शुक्रबार, वैशाख १४, २०८१

‘एक बिरुवा एक सिपाही’ अभियान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
डोटी – नेपाली सेनाको रुद्रध्वज गणले ‘एक बिरुवा एक सिपाही’ अभियान सञ्चालन गरेको छ। नयाँ वर्षको पहिलो दिन सदरमुकाम सिलगढीस्थित पैयाभन्ज्याङ डाँडाबाट उक्त गणले आफ्नो गणका सैनिक, जिल्लास्थित प्रमुख व्यक्ति तथा स्थानीयवासीलाई सहभागी गराएर सो अभियानअन्तर्गत वृक्षरोपण गरेको हो। 

पर्यावरण संरक्षण गर्न नेपाली सेनाले लागू गरेको ‘गो ग्रीन कार्यक्रम’ उक्त वृक्षरोपण कार्यक्रम गरिएको रुद्रध्वज गणका गणपति एवं प्रमुख सेनानी रत्नकेशर खड्काले बताए। उनले भने, ‘सेनाको ‘गो ग्रीन कार्यक्रम’अन्तर्गत हामीले जिल्लामा बिरुवा जोगाउनुपर्छ भन्ने मान्यताका साथ अभियान शुरु गरेका हौँ।’ उक्त अभियानअन्तर्गत जिल्लाको ईन्द्रचोक, बारुदखाना र पैयाभञ्ज्याङ क्षेत्र भित्रका विभिन्न ठाउँमा सल्ला, धुपिसल्ला, लहरे पिपल, चिउरी, कपुर र बास गरी कम्तीमा पनि ३०० बिरुवा वृक्षरोपण गरिएको रुद्रध्वज गणका सहसेनानी नरेन्द्र बिसीले जानकारी दिए। 

नयाँ वर्षको शुभारम्भसँगै जिल्लामा पहिलो पटक नयाँ कार्यको थालनी गरिएको वृक्षरोपण कार्यक्रममा सहभागी हुनुभएका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए। उनले भने, ‘नयाँ वर्षसँगै नयाँ कार्यको थालनी भएको छ। यसलाई निरन्तरता दिए जिल्ला नै हरियाली हुनेछ।’ सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी रुख बचाउन सेनाले थालेको  अभियानमा सबैको सहयोग र हातेमालो हुनु जरुरी रहेको बताउँछन्। वातावरणमा पार्ने प्रभावलाई सन्तुलन कायम राख्न वृक्षरोपण आवश्यक भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीको भनाइ छ। सेनाले सार्वजनिक स्थल, मठमन्दिर, पाटी पौवाको निर्माण, सरसफाइलगायत अभियान सञ्चालन गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।