शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बार चुनाव : अध्यक्षसहित अधिकांश पदमा वामपन्थी उम्मेदवारको वर्चश्‍व

बार चुनाव : अध्यक्षसहित अधिकांश पदमा वामपन्थी उम्मेदवारको वर्चश्‍व

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षसहित अधिकांश पदमा वामपन्थी उम्मेदवारले विजय हासिल गरेका छन्। अध्यक्षमा वामपन्थी उम्मेद्वार चण्डेश्वर श्रेष्ठले ३१५४ मत प्राप्त गर्दै जित हासिल गरे। उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समूहका सुनिल कुमार पोखरेलले ३०२७ मत प्राप्त गरेका छन्।

यस्तै उपाध्यक्षमा प्रदेश एकबाट वामपन्थी समूहका मान बहादुर रुम्दाली ३१२२ मतका साथ विजयी बने भने उनका प्रतिद्वन्दी लोकतान्त्री समूहका डिल्ली बहादुर कार्कीले ३०२६ मत ल्याए। प्रदेश दुईबाट उपाध्‍यक्षमा वामपन्थी समूहका रामचन्द्र सिंह ३१२८ मतका साथ लोकतान्त्रिक समूहका सुधिर कुमार कर्णलाई पराजित गर्दै विजयी बने। कर्णले २९८७ मत प्राप्त गरेका छन्।

प्रदेश तीनबाट पनि उपाध्यक्षमा वामपन्थी समूहकै ईश्वरी प्रसाद भट्टराई ३२५४ मतका साथ विजयी भएका छन्। लोकतान्त्रिक समूहका राजेश्वर अधिकारीले भने २७५९ मत मात्रै प्राप्त गरे। प्रदेश चारबाट उपाध्यक्षमा ३३६० मतका साथ सुरेन्द्र थापा मगर विजयी भन्दै गर्दा लोकतान्त्रिक समूहका जिरन्जन लाल राजभण्डारी २८१५ मतका साथ पराजित बने।

प्रदेश पाँचको उपाध्यक्षमा भने लोकतान्त्रीक समूहका सुनिल कुमार श्रेष्ठ ३१०४ मत प्राप्त गर्दै विजयी बने। यस्तै वामपन्थी समूहका लिलाधर मरासिनी ३०३३ मत प्राप्त गर्दै पराजित भए। प्रदेश छ को उपाध्यक्षमा वामपन्थी समूहका मिनबहादुर महत ३१८६ मतका साथ विजयी बन्दै गर्दा लोकतान्त्री समूहका उत्तमप्रसाद आचार्यले २९२० मा चित्त बुझाउनु पर्‍यो। प्रदेश सातबाट पनि वामपन्थी समूहका उमेश प्रसाद बिष्ट ३१४५ मतका साथ उपाध्यक्षमा विजयी भए भने लोकतान्त्रीक समूहका ठेकेन्द्र राज जोशीले २९२५ मत प्राप्त गरे।

महिला उपाध्यक्षमा पनि वामपन्थी समूहकै रक्षा वस्याल ३१२१ मतका  साथ विजयी भएकी छन्। यता लोकतान्त्रीक समूहकी कविता थापा (कार्की)ले भने ३०१० मत मात्र प्राप्त गरेकी छन्। 

तर, महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन्। उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन्। पौडेलले ३२०० र थापाले २९४० मत प्राप्त गरेका छन्।

कोषाध्यक्षमा पनि वामपन्थी समूहकै रुद्र प्रसाद पोख्रेल ३१३५ मतका साथ विजयी भएका छन्। लोकतान्त्रिक समूहका तेज बहादुर रावलले २८८३ मत प्राप्त गरेका छन्। सदस्यमा पनि वामपन्थी समूहको नै बाहुल्यता रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।