शुक्रबार, वैशाख १४, २०८१

जहाँ माधव नेपाल बलिया छन्

यता ओली पक्षकी प्रदेश २ प्रदेशसभा सदस्य शारदा देवी थापाले गणितीय हिसाबमा आफूहरू कमजोर देखिएपनि जनाधार मजबुत रहेको दाबी गरिन्।
 |  बिहीबार, भदौ ३, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, भदौ ३, २०७८

जनकपुरधाम- राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी भएलगत्तै एमाले विभाजित भयो। नेता नेपालले नेकपा (एमाले समाजवादी) दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्। 

triton college

नेपाल नेतृत्वमा नयाँ दल गठनको असर देशैभर परेको छ। प्रदेश २ मा माधव नेपाल राजनीतिक रूपमा सहज स्थितिमा छन्। प्रदेशमा ओली नेतृत्वको एमाले अल्पमतमा छ। 

प्रदेशसभा निर्वाचनको परिणामअनुसार एमाले र माओवादी मिलेर बनेको नेकपा दोस्रो ठूलो शक्तिको रूपमा स्थापित भएको थियो। तर अहिले उक्त दल टुटफुट भएको छ। १ सय ७ सदस्यीय प्रदेशसभा अहिले १ सय ४ सदस्य मात्र छन्। नेकपा विभाजित हुँदा ३ जना प्रदेशसभा सदस्य एमालेमा लागेपछि माओवादी केन्द्रले कारबाही गरेको थियो।

एमाले विभाजन हुनुअघि प्रदेश २ प्रदेशसभामा एमालेका २१ जना प्रदेशसभा सदस्य थिए। एमाले विभाजित भएपछि प्रदेश २ को प्रदेशसभामा नेपाल पक्ष मजबुत स्थितिमा छ। माधव पक्षमा १३ जना प्रदेशसभा सदस्य छन् भने ओलीको पक्षमा ८ जना प्रदेशसभा सदस्य छन्।

त्यस्तै प्रदेश २ का ८ जिल्लामध्ये ६ जिल्लामा माधव समूह मजबुत स्थितिमा छ।

प्रदेश सभा सदस्यमा एमालेबाट निर्वाचितमध्ये अशोककुमार यादव, गोविन्दबहादुर न्यौपाने, डिल्लीप्रसाद उप्रेती, नागेन्द्र राय यादव, प्रमोदकुमार यादव, मदनसेन श्रीवास्तव, मञ्जु यादव, रवीन्द्र बैठा, बेंची लुंगेली, शत्रुधन महतो, सीता गुरुङ, सुन्दरबहादुर विश्वकर्मा र हसिमा खातनु नेपाल समूहमा लागेका छन्। ओली नेतृत्वको एमालेमा सत्यनारायण मण्डल, अनिताकुमारी यादव, किशोरी साह कमल, जगतारेन देवी सुडिन, मनोजकुमार सिंह, लगनलाल चौधरी, शारदादेवी थापा र त्रिलोकी प्रसाद रहेका छन्।

corrent noodles
Metro Mart

प्रदेश २ बाट एमालेका ३२ केन्द्रीय सदस्य छन्। यीमध्ये १६ जना ओली समूहमा छन् भने १६ जना माधव समूहमा लागेका छन्। एमालेको प्रदेश कमिटीमा भने माधव समूह मजबुत स्थितिमा छ। एमालेको १ सय सदस्स्यीय प्रदेश कमिटीमा ६० जना माधव समूहमा छन् भने ४० जना ओली समूहमा। 

त्यस्तै प्रदेश २ का ८ जिल्लामध्ये ६ जिल्लामा माधव समूह मजबुत स्थितिमा छ। ५ वटा जिल्लाको नेतृत्वमा माधव समूहले गरिरहेको छ। यस हिसाबले माधव समूहले दर्ता गराउन लागेको नेकपा एमाले समाजवादी प्रदेश २ मा मजबुत स्थितिमा देखिएको छ।

दुवै पक्षको दाबी : जनाधार हाम्रो मजबुत

नेपालको नेतृत्वमा दल बनेपछि प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि २१ दिनभित्र कुन दलतर्फ लाग्ने स्पष्ट पार्नुपर्ने अध्यादेशमा व्यवस्था गरिएको छ। 

समग्र प्रदेशका विषयमा ओली वा माधव नेपालमध्ये कसको नेतृत्वको दल मजबुत रहने कुराको विषयमा बोल्नु हतार हुने प्रदेश २ का नेताहरु बताउँछन्। यद्यपि दुवै समूहका नेताहरु आ–आफ्नो पक्ष मजबुत रहेको दावी गर्दै आइरहेका छन्।

यता ओली पक्षकी प्रदेश २ प्रदेशसभा सदस्य शारदा देवी थापाले गणितीय हिसाबमा आफूहरू कमजोर देखिएपनि जनाधार मजबुत रहेको दाबी गरिन्।

माधव पक्षमा लागेका एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य शत्रुधन महतोले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र नपाउञ्जेल र हेड काउन्ट नहुन्जेल कुन समूह मजबुत भन्ने विषयमा कुरा गर्नु हतार हुने बताए। ‘२१ दिन पर्खिनुस् कुन समूह मजबुत भन्ने प्रश्नको जवाफ आफैँ पाउनु हुनेछ,’ उनले भने। 

माधव पक्षकै अर्का नेता श्रीप्रसाद साह आफूहरू मजबुत रहेको बताउँछन्। ‘आफ्नै पार्टीको नेता प्रतिगमनकारी बन्यो वा संविधानको बर्खिलाप काम गर्यो भने विरोधमा आवाज उठाउन पनि पछाडि पर्न हुँदैन भन्ने सन्देश दिएको छ। प्रदेशमा हाम्रो स्थिति सुविधाजनक छ,’ उनले भने। 

आउने निर्वाचनमा पार्टी विभाजनको प्रत्यक्ष असर परे पनि ओलीभन्दा आफूहरूको स्थिति मजबुत रहने दावी गरेका उनले भने, ‘हामी आउने निर्वाचनमा ओलीको प्रतिगमनको विषयमा जनतालाई बुझाउने छौँ। जनताले पक्कै हाम्रो विश्वास गर्नेछ।’

यता ओली पक्षकी प्रदेश २ प्रदेशसभा सदस्य शारदा देवी थापाले गणितीय हिसाबमा आफूहरू कमजोर देखिएपनि जनाधार मजबुत रहेको दाबी गरिन्। 'निर्वाचन आयोगले २१ दिनको समयमा सीमा कित्ता स्पष्ट पार्न समय दिएको छ,' प्रदेशसभा सदस्य थापाले भनिन्, ‘सूर्य चिन्हलाई माया गर्नेहरु पक्कै पनि ओली कमरेडको साथमा उभिनेछन्। अहिले हाम्रो स्थिति प्रदेश २मा कमजोर भएपनि पदको लोभमा माधवजीसँग लागेकाहरु कति दिनसम्म टिक्लान् भन्ने हेर्न बाँकी छ।'

प्रकाशित: Aug 19, 2021| 22:58 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।