शनिबार, वैशाख १५, २०८१

यस्तो छ बार्सिलोना र युनाइटेडको हेड टु हेड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
एजेन्सी- स्पेनिस महारथी क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आज (बुधरबार) राती च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा आमने सामने हुँदै छन् । खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा हुने छ । 

पछिल्लो ११ बर्षको इतिहास हेर्ने हो भने बार्सिलोना र युनाइटेड ६ पटक प्रतिस्पर्धा गरेका छन् । जहाँ दुबै टोलीको नतिजा समान देखीएको छ । तर, गोल अन्तर भने बार्सिलोनाको बढी छ । 

दुबै टोलीले ६ पटक भिड्दा समान दुई खेलमा जित, दुई खेलमा हार र दुई खेलमा बराबरी खेलेका छन् । बार्सिलोनाले युनाइटेडविरुद्ध ६ गोल गरेको छ भने युनाइटेडले बार्सिलोनाविरुद्ध तीन गोल मात्र गर्न सकेको छ । 

सन् २००८ को २३ अप्रिलमा च्याम्पियन्स लिगम भएको पहिलो लेगमा दुबै टोलीले बराबरी खेलेका थिए । तर, २९ अप्रिलमा भएको दोस्रो लेगमा बार्सिलोना युभेन्टससँग १-० गोल अन्तरले पराजित हुँदै च्याम्पियनस लिगबाट बाहिरिएको थियो ।

त्यसपछि सन् २००९ को २७ मे मा भएको खेलमा बार्सिलोनाले युनाइटेडलाई २-० ले पराजित गरेका थियो । त्यस्तै २०११ को २८ मे मा भएको खेलमा बार्सिलोना ३-१ ले विजयी भयो । 

२०११ कै ३० जुलाईमा भएको खेलमा युनाइटेड बार्सिलोनाविरुद्ध २-१ गोल अन्तरले पराजित भएको थियो । तर, पछिल्लो अन्तिम भेटमा दुबै टोलीले बराबरी खेलेका छन् । २०१२ को ८ अगस्टमा भएको पछिल्लो भेटमा दुबै टोलीले गोल रहित बराबरी खेलेका हुन् । 

यस खेलका लागि बार्सिलोनाले कप्तान लियोनल मेस्सी, लुइस स्वारेज, डेम्बेले, र फिलिप्पे काउटिन्होलाई प्रमुख हरिया बनाउने छ । बार्सिलोनाका लागि जारी सिजनमा मेस्सीले ४४ गोल गर्दा स्वारेजले २४, डेम्बेलेले १४ र काउटिन्होले १० गोल गरेका छन् । 

त्यस्तै यता युनाइटेडका लागि लुकाकु, पोग्वा, रासफोर्ड र माट्रियल प्रमुख हतियार हुने छन् । युनाइटेडका लागि लुकाकुले १५ गोल गरेका छन् भने पोग्वाले १४, रासफोर्डले १३ र माट्रियलले १२ गोल गरेका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।