शुक्रबार, वैशाख १४, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज चैत २१ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

योगेश भन्छन्- 'अब म मन्‍त्री बन्‍ने विषयमा मजाक नगरियोस्'

नेकपा स्थायी समिति सदस्य योगेश भट्टराई सन्तुलित र स्पष्ट विचार राख्ने नेता मानिन्छन्। जनआन्दोलन २०६२/६३ मा उनी राजधानीमा आन्दोलन हाँक्ने नेता थिए। त्यस बेला उनी तत्कालीन एमालेका उपत्यका समन्वय समिति सचिव थिए। 

डाक्टर बिहिन बन्दै सेती अस्पताल, दुई जना चिकित्सक मात्रै रहने 

सेती अञ्चल अस्पतालका १३ जना डाक्टरको संघीय सरकार मातहतमा रहेका अस्पतालमा समायोजन भएपछि अस्पताल डाक्टर बिहिन जस्तै बन्ने सांवना बढेको छ। अस्पतालमा १५ सरकारी डाक्टर रहेकोमा १३ कोे संघीय सरकारमा समायोजन भएपछि अस्पताल डाक्टर बिहिन बन्न लागेको हो। 

हावाहुरी पीडितलाई तरुणदलको सहयोग

नेपाल तरुण दलले बारामा हावाहुरीबाट मृत्यु भएका मृतकका परिवारलाई दश हजार दिने घोषणा गरेको छ। बाराको प्रभावित क्षेत्रमा पुगेर नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले मृतक परिवारलाई जनही दश हजार नगद सहयोग गर्ने घोषणा गरेका हुन्। 

विमानस्थलबाट छ किलो सुनसहित ४ भारतीय पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ परेका छन्। 

राहत वितरणमा गन्जागोल

हावाहुरीका कारण प्रभावितहरुका लागि सहयोग गर्न बारा र पर्सामा राहत सामग्री पुर्‍याउनेको ओइरो छ। प्रकृतिको बितण्डबाट समस्यामा परेका बारा र पर्साका प्रभावितहरुलाई खाद्यात्रदेखि लत्ताकपडा सहयोग गर्न विभित्र जिल्लाबाट सहयोगी हातहरु पुगिरहेका छन्।

प्रदेश २ एसईई : केन्द्राध्यक्ष बाहेकलाई मोबाइल बोक्न रोक

 प्रदेश २ मा शुक्रबारदेखि पुनः हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा केन्द्राध्यक्ष बाहेक अन्य सबैलाई मोबाइल फोन बोक्न रोक लगाइएको छ। मोबाइलबाटै प्रश्नपत्र बाहिरिएको र परीक्षामा चिट चोर्ने माध्यम बनेको गुनासो आएपछि यस्तो निर्णय भएको हो। प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा स्थगित भएको एसईई शुक्रबार बिहान ८ बजेदेखि पुनः सञ्चालन हुँदैछ।

बार चुनाव : अध्यक्षसहित अधिकांश पदमा वामपन्थी उम्मेदवारको वर्चश्‍व

कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षसहित अधिकांश पदमा वामपन्थी उम्मेदवारले विजय हासिल गरेका छन्। अध्यक्षमा वामपन्थी उम्मेद्वार चण्डेश्वर श्रेष्ठले ३१५४ मत प्राप्त गर्दै जित हासिल गरे। उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समूहका सुनिल कुमार पोखरेलले ३०२७ मत प्राप्त गरेका छन्।

मृतकका परिवारलाई किरिया खर्च

 प्रदेश २ का भौतिक विकास मन्त्री जितेन्द्र सोनलले हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई किरिया खर्च सहयोग गरेका छन्। खाद्यात्रसहितका राहत सामग्रीहरु पाइरहेपनि घरबारबिहीन भइसकेका हावाहुरी प्रभावितहरु आफन्तको किरिया गर्न समस्यामा रहेका बेला सोनलले यस्तो सहयोग गरेका हुन्।

