एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा मंगलबार राती बार्सिलोना र भिल्ला रियलबिच भएको खेलमा गोलको बर्षात भएको छ । भिल्ला रियलको घेलु मैदानमा दुबै टोलीले बराबरी खेलेको खेलमा गोलको बर्षत भएको हो ।
रेलिगेशन जोनबाट जोगिन संघर्षरत भिल्ला रियलले बार्सिलोनासँग ४-४ गोलको बराबरी खेलेको हो । बार्सिलोनाले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाढ्न बाध्य भएको हो ।
खेलको १२ औं किनेटमा फिलिप्पे काउटिन्होले गोल गर्दै बार्सिला्नालाई सुरुवाती अग्रता दिलाए । १६ औं मिनेटमा माल्कोमले गोल गर्दै अग्रता दोब्बर पारे । २३ औं मिनेटमा स्यामुयल चुकवाजाईले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २-१ को स्थितीमा ल्याए ।
५० औं मिनेटमा कार्ल टोको इकाम्बीले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यस्तै ६२ औ मिनेटमा भिसेन्ट इबोरा र ८० औं मिनेटमा कार्लोस बाकाले गोल गर्दै घरेलु टोलीलाई ४-२ को अग्रता दिलाए ।
त्यसपछिखेलको ९० औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेल ४-३ को स्थितीमा ल्याए । इन्जुरी समयमा लुईस स्वारेजले गोल गर्दै बार्सालाई हारबाट जोगाए । बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको अंक दुरी ८ अंकमा घटाएको छ ।
यस बराबरीसँगै शीर्ष स्थानको बार्सिलोनाको ७० अंक भएको छ भने भिल्ला रियलको ३० अंक सहित तालिकाको १७ औ स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४