शनिबार, वैशाख १५, २०८१

प्रदेश २ मा कमजोर बनेको ठाकुर पक्ष सरकारबाट बाहिरिने तयारीमा

महन्थ ठाकुर पक्षका नेता प्रदेशसभा सदस्य परमेश्वर साहले अहिले प्रदेश २ मा आफ्नो समूहको स्थिति कमजोर रहेको स्वीकार गरे। उनका अनुसार तत्कालीन राजपाबाट निर्वाचित ९ जना प्रदेशसभा सदस्य उपेन्द्र पक्षमा लागेपछि १६ जना प्रदेशसभा सदस्य महन्थ पक्षमा छन्।
 |  शुक्रबार, भदौ ४, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, भदौ ४, २०७८

जनकपुरधाम– जनता समाजवादी पार्टी विभाजनको असर सबैभन्दा बढी प्रदेश २ मा देखिएको छ। प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेकाले सबैभन्दा बढी असर पर्नु स्वाभाविक हो। यद्यपि जसपाको आधिकारिकता पाएको उपेन्द्र यादव समूह प्रदेश २ मा मजबुत छ। पूर्व राजपाबाट निर्वाचित ९ जना प्रदेशसभा सदस्य उपेन्द्र पक्षमा लागेपछि महन्थ पक्ष कमजोर देखिएको हो। 

triton college

प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाबाट २५ जना निर्वाचित भएका थिए। दुवै दलबीच एकता हुँदा ५५ जना प्रदेशसभा सदस्य जसपामा थिए। दल विभाजनपछि तत्कालीन समाजवादी पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य उपेन्द्र यादव पक्षमै लागेका छन् तत्कालीन राजपाबाट निर्वाचित २५ मध्ये ९ जना प्रदेशसभा सदस्यले महन्थको साथ छाडेका छन्।

महन्थ ठाकुर पक्षका नेता प्रदेशसभा सदस्य परमेश्वर साहले अहिले प्रदेश २ मा आफ्नो समूहको स्थिति कमजोर रहेको स्वीकार गरे। उनका अनुसार  तत्कालीन राजपाबाट निर्वाचित ९ जना प्रदेशसभा सदस्य उपेन्द्र पक्षमा लागेपछि १६ जना प्रदेशसभा सदस्य महन्थ पक्षमा छन्। पार्टी एकीकरण गर्नुपूर्व राजपा नेपालले प्रदेश २ मा जिल्ला तथा प्रदेश स्तरमा समेत अध्यक्षमण्डल गठन गरेर पार्टी सञ्चालन गर्दै आएको थियो।

उनले भने, ‘राजपा रहँदा अध्यक्षमण्डल बनाएर प्रदेश तथा जिल्ला कमिटी सञ्चालन भएको थियो। जिल्ला तथा प्रदेशस्तरीय कमिटी गठनको आन्तरिक तयारीमै रहेका बेला समाजवादी पार्टीसँग एकता भएर जसपा बन्यो। हामीसँग राजपाको जिल्ला कमिटी तथा प्रदेश कमिटी थिएन।’

तत्कालीन राजपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनीष सुमन अहिले मूल पार्टीमै रहेको बताउँछन्। उनले भने, ‘मैले न कित्ताकाट गरेको छु, न त मूल पार्टी छोडेको छु, त जसपामै छु।’

corrent noodles
Metro Mart

महन्थ ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारमा जान पार्टी विभाजन गर्न उद्यत देखिएको आरोप सुमनको छ। सुमनले प्रतिगामी ओली सरकारमा समय बिताएर पार्टीको नामसमेत बदनाम गर्न पछि नपरेकाहरुले गुट र समूहमा रमाउने प्रवृत्तिमा लागेको भन्दै महन्थको आलोचना गरे।

महन्थ पक्षका २ मन्त्री (नवलकिशोर साह, रामनरेश राय), जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह र राजविराज नगरपालिकाका नगरप्रमुख शम्भु यादव पनि उपेन्द्र पक्षमा छन्।

सुमनलाई राजेन्द्र महतो निकट मानिन्थ्यो। उनी भन्छन्, ‘विगतमा पनि महन्थ ठाकुरजी र राजेन्द्र महतोजी पार्टी संगठन निर्माणमा ध्यान नदिई समूहमै रमाउँथे। अहिले राजनीतिबाटै तह लाग्नुपर्ने अवस्थामा पुगेका छन्।’

तत्कालीन समाजवादीबाट निर्वाचित ३० प्रदेशसभा सदस्य र पूर्व राजपाका ९ प्रदेशसभा सदस्यसँगै ३९ प्रदेशसभा सदस्य उपेन्द्र यादव पक्षसँग छ भने १६ जना महन्थ पक्षमा छन्।

महन्थ पक्षका २ मन्त्री (नवलकिशोर साह, रामनरेश राय), जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह र राजविराज नगरपालिकाका नगरप्रमुख शम्भु यादव पनि उपेन्द्र पक्षमा छन्। तत्कालीन राजपा नेपाल निर्वाचित भएर मन्त्री बनेका नवलकिशोर साह र रामनरेश राय यादव, प्रदेशसभा सदस्यहरु मनीष सुमन, पूर्वराज्यमन्त्री सुरेशकुमार मण्डल, रानी शर्मा तिवारी, डा. रिना यादव, डा. अञ्जुकुमारी यादव, विदेश्वर यादव, नेत्रविक्रम साह उपेन्द्र यादव पक्षमा लागेका छन्।

जसपा विभाजन भएपछि महन्थ पक्षले प्रदेश २ सरकारबाट समर्थन फिर्ता लिने तयारी गरिरहेकोे छ। महन्थ पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले अहिले दल दर्ता प्रक्रियामा रहेको र दल दर्ताको प्रमाणपत्र पाएलगत्तै सरकारलाई समर्थन दिइहरने वा फिर्ता लिने विषयमा निर्णय लिइने जानकारी दिए। दल दर्तापछि सरकारबाट समर्थन फिर्ता लिने सम्भावना प्रबल रहेको उनको भनाइ छ। 

यता जसपा नेतृत्वको प्रदेश २ सरकारबाट महन्थ पक्षले समर्थन फर्ता लिए पनि प्रदेश सरकारमाथि खासै संकट नआउने देखिएको छ। प्रदेश सरकारमा जसपाका साथै कांग्रेस र माओवादी केन्द्रसमेत सहभागी छन्। 

महन्थ पक्षले प्रदेश सरकारबाट समर्थन फिर्ता लिए पनि प्रदेश सरकारलाई १ सय ७ सदस्यीय प्रदेशसभामा जसपाको ३९, कांग्रेसको २१ र माओेवादी केन्द्र ८ गरी कुल ६८ प्रदेशसभा सदस्यको समर्थन रहनेछ। अहिले प्रदेशसभामा १ सय ४ जना सदस्य मात्रै छन्।


प्रकाशित: Aug 20, 2021| 16:50 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।