सरकार भन्छ : अत्यावश्यक सेवामा हड्ताल गर्न पाइदैन

अत्यावश्यक सेवामा हड्ताल तथा कुनै पनि प्रकारको अवरोध गर्न नपाइने भएको छ। सरकारले अत्यावश्यक सेवामा अवरोध गर्न नपाउने  निर्णय गरी सो को जानकारी राजपत्रमार्फत गराउने भएको छ।

बार चुनाव : अध्यक्षमा वामपन्थी उम्मेदवार श्रेष्ठ विजयी

कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पछि पार्दै विजयी बनेका हुन्। 

ललितपुर महानगरको पूर्व योजना तर्जुमा गोष्ठी : पूर्वाधार विकासमा प्राथमिकता

ललितपुर महानगरपालिकाले भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमका वक्ताहरुले औंल्याएका छन्। आर्थिक वर्ष २०७६/२०७७ का लागि ललितपुर महानगरपालिकाले आयोजना गरेको वार्षिक विकास कार्यक्रमको पुर्व योजना तर्जुमा गोष्ठीमा बताएका हुन्। 

हैदरावादविरुद्ध सन्दीप सबैको नजरमा

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आज (बिहिबार) नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादको सामना गर्दै छ । 

एसईई प्रश्‍नपत्र बाहिरिनुमा प्रहरी नै दोषी

प्रदेश २ मा प्रश्नपत्र चुहिएको घटनाको गुत्थी अन्ततः सुल्झिएको छ। एसइई प्रश्नपत्र बाहिरिएको घटनामा सुरक्षाको जिम्मेवारी बोक्ने प्रहरी नै संलग्न रहेको पाइएको छ।

कांग्रेस जिल्ला सभापतिको अल्टिमेटम : निर्णय नसच्चिए विशेष महाधिवेशन

नेपाली कांग्रेसका जिल्ला सभापतिको भेलाले नेतृत्वलाई महासमितिले पारित गरेको निर्णयअनुसार आफ्नो निर्णय सच्याउन अल्टिमेटम दिएको छ।  दुई दिनसम्म काठमाडौंमा बसेको ५४ जिल्लाका सभापतिहरुको भेलामा महासमिति बैठकले प्रस्ताव गरेका निर्णय केन्द्रीय समितिको बैठकले उल्ट्याएको भन्दै आक्रोस पोखेका थिए।

पीडितको स्थायी पुनर्वासको लागि निजी क्षेत्र तयार

विनाशकारी हावाहुरीले प्रभावित परिवारका लागि चौतर्फी सहयोग जुटेको भएपनि अस्थायी र स्थायी आवासको लागि निजी क्षेत्रले सकृयता देखाएका छन्। यहाँका उद्योगी संलग्न संघसंस्था र मारवाडी समुदायको सामाजिक संस्थाको साथै औद्योगिक घरानालेसमेत खाद्यान्नसँगै स्वास्थ्य उपचार, झुल र त्रिपाल वितरण गरिरहेका छन्।

माया पनि कानुन अनुसार हुन्छ : आजीपी खनाल 

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले माया ममता पनि कानुन अनुसार हुनुपर्ने भन्दै कानुन बिपरीतका काम भए कारवाही गरिने बताएका छन्।

स्विजरल्याण्डका लागि नेपाली राजदूतमा भट्टराई नियुक्त

 स्विजरल्याण्डका लागि नेपाली राजदूतमा मणिप्रसाद भट्टराई नियुक्त भएका छन्। जेनेभास्थित संयुक्त राष्ट्रसघंका लागि नेपालको स्थायी प्रतिनिधिको रुपमा कार्यरत भट्टराईलाई सरकारले स्विजरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा सिफारिस गरेको थियो। 

