शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मन्‍त्री नै तिर्दैनन् बिजुलीको पैसा : प्राधिकरणले १४ अर्ब उठाउन बाँकी

मन्‍त्री नै तिर्दैनन् बिजुलीको पैसा : प्राधिकरणले १४ अर्ब उठाउन बाँकी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं- सरकारकै कारण नेपाल विद्युत् प्राधिकरण अप्ठेरोमा फसेको छ। देशभरबाट महसुलबापतको १४ अर्ब ७ करोड रुपैयाँ बक्यौता उठाउन नसकेको प्राधिकरणलाई सरकारले मात्रै ५ अर्ब ८४ करोड रुपैयाँ तिर्न बाँकी छ।

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार सरकारी कार्यालय र मन्त्रालयले मात्रै ५ अर्ब ८४ करोड १२ लाख ७९ हजार ३ सय ८ रुपैयाँ महसुल तिरेका छैनन् । नीति निर्माण गर्ने र देश चलाउने मुख्य केन्द्र मन्त्रालयले मात्रै ३१ करोड ५१ लाख ४६ हजार ५ सय १९ रुपैयाँको बिल भुक्तानी गरेका छैनन् ।
 
ऊर्जा मन्त्रालयले बक्यौता रकम उठाउन प्राधिकरणलाई बारम्बार निर्देशन दिएको छ । विडम्बना ! प्राधिकरणको तालुक ऊर्जा मन्त्रालयले नै प्राधिकरणलाई ३ करोड १ लाख ४७ हजार ९ सय ४९ रुपैयाँ महसुल तिर्न बाँकी छ ।

बक्यौता रकम उठाउन ती कार्यालयहरुलाई निरन्तर पत्राचार गरिरहे पनि मन्त्रालयदेखि सरकारी कार्यालयसम्मले अटेर गरेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारी बताउँछन् । उनी भन्छन्- ‘हामीले बक्यौता तिर्नका लागि एक पटक, दुई पटक होइन, दर्जनौं पटक पत्राचार र छलफल गरिसकेका छाैं । तर, सरकारले खासै मतलब नै देखाएको छैन ।'

प्राधिकरणले दिएको असार मसान्तसम्मको तथ्यांक हेर्ने हो भने १८ वटा मन्त्रालयले ३१ करोड ५१ लाख महसुल तिरेका छैनन् । 

कुन मन्त्रालयको बक्यौता कति ? 

गृह मन्त्रालय :  २ करोड २ लाख ४५ हजार १ सय १२ रुपैयाँ 

वन तथा वातावरण मन्त्रालय : ५० लाख ५८ हजार ९ सय ३० रुपैयाँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय : ३ करोड ९६ लाख ७५ हजार २ सय ५३ रुपैयाँ 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय : ८७ लाख ९५ हजार ७ सय ५३ रुपैयाँ

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय : ३९ लाख २६ हजार २ सय २४ रुपैयाँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : ११ करोड ९२ लाख १३ हजार ७ सय ८७ रुपैयाँ

खानेपानी मन्त्रालय : ६५ लाख ५६ हजार ७२ रुपैयाँ 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय : १९ लाख ४० हजार ९ सय ७५ रुपैयाँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय :  ७७ लाख ९३ हजार ८८ रुपैयाँ

रक्षा मन्त्रालय : ४१ लाख २० हजार ३ सय ८२ रुपैयाँ 

अर्थ मन्त्रालय :  ९८ लाख ४४ हजार ४ सय २ रुपैयाँ 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय : ५ करोड ५९ हजार ३ सय ५८ रुपैयाँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय : ७ लाख ४४ हजार ९ सय ६३ रुपैयाँ 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय :  ४७ लाख ६५ हजार ४ सय २९ रुपैयाँ

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय :  ३ लाख ३० हजार ५ सय ४८ रुपैयाँ

ऊर्जा मन्त्रालय :  ३ करोड १ लाख ४७ हजार ९ सय ४९ रुपैयाँ

युवा तथा खेलकुद मन्त्रालय : ६ लाख ५५ हजार ५ सय ७७ रुपैयाँ  

परराष्ट्र मन्त्रालय :  ६९ हजार ८ सय ६६ रुपैयाँ

..........................
मन्त्रालयबाहेक विभिन्न संघसंस्था तथा विद्यालयबाट १ करोड ४९ लाख १८ हजार दुई सय ७४ रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
 
नगरपालिकाले सडक बत्ती प्रयोग गरेबापत मात्र ३ अर्ब ८४ करोड ४७ लाख ७० हजार १ सय ५० रुपैयाँ प्राधिकरणलाई तिर्न बाँकी छ । त्यस्तै तत्कालीन गाउँ विकास समितिले पनि प्राधिकरणलाई १ अर्ब ५६ करोड ७१ लाख २ हजार ७ सय ७१ रुपैयाँ तिर्न बाँकी छ । योबाहेक दुग्ध चिस्यान केन्द्र, शीतभण्डार केन्द्र, स्यालो ट्युबेल र जुटमिलको गरेर ९ करोड ९३ लाख ४१ हजार ६ सय ३६ रुपैयाँ बक्यौता छ । 

प्राधिकरणले निजी क्षेत्रसहित सबै गर्दा १४ अर्ब ७ करोड ११ लाख ३ हजार ३ सय ११ रुपैयाँ ४३ पैसा बक्यौता उठाउन बाँकी छ । सरकारीसँगै निजी क्षेत्रले पनि ठूलो रकम बिजुली प्रयोग गरेबापत विद्युत् प्राधिकरणलाई तिरेका छैनन् । निजी क्षेत्रले ८ अर्ब २३ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्रवक्ता अधिकारीले जानकारी दिए । 

बक्यौता उठाउन प्राधिकरण आक्रामक नबन्दा यो रकम अझै बढ्दै गएको छ । बक्यौता नतिर्नेको लाइन काट्न नसकेको प्राधिकरणले सरकारी निकायहरुको हेपाहा प्रवृत्ति र केही निजी क्षेत्रको बेवास्ताका कारण आर्थिक संकट बेहोर्दै आएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।