शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : सदनमा उठ्यो समाजिक विकास मन्त्रीको राजीनामाको माग

प्रदेश २ : सदनमा उठ्यो समाजिक विकास मन्त्रीको राजीनामाको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- प्रदेश २ को प्रदेभसभामा सामाजिक विकास मन्त्री नवलकिशोर साहको राजीनामाको माग उठेको छ । प्रदेशभित्र व्यवस्थित रुपमा माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन गर्न नसकेको भन्दै मन्त्री साहको राजीनामा माग गरिएको छ ।

बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहले एसइई परीक्षापनि शुद्ध ढंगले सञ्चालन गर्न नसक्ने मन्त्रीलाई पदमा बसिरहन नमिल्ने भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरेका छन् ।

एसइई परीक्षा संघीय सरकारले सञ्चालन गरेपनि व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकार मातहत रहेको बताउँदै प्रदेशसभा सदस्य सिंहले परीक्षाको व्यवस्थापन गर्न नसक्ने मन्त्री तत्काल पदबाट बाहिरिनुपर्ने जिकिर गरे ।

‘परीक्षा व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारको हो,’ सिंहले भने, ‘प्रदेशभित्र प्रश्नपत्र आइसकेपछि उसले रक्षा गर्न सक्नुपर्दछ । तर यस्तो देखिएको छैन् । भोली हुने परीक्षाको प्रश्नपत्रपनि सुरक्षित हुनेमा शंका छ ।’

आफूलाई परीक्षा सञ्चालन गर्ने अधिकार नरहेको भन्दै उनले गम्भीर गल्तीबाट प्रदेश सरकार र प्रदेशका सम्बन्धि मन्त्री उम्किन नसक्ने बताए । ‘अधिकार नभएपछि अनुगमन गर्न हुँदैनथ्यो, तर परीक्षा केन्द्रमा पुगेर केन्द्राध्यक्षदेखि निरीक्षक धम्क्याउने काम किन भयो ?,’ प्रश्न गर्दै सिंहले भने,‘सबै कुरामा संघीय सरकारलाई मात्र दोष लगाएर उम्किन मिल्दैन । कामै नगर्ने सक्ने मन्त्री पदमा किन बसि रह्नु पर्यो ?’

‘विहिबार सप्तरीबाट प्रश्नपत्र बाहिरिएको छ । समाजिक विकास मन्त्रीपनि सप्तरीकै हुन्,’ सिंहले भने,‘परीक्षा अगाबै प्रश्नपत्र बाहिरिन ठुलो आर्थिक चलखेल भएको हामीलाई शंका लागेको छ ।’

व्यवस्थित तरिकाले परीक्षा सञ्चालन नगरी प्रदेश २ का ७२ हजारभन्दा बढी विद्यार्थीहरुको भविष्यसँग खेलवाड गर्ने सामाजिक विकास मन्त्री साहलाई तत्काल राजीनामा दिनुपर्ने सिंहले दोहराए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।