शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • दर्ता प्रक्रिया पूरा हुनासाथ नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन

दर्ता प्रक्रिया पूरा हुनासाथ नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन

नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपालले पार्टी दर्ता प्रक्रिया वैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेलासम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने बताएका छन्।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपालले पार्टी दर्ता प्रक्रिया वैधानिक रुपमा पूरा हुनासाथ राष्ट्रिय भेला/सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने बताएका छन्। उनले शुक्रबार विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएका हुन्।

triton college

उनले भनेका छन्, ‘अहिले समावेश गर्न नसकेका अनुभवी एवम् योग्य कमरेडहरुलाई समावेश गरी केन्द्रीय कमिटीलाई पूर्णता दिनेछौं। नेपालले पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधानअनुसार पुर्‍याउनुपर्ने महिला नेतालाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेको जानकारी दिए।

‘नेपाली जनताले कम्युनिस्ट पार्टी र आन्दोलनमार्फत चाहेको संस्कृति एवम् समृद्धिका लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौं।’

उनले भनेका छन्, ‘हाललाई साविक नेकपा एमाले केन्द्रीय कमिटीमा रहेका र विद्रोहको पक्षमा हस्ताक्षर गरेका, २०७५ जेठ ३ गते पार्टी एकता गर्ने बेला हाम्रो तर्फबाट थपिएका, पहिले नै केन्द्रीय कमिटीमा रहिसकेका, संघीय संसदका सांसद कमरेडहरु एवम् वैधानिक प्रावधानअनुसार पुर्‍याउनुपर्ने महिला कमरेडलाई समावेश गरी केन्द्रीय कमिटी प्रस्ताव गरेका छौं’ 

उनले एकताका सबै ढोका बन्द गर्दै हाम्रै पहलमा लोकप्रिय बनेको नेपालको कम्युनिष्ट पार्टीलाई कब्जा, बद्नाम एवम् समाप्त पार्ने कोसिस भएपछि बाध्य भएर विद्रोह गर्दै एमालेको पुनर्गठन गरी नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गरेको बताएका छन्। उनले भनेका छन्, ‘नेपाली जनताले कम्युनिस्ट पार्टी र आन्दोलनमार्फत चाहेको संस्कृति एवम् समृद्धिका लागि सम्पूर्ण न्यायप्रेमी जनताबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछौं।’

प्रकाशित: Aug 20, 2021| 17:32 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...