शुक्रबार, वैशाख १४, २०८१

टेबलटेनिस : राष्ट्रिय च्याम्पियनको जोडीलाई स्वर्ण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आठौं अन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडी पहिलो भएका छन् । शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका श्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८-११, १२-१०, ११-६ र ११-४ को सेटमा पराजित गरे । एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा आर्मीका बोधित डिसी र दीक्षा तामाङको जोडीले तेश्रो स्थानमा चित्त बुझाए ।

कुस्ती : प्रदेश २ र ७ लाई ६-६ स्वर्ण

प्रदेश नं. २ ले आठौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष कुस्ती प्रतियोगितामा ६ स्वर्ण हात पार्दै अग्र स्थानमा रह्यो । प्रदेश २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो । १० स्वर्णका लागि भएको प्रतियोगितामा प्रदेश ५ ले ७४ केजी, ८६ केजी र ९७ केजीमा गरि तीन र नेपाली सेनाले ७० केजीमा एक स्वर्ण हात पार्यो ।

प्रदेश २ का नरेश यादवले ५७ केजीमा स्वर्ण हात पारे । उनले नेपाली सेनाका तिलक देउजालाई पछाडी पारे । तेश्रो स्थानमा प्रदेश ७ का पारश चन्द र प्रदेश ६ का दीपक बुढा रहे । यस्तै ६१ केजी तौलमा प्रदेश २ का जयमंगल यादवले प्रदेश ३ का जादुलाल यादवलाई पछाडी पार्दै स्वर्ण हात पारे । नेपाल प्रहरीका भागवत शाह र प्रदेश ७ का अर्जून गुरुङ्खले कास्य पाए । ६५ केजीमा नेपाल प्रहरीका रितेश प्रसाद यादवलाई पराजित गर्दै प्रदेश २ का १२ औं साग कास्य धारी सरोज यादवले स्वर्ण हात पारे । प्रदेश ६ का सोनाम रावत र प्रदेश ३ का शैलेन्द्र कुमार यादवले कास्य पाए । 

७९ केजी तौलमा प्रदेश २ का पुन्नीलाल राउतले स्वर्ण पाए । प्रदेश ३ का सुनिल कुमारा साहले रजत र प्रदेश ७ का विकास चन्द र प्रदेश ५ का जोगेन्द्र यादवले कास्य पाए । ९२ केजी तौलमा प्रदेश २ का सुमिर साहले नेपाल प्रहरीका सागर कुमार यादवलाई पराजित गर्दै स्वर्ण हात पारे । प्रदेश ५ का कमरुद्धिन मियाले कास्य पाए । १२५ केजी तौलमा प्रदेश २ का राज यादवले प्रदेश ७ का करण भट्टलाई पराजित गर्दै स्वर्ण हात पारे । नेपाल प्रहरीका रामधारी प्रसाद यादवले कास्य पाए । प्रदेश ५ का बैजानाथ यादवले स्वर्ण हात पार्दा प्रदेश २ का मुक्तार आलमले रजत पाए । 

तेश्रो स्थानमा नेपाल प्रहरीका अब्दुल्ला मिया र प्रदेश ७ का भुवन चन्द रहे । यस्तै ८६ केजीमा प्रदेश ५ का भुवनेश्वर यादवले प्रदेश ७ का संजय तीखावरीलाई पराजित गर्दै स्वर्ण प्राप्त गरे । नेपाल प्रहरीका सविन्द्र प्र. यादव र प्रदेश १ का श्रीलाल राजबंशीले कास्य पाए । यस्तै ९७ केजीमा प्रदेश ५ का रमेश गोतामेले स्वर्ण, प्रदेश २ का सन्दिप कुमार यादवले रजत र नेपाल प्रहरीका श्याम पटेलले कास्य पाए । सुरेश चुनाराले ७० केजीमा पुरुष तर्फ एक मात्र स्वर्ण दिलाए । उनले प्रदेश २ का मनोज प्रसाद यादवलाई पराजित गरे । तेश्रो स्थानमा प्रदेश ५ का फसिल राउत गरी र नेपाल प्रहरीका दिपेश राउत कँवर रहे ।

महिला तर्फ अघिल्लो दिन महिला तर्फ तीन स्वर्ण हात पारेको प्रदेश ७ ले कुलमा ६ स्वर्ण हात पार्यो । प्रदेश ७ की निरा आउजीले ६५ केजीमा स्वर्ण हात पारिन् । दोश्रो स्थानमा सेनाकी सुमित्रा मगर र तेश्रो स्थानमा  पृजिन्ता तामाङ्ख रहिन् । यस्तै ७ नं प्रदेशलाई स्वर्ण दिलाउने क्रममा ६८ केजी तौलमा विमला सुनारले स्वर्ण हात पारिन् । पुलिसकी निर्मला जागरीले रजत र प्रदेश ५ का शान्ति चौधरीले कास्य पाईन् । 

यस्तै ७२ केजीमा लक्ष्मी खत्रीले स्वर्ण, पुलिसकी रेखा रावलले रजत र प्रदेश १ की सदिक्षा राईले कास्य पाईन् । यस्तै सेनाकी सुशिला चन्दले ६२ केजीमा स्वर्ण हात पारिन् । उनले प्रदेश ७ की सपना चन्दलाई पछाडी पारिन् । तेश्रो स्थानमा प्रदेश १ की सिमरन थापा मगर रहिन् । ७६ केजीमा प्रदेश १ की श्रीजासु गिरीले स्वर्ण पाईन् । प्रदेश ५ की लक्ष्मी डिसीले रजत र प्रदेश ७ की मल्लिका चन्दले कास्य पाईन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।