालको नयाँ दलको आधिकारिकता भदौ ९ मा, पौने ७ खर्ब पुग्यो बेरुजु [२०७८-५-४]

माधव नेपालको नयाँ दलको आधिकारिकता भदौ ९ मा, पौने ७ खर्ब पुग्यो बेरुजु [२०७८-५-४]

निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरपक्षको नयाँ दल सनाखत गर्ने भएको छ। नेपाल पक्ष र ठाकुरपक्षले शुक्रबार पार्टीको नयाँ सिफारिस गरेसँगै आयोगले भदौ ९ गते सनाखतको समय छुट्याएको हो।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- शुक्रबारका प्रमुख प्रसंगसहितको नेपाल समय समाचारमा पहिलो प्रसंग छ दल विभाजनको। निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरपक्षको नयाँ दल सनाखत गर्ने भएको छ। नेपाल पक्ष र ठाकुरपक्षले शुक्रबार पार्टीको नयाँ सिफारिस गरेसँगै आयोगले भदौ ९ गते सनाखतको समय छुट्याएको हो। 

triton college

एमालेबाट विभाजित भएको नेपाल समुहले पार्टीको नयाँ नाम नेकपा एकीकृत समाजवादी प्रस्ताव गरेको छ भने जसपाबाट विभाजित भएको ठाकुर समुहले लोकतान्त्रिक समाजवादी नेपाल नाम राखेको छ। दुवै पार्टीबाट दर्ताका लागि निवेदन परेसँगै शुक्रबार बसेको आयोगको बैठकले दर्ताका लागि दुबै पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्ने निर्णय गरेको हो। त्यसका लागि भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाकारी दिए। सनाखत सकिएसँगै सोही दिन नयाँ दल दर्ता हुने छ। दुवै दलका नेतालाई नागरिकतासहित उपस्थित हुन भनिएको छ। 

राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै नेता नेपाल र ठाकुर नयाँ दल दर्ताका लागि आयोग पुगेका थिए। बुधबार दर्ता गरिएको दललाई आयोगले मान्यता नदिएपछि शुक्रबार नेपाल पक्षले नेकपा एकीकृत समाजवादी र ठाकुरपक्षले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि आयोगमा निवदेन दिएका थिए।

यस्तै एमालेले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्न सभामुख अग्निप्रसाद सापकोटामाथि चर्को दबाब परेको छ। एमालेका सांसद्हरुले माधव कुमार नेपाल नेतृत्वको नयाँ पार्टी दर्ता हुनुअघि नै १४ सांसद्लाई कारबाही गर्न सभामुखलाई दबाब दिएका हुन्। उनीहरुले पार्टीले कारबाही गरेका १४ सांसदलाई बेलैमा पदमुक्त नगरे सभामुखका लागि महँगो पर्ने समेत चेतावनी दिएका छन्। एमाले नेता खगराज अधिकारीले ती १४ जना सांसद् पदमा रहेको अवस्थामा संसद् नै चल्न नदिने चेतावनी दिए। 

एमाले सांसद्हरुले चर्को दबाब दिएपनि शुक्रबार सभामुख सापकोटाले उनीहरुलाई भेट नै दिएनन्। धर्नामा बस्ने योजनासहित सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेका उनीहरु सभामुखले भेट नदिएपछि फर्किएका थिए। २ घण्टा कुरेर बसेका उनीहरु सभामुख सापकोटा कार्यालय नै नआएपछि फर्किएका हसन्। कार्यव्यस्तताको बहाना देखाएर सभामुख सापकोटाले आफूहरुलाई भेट नै नदिएको पूर्व गृहमन्त्री समेत रहेका एमाले सांसद खगराज अधिकारीले बताए। 

corrent noodles
Metro Mart

संसद सचिवालयले नेकपा (एमाले)का १४ जना सांसदलाई कारबाही नगर्न आग्रह गरिएको पत्र दर्ता गर्न अस्वीकार गरेको छ। आफूहरुलाई गरेको कारबाही कार्यान्वयन नगर्न भनी संसद सचिवालयमा पठाएको पत्र दर्ता गर्न अस्वीकार गरेको रामकुमारी झाँक्रीले बताइन्। 

