शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • अफगानी फुटबल क्याप्टेन भन्छिन्- म सुत्न सकेकी छैन, असह्य रोइरहेकी छु

अफगानी फुटबल क्याप्टेन भन्छिन्- म सुत्न सकेकी छैन, असह्य रोइरहेकी छु

खलिदा पोपल अफगानिस्तानी महिला फुटबल टिमकी पूर्वकप्तान हुन्। उनी अहिले अफगानिस्तानमा विकसित राजनीतिक अवस्था देखेर अवाक् छिन्। अहिले पुरा देश र सरकार तालिबानको कब्जामा छ। दुई दशक अघिजस्तै।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

काठमाडौं- खलिदा पोपल अफगानिस्तानी महिला फुटबल टिमकी पूर्वकप्तान हुन्। उनी अहिले अफगानिस्तानमा विकसित राजनीतिक अवस्था देखेर अवाक् छिन्। अहिले पुरा देश र सरकार तालिबानको कब्जामा छ। दुई दशक अघिजस्तै।

triton college

२० वर्षपछि शक्तिमा फर्किएको तालिबाले खेकुदलाई पहिलेकै अवस्थामा पुर्‍याउने त होइन? पोपलको लागि यो नै अहिलेको सबैभन्दा ठूलो चिन्ताको विषय हो।

अहिले डेनमार्कमा रहेकी महिला टिमकी निर्देशक लगातार आफ्नो खेलाडीलाई निर्देशन दिइरहेकी छन्। उनको अहले एकमात्र चाहना छ सबै महिला खेलाडी सुरक्षित रहुन्।

तालिबाले खेल्न चाहने महिलामाथि केसम्म गरेको थियो र के गर्न सक्नछ त्यो जो कोही अफगानीलाई थाहा छ।

‘मैले अफगानिस्तानमा रहेका खेलाडीबाट सन्देशहरू प्राप्त गरिरहेको छु। उनीहरू रोइरहेका छन्। भन्दैछन्- हामी घरमा थुनिएका र छोडिएका महशुस गरिरहेका छौं। उनीहरू डराएका छन् र बाहिर निश्कन पाइरहेका छैनन्,’ ३४ वर्षे पोपालले भनेकी छन्। 

corrent noodles
Metro Mart
खेलाडीहरू आवाज उठाउन सक्ने भएका थिए। महिलाका लागि बोल्न सक्ने भएका थिए। अहिले उनीहरू खतरामा रहेको पोपल बताउँछिन्। उनले २००७ मा अफगानिस्ताबाट राष्ट्रिय टिमको यात्रा सुरु गरेकी थिइन्।
अब सबै सपना सकिएको अनुभूति भइरहेको उनले बताएकी छन्। ‘खेलाडीहरूले आफ्नो भिडियो पठाएर देखाउँछन्। उनीहरूको ढोकै बाहिर मानिस आएका हुन्छन् र उनीहरू ठूलो श्वास फेर्न पनि सकिरहेका छैनन्,’ उनले भनेकी छन्।

जसका बारेमा खेलाडीहरू पहिला बोल्ने गर्दथे अहिले उनीहरू ढोकाअघि आएर गफ गरिरहेका देखिन्छन्। अहिले पोपलले राष्ट्रिय महिला टिमको ट्वीटर एकाउन्ट पनि बन्द गरेकी छन्। उनले अहिलेका र पहिलेको खेलाडीको परिचय गोप्य रहोस भन्ने हेतुले एकाउन्ट बन्द गरेको बताएकी छन्।

उनले आफूमात्र होइन बाँकी खेलाडीलाई पनि आफ्नो एकाउन्ट बन्द गर्न अनुरोध गरेकी छन्।

‘म पहिला खेलाडीलाई अघि बढ्न र बोल्ड हुन उक्साउथेँ। अहिले फोटो हटाउ, सामाजिक सञ्जाल हटाउ भन्नु परिरहेको छ। यतिसम्म कि आवाजहरू पनि बन्द गर भन्नु परिरहेको छ। यसले समस्या पौदान गर्न सक्छ,’ पोपलले भनिन्।

