काठमाडौं- नेपाली महिला यू-१९ टोलीले चीनमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । नेपाली महिला टोलीले एक खेल चीनको एक स्थानिय टिमसँग र एक खेल चीनको यू-१५ महिला टोलीसँग खेल्ने भएको हो ।
अक्टोवर २७ देखी नोभेम्बर ९ सम्म थाईल्याण्डमा हुने एएफसी यू-१९ कपको दोस्रो चरण छनोटको तयारीका लागि नेपाली टोलीले दुई मैत्रिपूर्ण खेल खेल्न लागेको हो । तर, नेपाली टोली चीन प्रस्थान गर्ने मिती भने तय भएको छैन् ।
एएफसी यू-१९ कपको दोस्रो चरणको छनोटमा समूह ‘क’मा रहेको नेपालले आफ्नो पहिलो खेल अप्रिल २६ मा अस्ट्रेलियासँग खेल्ने छ । त्यस्तै २८ अप्रिलमा उज्वेकस्तान र ३० अप्रिलमा म्यानमारविरुद्ध नेपाली यु-१९ महिला टोलीले खेल्ने छन् ।
थाईल्याण्डमा भएको पहिलो चरणको छनोटमा नेपाल समूह ‘ख’ को उपविजेता हुँदै दोस्रो चरण प्रवेश गरेको थियो । दोस्रो चरणको छनोटमा समूह ‘क’मा नेपालसँगै अस्ट्रेलिया, उज्वेकस्तान र म्यानमार रहेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४