एजेन्सी- इटालियन क्लब युभेन्ट्सले सिरी ‘ए’ फुटबलमा एसी मिलानलाई पराजित रगेको छ । शनिबार राती भएको खेलमा एसी मिलानलाई युभेन्ट्सले २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सको जितका लागि पाउल डीबला र मोइस किनले एक एक गोल गरे । मिलानका क्रिजेस्टोफ पियाटकले एक गोल गरे । पहिलो हाफमा १-० गोल अन्तरले पछि परको युभेन्ट्सले दोस्रो हाफमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।
खेलको २९ औं मिनेटमा क्रिजेस्टोफको गोलबाट घरेलु टोली खेलमा पछि परेको थियो । तर, दोस्रो हाफमा पुनरागमन गर्दै युभेन्ट्सले दुई गोल गर्यो । खेलको ६० औं मिनेटमा डीबालाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । त्यसपछि खेलको ८४ औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई २-१ को महत्वपूर्ण जित दिलाए ।
जितसँगै युभेन्ट्सले लिगमा युभेन्ट्सले ३१ खेलबाट ८४ अंक जोड्दै शीर्ष स्थानमा २१ अंकको अग्रता बनाएको छ । युभेन्ट्सले ३१ खेलमा जोडेको उक्त इटालियन सिरी ‘ए’ फुटबल इतिहासकै कीर्तिमानी अंक हो । एक खेल कम खेलेको नेपोलीको दोस्रो स्थानमा ६३ अंक रहेको छ । पराजित मिलान ५२ अंक जोडेर चौंथोमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४