खेलाडीहरू आवाज उठाउन सक्ने भएका थिए। महिलाका लागि बोल्न सक्ने भएका थिए। अहिले उनीहरू खतरामा रहेको पोपल बताउँछिन्। उनले २००७ मा अफगानिस्ताबाट राष्ट्रिय टिमको यात्रा सुरु गरेकी थिइन्।

तर, उनलाई सुरक्षा चुनौति आइपरेपछि २०११ मै डेनमार्क प्रस्थान गरेकी थिइन्। २०१६ मा उनी डेनमार्कमै सेटल भइन्। सैन्य सुरक्षामा अमेरिकाले हात झिकेपछि महिलाको असुरक्षा बढेकोमा उनको चिन्ता छ।

पछिल्लो समय तालिबान सत्तामा रहँदा उसले महिलाले लिने कुनै पनि शिक्षामा प्रतिबन्ध लगाएको थियो। उनीहरू पुरुषविना घर छोड्न पनि सक्दैन थिए। काम गर्ने अनुमति थिएन, बुर्का लगाउनै पर्ने नियम थियो भने सार्वजनिक रुपमा महिलालाई कुटपिट गरिन्थ्यो।



‘२० वर्ष महिला अधिकारका कुरा उठिसकेपछि हामीलाई लागेको थिएन कि हामी अन्त्यमा एक्लै पर्नेछौं भनेर। ति महिलाले त्यतिबेला पनि चुनौतिको सामना गरेका थिए। उनीहरूले आफ्नो अनुहार बाहिर देखाएका थिए,’ पोपालले भनिन्।

अहिले सबैले अफगानिस्ताका लागि आफ्नो चिन्ता नभएको बताइरहेका छन्। साथै, ति कार्यकर्ता, खेलाडी र पत्रकारहरूलाई सुरक्षा दिनेमा कसैको चिन्ता छैन्।

अफगानिस्तानमा २००७ मा पहिलो पटक महिला टिम बन्दा पोपलको निकै महत्वपूर्ण योगदान छ। अभ्यास छोड्नुभन्दा उनीहरूले चुनौतिको सामना गरेरै फुटबलबाट देशमा परिवनर्त ल्याउन सकिने विश्वास व्यक्त गरेका थिए।

फुटबलबाट अर्को पुस्तामा खेकुदको भावना विकास गराउने उनीहरूको लक्ष्य थियो। यता टिमलाई धार्मिक विश्वासको उल्लंघन गरेको आरोप लगाइएको थियो। तर, आफूले गलत नगेरको विश्वास भएका पोपलको टिमले एक राष्ट्रिय टिम बनाएका थिए।

उनीहरूले पहिलो खेल नै अन्तर्राष्ट्रिय सुरक्षा बलसँग खेलेका थिए। जहाँ ५–० गोलको सानदा जित निकाले। त्यसपछि अफागानी टिमले अन्तर्राष्ट्रि खेल सुरु गरेको थियो।

‘म सम्झन्छु, हामी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा गएका थियौं र हामी झण्डामुति थियौं,’ पोपलले चार वर्षअघि एक कार्यक्रममा भनेकी थिइन्, ‘पहिलो पटक मैदानमा राष्ट्रिय गान सुन्दा भावुक भएका थियौं। किन भने त्यो हाम्रालागि ठूलो उपलब्धि थयो।’

अहिले, चार वर्षपछि उनले विश्व फुटबलको सर्वोच्च निकाय फिफा र ओलम्पिक कमिटिलाई आमन्त्रण गरेर सहयोग गर्न र खेलाडीको जीवन बचाउन माग गरेकी छन्। ‘उनीहरूको परिचय बाहिरिएको छ। सहयोग गर्नुहोला, खेलाडी सुरक्षित रहुन्,’ उनले भनेकी छन्।

प्रकाशित: Aug 20, 2021| 07:49 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।