शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो शैक्षिक सत्र उद्घाटन

राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो शैक्षिक सत्र उद्घाटन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं– काठमाडौंस्थित लीडरशिप एकेडेमी र अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस र स्वीस सरकार विकास सहयोग (एसडीसी) को संयुक्त आयोजनामा सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम दोस्रो शैक्षिक सत्रको उद्घाटन कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ।
 
काठमाडौंको होटल अन्नपूर्णमा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देशको भविष्य युवाको हातमा रहेको भन्दै युवाहरुको नेतृत्व क्षमता विकास गर्नुपर्नेमा जोड दिए। ‘परिवर्तनका लागि  कति तयार छौ भनी युवाले आफ्नो मूल्यांकन गर्न जरुरी छ, अहंकार र आत्मकेन्द्रित भावना त्याग्नुपर्छ,’ उनले भने।  देशको समृद्धिका लागि शिक्षा प्रणालीमा आमूल परिवर्तन जरुरी रहेको भन्दै रेग्मीले त्यसको अग्रसरता लिन युवाहरुलाई आग्रह गरे। राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम समावेशिताको नमुना रहेको उनले बताए। 

नेपालस्थित स्विट्जरल्याण्डका उपराजदूत दिपक एइल्मरले राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमले नेपालमा युवा नेतृत्वका लागि राम्रो मञ्च उपलब्ध गराएको बताए। विभिन्न पृष्ठभूमिका उदीयमान युवा नेतृत्वको समूहले सामुदायिक तथा राष्ट्रिय स्तरमा पनि विभिन्न समस्या समाधानका लागि सहयोग पुगेको उनको भनाइ थियो।

आईपीजेका कार्यक्रम अधिकृत डेनियल ओर्थले नेपाली युवामा देखिएको जोश जाँगरबाट आफू उत्साहित भएको बताए। विविधतामा एकता र सहकार्य नै राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले स्पष्ट पारे। 

पहिलो ब्याचका तर्फबाट जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले ठूलो हैन साना साना तर व्यवहारिक कुराहरु सिकेको बताए। समस्याको गहिराइमा पुगेर अध्ययन गर्ने तथा समूहमा मिलेर काम गर्ने व्यहारिक कला पनि प्रशिक्षणले सिकाएको अनुभव उनले सुनाए। 

२०१९ की सहभागी डा. सोनी महतोले नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरूमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि कार्यक्रम प्रभावकारी हुने अपेक्षा आफूले गरेको बताइन्। 

कार्यक्रममा देशका सातै प्रदेशबाट ४० जना सहभागी छन्। देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रको प्रतिनिधित्व हुनेगरी हरेक प्रदेशबाट ३ पुरुष र ३ महिला रहने गरी २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ। 

एक वर्ष अवधिको राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमका चारवटा सत्रहरु काठमाडौं, पहाडी क्षेत्र, तराई क्षेत्र र हिमाली क्षेत्रमा हुनेछन्। देशका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहभागीहरु विभिन्न भौगोलिक क्षेत्रको भ्रमण गरी स्थानीय समस्या बुझ्ने तथा सम्भावनाहरुको खोजी गर्ने काममा अग्रसर हुने गर्दछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।