सचिवालयले पत्र दर्ता नगरेपछि हुलाकमार्फत् पठाइको उनले बताइन्। कारबाहीमा परेका नेताहरुमा वरिष्ठ नेता माधवकुमार नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहेका छन्।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना वितिसक्दा समेत मन्त्रीपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार चलाउन नसक्ने बताएका हुन्। 

ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी फुटाउन पाउनेगरी अध्यादेश ल्याएको उल्लेख गर्दै अध्यक्ष जबराले नेपाली कांग्रेसले तिन, चार महिनाको अन्तरालमा शासन चलाउन नसक्ने जिकीर गरे। 

राप्रपा अध्यक्ष राणाले आफ्नो पार्टीले हिन्दु राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अगाडी बढ्ने दोहोर्‍याए।

000 

नेपालको बेरुजु रकम पौने ७ खर्ब रूपैयाँ नाघेको छ। शुक्रबार महालेखा परीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको महालेखापरीक्षकको कार्यालयको ५८औं वार्षिक प्रतिवेदनमा मुलुकको बेरुजु रकम पौने ७ खर्बभन्दा बढी पुगेको उल्लेख गरिएको हो। सरकारी निकायको अन्तिम लेखापरीक्षण गरी तयार पारिएको प्रतिवेदनमा आर्थिक वर्ष २०७६÷०७७ मा बेरुजु रकम १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको उल्लेख छ। 

अघिल्लो वर्षसम्म कुल बेरुजु रकम ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेकामा यस वर्ष ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ पुगेको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएको छ। ‘यो वर्ष संघीय र प्रदेश, सरकारी कार्यालय, स्थानीय तह संगठित संस्था, समिति र अन्य संस्थतर्फ लेखापरीक्षणबाट १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ बेरुजु औंल्याइएको छ,’ प्रतिवेदनमा उल्लेख छ।

यस्तै संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरुतत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। 

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको शुक्रबार सिंहदरवारमा बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरित काम गरेको निष्कर्ष निकाल्दै कारबाही गर्न निर्देशन दिएको हो। सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउँदले परिवारका सदस्यहरुको नाममा खरिद गरेर पदीय आचारण विपरित काम गरेको भन्दै चर्को आलोचना भईरहेका बेला समितिले तत्काल छानवीन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सचेत गराएको हो। 

बैठकमा समितिका सदस्यहरुले पूँजी बजारको नियमक निकायलाई स्वच्छ, जवाफदेही, पारदर्शी र विश्वासयोग्य बनाउने गरी कानुनी प्रबन्ध गर्न सरकारसँग माग गरेका थिए। बैठकमा समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले नियमक निकाय धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीहरुले पदीय मर्यादाविपरित काम गरेकोमा सरकारको ध्यान गएको स्पष्ट पार्दै उनीहरुमाथि आवश्यक कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे। सर्वसाधारणको विश्वास जित्ने गरी सेयर बजारलाई अघि बढाउन आफू प्रतिवद्ध रहेको उनको भनाइ थियो

अर्थमन्त्री शर्माले नियमक निकायबाटै सेयर बजारमा विकृति भित्र्याउने काम गरेको सुनिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले मन्त्रीस्तरीय निर्णय गरेर छानवीनका लागि ५ सदस्यीय समिति समेत बनाएको समितिलाई जाकारी दिए। 

संसदीय समितिकै अर्को प्रसंगमा जलवायुजन्य विपत न्यूनीकरणका लागि आवश्यक नीति तर्जुमा गर्न सरकारलाई निर्देशन दिइएको छ। 

