शुक्रबार, वैशाख १४, २०८१

हुरी प्रभावित क्षेत्रका लागी 'एक परिवार एक झोला' 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगंज- अन्य समयमा शनिबारे बिदाको समयमा घरपरिवारको काममा व्यस्त रहने स्थानीय कामकाजी महिलाहरु यो शनिबार बिहानैदेखि चाहिँ केही महत्वपूर्ण कार्यमा केन्द्रित थिए । त्यो पनि सामुहिक रुपमा ।

आइतबारको चक्रवातबाट प्रभावित परिवारको लागी सहयोग जुटाउने उद्देश्यले  वुमन फर वुमन (महिलाका लागी महिला) नामक‌ स्वयम् सेवी अभियानको छातामुनि संगठित भएका उत्साही महिलाले चक्रवातबाट प्रभावित क्षेत्रका महिलालाई लक्षित गरी विशेष सामाग्री सहितको उपयोगी झोला तयार पारेका हुन् ।

सामाजिक सञ्जाल र प्रत्यक्ष माध्यमबाट समेत ‘एक परिवार एक झोला’ अभियान सञ्चालन गरेर वुमन फर वुमन समूहले राहत सामाग्रीको लागी सहयोग जुटाउँदै राहत वितरणको चाँजोपाँजो मिलाएको छ।

अभियानकी  सदस्य रोशनी श्रेष्ठले प्रत्येक झोलामा स्याम्पु, काइयो, भित्री वस्त्र, कपाल बाँध्ने रबर, सेनिटरी प्याड, साबुन, कपालमा लगाउने तेललगायतका १५ प्रकारका सामाग्री राखेर प्रभावितलाई वितरण गरिने जानकारी दिइन् ।

शनिबार नै वितरण को तयारी गरिए पनि प्रतिकूल मौसमका कारण आइतबार मात्र वितरण गर्न लागिएको समूहकी सदस्य विमला गुप्ताले जानकारी दिइन् ।

इन्टरनेटमा आधारित सामाजिक सञ्जालमार्फत अभियानको लागी सहयोग जुटाउन पहल गरिरहेका यूवा नेता अरविन्द सिंहका अनुसार विदेशमा बसोबास गरिरहेका नेपालीबाट समेत सहयोग प्राप्त भइरहेको छ ।

प्रभावित क्षेत्रमा खाद्यान्न र त्रिपाल लगायतका सामाग्री वितरण गर्नेको ठूलो उपस्थिति भएपनि विशेष गरी महिला तथा बालबालिकालाई शारीरिक सरसफाईको लागी आवश्यक पर्ने उपयोगी सामाग्रीको वितरणमा ध्यान पुग्न नसकेपछि 'एक परिवार एक झोला' को अवधारणा अघि सारिएको श्रेष्ठको भनाई छ।

विपद्को समयमा स–साना सामाग्री समेत ज्यादै उपयोगी हुन्छन्, श्रेष्ठले भनिन्, नियमित सरसफाईमा थोर बहुत मात्र पनि सहयोग गर्न सकियो भने सुत्केरी तथा कमजोर स्वास्थ्य अवस्थामा रहेका महिलाको जीवन रक्षामा महत्वपूर्ण योगदान पुर्याउन सकिन्छ । 

मिस नेपाल श्रृंखला खतिवडाले समेत अभियानमा एक‌ झोलाको लागी रु २ हजार १ सय सहयोग गर्न आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् आह्वान गरेकी छिन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।