बुधबार, वैशाख २६, २०८१

विद्यालयमा यसरी बढ्याे छात्रा उपस्थिति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत - विद्यार्थी : मेडम नमस्कार ।
शिक्षिका : नमस्कार के भो ?
विद्यार्थी : सेनेटरी प्याड चाहिएको थियो ।
शिक्षिका : दुइ जना मध्ये कसलाई हो ?
विद्यार्थी : उनको लागि हो ?
शिक्षिका : ए, कति बेला हो ?
विद्यार्थी : बाटोमा आउँदा खेरी ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खरैखोलाका शिक्षिका र विद्यार्थीबीचको सम्वादको केही अंश हो यो। गत शुक्रबार बिहान करिव साढे दश बजेतिर दुई छात्राहरु शिक्षिका कहाँ पुग्छन्। पिटी खेलिसकेपछि कक्षा कोठामा प्रवेश नगरेरै शिक्षिकालाई भेट्नुको कारण थियो सेनेटरी प्याड। गीता (नाम परिवर्तन) विद्यालय आउँदै गर्दा बाटोमा रजस्वला भएपछि उनलाई प्याड चाहिएको थियो।

तर, गीताले सहजताका लागि साथीलाई पनि सँगै लगेर शिक्षिका कहाँ पुगिन्। साथीले गीताका लागि प्याड माग गरेपछि शिक्षिकाले सन्चो, विसन्चो लगायताका कुराहरु सोध्छिन्। गीताले हल्का पेट दुखेको बताएपछि शिक्षिकाले पानी र झोलिलो खानेकुरा खान सल्लाहसँगै प्याड दिएर पठाउँछिन्। गीता मात्रै होइन विद्यालयमा रजस्वाला हुने सबै छात्राहरुले यसरी नै प्याड प्रयोग गर्ने गरेका छन्।

महिनावारी भएको समयमा छात्राहरु विद्यालयमा उपस्थित नहुने भएपछि विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरिएको हो। किशोरी शिक्षा क्षेत्रका काम गर्दै आएको ग्लोबल एक्सन नेपालको सहयोगमा विद्यालयमा प्याडको व्यस्था गरिएको छ।

संस्थाले सुर्खेतका १२ विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउँदै आएको छ। विद्यालय उमेरका किशोरीहरु रजस्वला भएको अवस्थामा विद्यालय नजाने हुँदा विद्यालयमै प्याडको व्यवस्था गरेको सामाजिक परिचालक मीना विश्वकर्माले बताउँछिन्। ‘छात्राहरु कमजोर हुनुको एउटा कारण रजस्वला पनि हो ।’, विश्वकर्मा भन्छिन्, ‘यस्तो अवस्थामा ग्रामिण भेगका छात्राहरु विद्यालय जाँदैनन् जसले गर्दा उनीहरुको पढाई छुट्न जान्छ, परिणाम पढाइमा उनीहरु कमजोर हुन्छन्।’

उनका अनुसार विद्यालयमा छात्राहरु नियमित होउन भनेर नै संस्थाले विद्यालयमै प्याडको व्यवस्था गरिदिएको हो। जनचेतनाको कमी र विद्यालय नजिकै स्वास्थ्य चौकी नहुँदा रजस्वलाकै कारण महिनामा हप्तादिन छात्राहरु विद्यालयमा अनुपस्थित हुने गरेका छन्।

विद्यालयमा प्याडको व्यवस्था भएपछि छात्राहरु नियमित कक्षामा उपस्थित हुन थालेका शिक्षिका सीताकुमारी उपाध्याय बताउँछिन्। ‘पहिले अनियमित हुन्थे।’, उनी भन्छिन्, ‘कतिपयले त विद्यालय नै छोड्थे तर आजभोली त्यस्तो समस्या छैन।’ प्याड उपलब्ध भएपछि छात्राहरु नियमित हुन थालेका र उनीहरुको पढाइमासमेत सुधार आएको उनले बताइन्।

असहज हुने छात्राहरुलाई विद्यालयमै आराम कक्ष समेत रहेको विद्यालयले जनाएको छ। विद्यालयमा छात्राहरुको सहजताका लागि गुनासो सुन्ने व्यवस्था पनि गरिएको छ। शिक्षिका उपाध्यायको संयोजकत्वमा गुनासो सुनुवाई हुने गरेको गरेको छ। छात्रालाई शिक्षक र विद्यार्थीबाटै कुनै असहज व्यवहार गरेको खण्डमा आउने समस्यालाई सामाधान गर्न विद्यालयमा गुनासो सुन्ने व्यवस्था गरिएको हो। प्रत्यक्ष रुपमा समस्या व्यक्त गर्न नसक्ने विद्यार्थीहले भने समस्याहरु गुनासो पेटीकामा राख्ने गरेका छन्।

यता छात्रा गीताले पनि प्याडले निकै राहत भएको बताइन्। ‘प्याड नभएपछि एकातिर असहज हुन्थ्यो भने अर्कोतिर कपडा फोहोर हुन्थे।’, उनी भन्छिन, 'यी दुबै समस्याबाट बच्न रजस्वलाको समयमा विद्यालय आउदैन्थौँ।’ विद्यालय नियमित भएपछि पढाइमा समेत सहज भएको बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।