संघीय संसद राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिले सिंहदरबारमा शुक्रबार विज्ञहरुसंगको परामर्शपछि यस्तो निर्देशन दिएको हो। नेपालमा जलवायु परिवर्तनले निम्त्याउने विपद बहुआयामिक भएकाले स्थानीय स्तरमा परेको क्षति र नोक्सानीको परिपुरणका लागि हाल सम्म कुनै नीति नभएको भन्दै असन्तुष्टि जनाएका थिए। छलफलपछि समिति सभापति तारादेवी भट्ले जलवायु परिवर्तनका असर कम गर्न बढाउनुपर्ने लगानीको सुनिश्चितता गर्न र  बिश्व जलवायु कोषबाट प्राप्त हुने आर्थिक सहयोगलाई सजिलो र झन्झटमुक्त तरिकाले नेपालले प्राप्त गर्ने गरी काम अघि बढाउन मन्त्रालयलाई निर्देशन दिइन्।

जल तथा मौसमजन्य प्रकोपको क्षती न्यूनीकरणका लागि बहु–प्रकोप पुर्व सूचना प्रणाली लागु गर्न र प्रभावमा आधारित पुर्व–सूचना प्रणाली लाई देशब्यापीरुपमा लैजान समेत समितिले निर्देशन दिएको छ। समितिमा विज्ञको रुपमा उपस्थित जलवायु परिर्वतन सम्बन्धी विज्ञ धर्मराज उप्रेतिले मौसम पुर्वानुमान सम्बन्धी राष्ट्रिय नीति नभएकाले समस्या भएको बताउका थिए। 

अब लागौँ कोरोनातर्फ। नेपाल पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

१० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ८९८ जना काठमाडौं उपत्यकाका हुन्। यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ भने २ हजार २४४ जना निको भएका छन्। 

टेलिभिजन रियालिटी शो नेपाल आइडल’का निर्णायकहरु परिवर्तन भएका छन्। नेपाल आइडलले चौथो सीजनका लागि तीनै जना निर्णायकहरु परिवर्तन गरेको हो। नयाँ निर्णायकमा गायक शम्भूजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान चयन भएका छन्। निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक शम्भूजित बास्कोटाले नेपाल आइडलमा आउँछु भन्ने आशा गरेको र पूरा भएको प्रतिक्रिया दिए। 

ढिलै भएपनि नेपाल आइडलमा जोडिन पाउँदा धेरै खुशी लागेको कलाकारहरुले बताएका छन्। गायक सुगम पोखरेल र गायिका शिवानी मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताए। सीजन ३ सम्मका निर्णायक न्यूह बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन ४ का लागि नयाँ निर्णायक टीम चयन गरेको हो।

अब अन्तर्राट्रिय समाचार 

तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा ताला फोडेर तलासी लिएको छ। हिन्दुस्तान टाइम्सका अनुसार बुधबार कान्धार र हेरातस्थित बन्द रहेका भारतीय वाणिज्य दूतावासमा तालिबान लडाकुले ताला फोडेर तलासी लिएका हुन्। दूतावासभित्र रहेका केही महत्वपूर्ण दस्तावेजहरु तालिबान लडाकुले गाडीमा राखेर लगेको समाचारमा जनाइएको छ।

यसैबिच तालिबानले नेटो सेना र अफगान सरकारसँग काम गरेकाहरूको खोजी तीव्र बनाएको छ। तालिबान विद्रोहीहरू घर–घर पुगेर उनीहरूको खोजी गर्दै परिवारलाई धम्की दिइरहेको संयुक्त राष्ट्रको एक रिपोर्टमा उल्लेख गरिएको छ। उता, दोस्रोतर्फ तालिबान नेतृत्व भने अफगानिस्तानमा कब्जा जमाएपछि कुनै प्रकारको बदला नलिने भनेर अफगानिस्तानका जनतालाई भरोसा दिलाउने प्रयास गरिरहेका छन्। तर, सन् १९९० ताका तालिबानको क्रुरता भोगेकाहरू तालेवान बदल्नेमा कम आशावादी रहेका छन्।

भिडियो

प्रकाशित: Aug 20, 2021| 19:47 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।