शुक्रबार, वैशाख १४, २०८१

मिथिलाञ्चलमा चैते छठ मनाइँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - मिथिलाञ्चलमा चैते छठ धुमधामका साथ मनाइँदै छ। यस वर्षको चैते छठ मंगलबारदेखि विधिवत् सुरु भएको छ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन मंगलबार ब्रतालुहरु नुहाई धुवाई गरी चोखो खानेकुरामात्र खान्छन्। जसलाई नहाय खाए भत्रे गरिन्छ। यसैगरी बुधबार ब्रतालुले खरना गर्नेछन्।

खरनामा पूजा गरे पापको क्षय हुने जनविश्वाससमेत छ। सन्ध्याकलीन अर्घ दिनुभन्दा एक दिनअघि हुने खरनामा ब्रतालुहरु दिनभर ब्रत बसेर साँझको समय नुहाई–धुवाई गरी माटोको नयाँ चुलोमा प्रसाद बनाउने गर्दछन्।

गाईको गोबरले निपपोत गरी कुलदेवता रहेको घरमा चामलको पिठोले अरिपन दिएर ब्रतालुहरु पूजापाठ गर्छन्। खरनाको दिन घरका सबै सदस्य तथा छिमेकी जम्मा भई प्रसाद ग्रहण गर्ने परम्परा छ। खरना दिनदेखि ब्रत बसेका ब्रतालुहरुले सप्तमी तिथिको दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिइसकेपछि छठ पर्व सम्पन्न हुन्छ।

खरनामा प्रसादका रुपमा विशेष रुपले केला र सख्खरमा तयार पारिएको खीर रहने गरेको छ। कात्तिक र चैतमा मनाइने छठ पर्वको सबै विधि समान हुने गरेको छ।

यसअघि जनकपुरको सीमित पोखरीमा मात्र मनाइने चैते छठ पछिल्लो समय विस्तार हुँदै गएको छ। जनकपुरको धनुषसागर, गंगासागर, अंगराजसरलगातका पोखरीमा चैते छठ मनाइन्छ। कात्तिक महिनामा मनाइने छठ पर्व जस्तो चहलपहल नभए पनि बिस्तारै चैते छठले पनि व्यापकता पाउँदै छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।