जाजरकोटमा अफिम खेती नष्ट

जाजरकोटको नलगाडका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गरिएको छ। नलगाड– १ को पातल, खौला, गर्वेमा दश कठ्ठामा गरिएको अफिम खेती प्रहरीले नष्ट गरेको हो। ठूलो मात्रामा अफिम खेती भैरहेको विशेष सूचना पाएपछि अफिम नष्ट गर्न प्रहरी त्यहाँ पुगेको थियो। जिल्ला प्रहरी कार्यालय जाजरकोट र इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले लाखौं मूल्य बराबरको अफिम खेती नष्ट गरेको हो।

मन्त्रालयबाटै हेपिएको मौसम विज्ञान विभाग

मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाले समयमै सूचना दिन नसक्दा आइतबार साँझ बारा र पर्सामा हावाहुरीका कारण जनधनको ठूलो क्षति हुन पुगेको भन्दै यी दुई सरकारी निकायको चौतर्फी आलोचना भइरहेको छ।

विशेष महाधिवेशनकाे सामना गर्न देउवा तयार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन सामना गर्न आफू तयार रहेको बताएका छन्। विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले जिल्ला सभापतिहरुले माग गरेको विशेष महाधिवेशन सामना गर्न आफू तयार रहेको उद्घोष गरेका हुन्।

तीन दिन मौसम यस्ताे रहने 

पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रधानमन्‍त्री–मुख्यमन्‍त्री बैठकः यस्तो भयो सहमति

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समन्वय परिषदको बैठक डाक्ने भएका छन् । प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच बिहीबार भएको छलफल पछि परिषद्को बैठक डाक्ने सहमति भएको हो ।

प्रधानमन्‍त्री–मुख्यमन्‍त्री बैठकः यस्तो भयो सहमति

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय समन्वय परिषदको बैठक डाक्ने भएका छन् । प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच बिहीबार भएको छलफल पछि परिषद्को बैठक डाक्ने सहमति भएको हो । 

इन्स्पेक्टरको नतिजा सार्वजनिक, नाम निकाल्न को को सफल भए ?

नेपाल प्रहरीको प्रहरी निरिक्षक (इन्स्पेक्टर) पदमा परिक्षा दिएकाहरुको नतिजा सार्वजनिक भएको छ ।

केन्द्रीय समितिविरुद्ध कांग्रेस जिल्ला सभापतिहरुले हस्ताक्षर अभियान चलाउने

नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले स्वतः प्रतिनिधि हुने र आरक्षणको सुविधाबारे केन्द्रीय कार्यसमितिले गरेको निर्णय पुनःविचार नभए देशव्यापी हस्ताक्षार अभियान चलाउने तयारी गरेका छन् ।

ओरियन्टल सहकारीका सञ्चालक बस्नेत पक्राउ

प्रहरीले ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेतलाई पक्राउ गरेको। महानगरिय प्रहरी परिसर काठमाडौंले काठमाडौंको भीमसेनगोलाबाट उनलाई पक्राउ गरेको हो । 

१७ हजार घुस लिने प्रहरी जवान प्रहरीकै फन्दामा  

महानगरीय प्रहरी परिसर काठमाडौँले घुस लिएको आरोपमा प्रहरी जवान गणेश लोहारलाई आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । 

पिएसजी फ्रेन्च कपको फाइनलमा

पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा नान्टेसलाई ३-० गोल अन्तरले पराजित गर्दै पिएसजि फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको हो । 

बारको अध्यक्षमा कडा प्रतिस्प्रर्धा, प्रगतिशील समूह झिनो मतले अगाडी

कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन् । 

सहने बानी परिसक्यो, अविचलित समाजसेवा गरिरहने छु : अन्जु पन्त

बुधबार एउटा तस्बिर बाहिरिएसँगै गायिका अन्जु पन्त विवादमा तानिएकी छिन्। हिन्दु धर्म त्यागेपश्चात बेलाबेला विवादमा तानिदै आएकी गायिका पन्त बाइबल बोकेर बारा जिल्ला जाँदै छिन् लेख्दै पोस्ट गरिएको तस्बिरका कारण विवादमा परेकी हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।